bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ruth 1
Ruth 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
1
[1-2] धेरै समयअघि इस्राएल देशमा राजा थिएनन्। त्यति बेला देशमा अनिकाल पर्यो। त्यसो हुँदा एलीमेलेक नामका एक जना मानिस आफ्नी स्वास्नी नाओमी र दुई जना छोरा महलोन र किल्योनलाई लिएर यहूदा देशको बेथलेहेमबाट मोआब देशमा केही समयको लागि बसाइँ सरे। एलीमेलेक एप्राती वंशका थिए। त्यसरी मोआब देशमा बसेका बेलामा
3
एलीमेलेक मरे र नाओमी एक्लै दुई भाइ छोराहरू लिएर बस्न लागिन्।
4
ती दुई भाइहरूले ओर्पा र रूथ नामका मोआबी केटीहरूसित विवाह गरे। त्यसको प्राय: दश वर्षपछि
5
महलोन र किल्योन दुवै मरे। अब नाओमी लोग्ने र छोराहरूबिना एक्लै भइन्।
6
केही समयपछि परमप्रभुले आफ्ना प्रजालाई फेरि आशीर्वाद दिनुभएकोले राम्रो अन्नबाली हुन लागेको छ भनी नाओमीले सुनिन्। तिनी आफ्ना बुहारीहरूसँग मोआब देशबाट स्वदेश फर्कने तरखर गर्न लागिन्।
7
यहूदामा फर्कन तिनीहरू एकसाथ बाटो लागे।
8
बाटोमा तिनले बुहारीहरूलाई भनिन्, “तिमीहरू माइतीघर फर्क र आफ्ना आमाहरूसँग बस। जसरी तिमीहरूले म र मेरा छोराहरूसँग असल व्यवहार गरेका थियौ, त्यसरी नै परमेश्वरले तिमीहरूको भलो गरून्।
9
परमप्रभुले फेरि तिमीहरूलाई लोग्ने र घरबार देऊन्।” तब तिनले ती दुईलाई बिदा गर्दै म्वाइँ खाइन्।
10
तर ती दुवै जना रुन लागे र रुँदै भने, “होइन, हामी तपाईंसित तपाईंका कुल-कुटुम्ब भएको ठाउँमा जानेछौं।”
11
नाओमीले भनिन्, “होइन, छोरीहरू हो, तिमीहरू माइत फर्कनुपर्छ। तिमीहरू के भनेर मसँग आउन चाहन्छौ? तिमीहरूका लोग्ने बन्नलाई म अरू छोरा जन्माउन सक्नेछैनँ।
12
घर फर्क। म बुढी भइसकेकी छु, म फेरि विवाह गर्न सक्दिनँ। त्यस्तो केही आशा हुँदो हो र आज राती नै विवाह गरेर छोरा जन्माउन सकें भने पनि तिनीहरू बढेर ठूला नहोउन्जेलसम्म
13
तिमीहरू पर्खन सकौला र? अनि अरूसँग विवाह नगरी बस्न सकौला? होइन, छोरीहरू हो, त्यो हुनै नसक्ने कुरो हो। परमप्रभु, मेरो विरुद्धमा हुनुहुन्छ। मलाई तिमीहरूका निम्ति साह्रै अफसोस छ।”
14
तिनीहरू फेरि रुन लागे। त्यसपछि ओर्पाले सासूलाई म्वाइँ खाई र आफ्नो घर फर्की। तर रूथले तिनलाई छोडिनन्।
15
नाओमीले रूथलाई भनिन्, “हेर, तिम्री दिदी आफ्ना कुल-कुटुम्ब र देवी-देवताकहाँ फर्केर गई, तिमी पनि त्यसै गर।”
16
तर रूथले उत्तर दिइन्, “तपाईंलाई छोड्न भनी मलाई कर नगर्नुहोस्। मलाई तपाईंसँगै जान दिनुहोस्। तपाईं जहाँ जानुहुनेछ र बस्नुहुनेछ, म त्यहीँ जानेछु र बस्नेछु। तपाईंका कुल-कुटुम्ब मेरा कुल-कुटुम्ब हुनेछन्, तपाईंको परमेश्वर मेरो परमेश्वर हुनुहुनेछ।
17
तपाईं जहाँ मर्नुहुनेछ, म त्यहीँ मर्नेछु र त्यहीँ नै गाडिनेछु। मृत्युबाहेक अरू कुनै कुराले मलाई तपाईंबाट अलग पार्नेछैन, त्यसो भयो भने परमेश्वरको महासराप ममाथि परोस्।”
18
रूथले आफूसँग जाने पक्का सङ्कल्प गरिसकेकी रहिछ भनी बुझेर नाओमीले अरू केही भनिनन्।
19
ती दुई हिँडे र बेथलेहेम आइपुगे। तिनीहरू आइपुग्दा सारा सहरमा हलचल मच्चियो अनि त्यहाँका स्त्रीहरूले सोध्न लागे, “के साँच्चै यो नाओमी हो?”
20
तिनले जवाफ दिइन्, “मलाई नाओमी नभन तर मारा भन, कारण सर्वशक्तिमान् परमेश्वरले मेरो जीवन विरक्त लाग्दो पार्नुभएको छ।
21
म यहाँबाट गएको बेलामा मसँग सबै थोक थियो; तर अहिले मलाई परमप्रभुले रित्तो फर्काई ल्याउनुभएको छ। जब सर्वशक्तिमान् परमेश्वरले मलाई दण्ड दिनुभएको छ र ममाथि विपत्ति ल्याउनुभएको छ भने मलाई किन नाओमी भन्दछौ?”
22
यसरी नाओमी आफ्नी मोआबी बुहारी रूथसँग मोआबबाट फर्केर आइन्। तिनीहरू बेथलेहेममा आइपुग्दा जौको कटनी भर्खर सुरु हुँदैथियो।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
All chapters:
1
2
3
4
Recommended Reading
Commentary
Ruth Commentaries
→
Devotional
Ruth Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→