bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ruth 3
Ruth 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
1
केही समयपछि नाओमीले रूथलाई भनिन्, “म तिम्रो घरबार गरिदिन तिम्रो निम्ति एउटा लोग्ने खोजिदिन चाहन्छु।
2
बोअज हाम्रा आफ्नै मानिस हुन्। तिमीले उनका स्त्रीहरूसँग काम गर्दैआएकी छौ। अब मेरो कुरा राम्ररी सुन। आज बेलुका उनी जौ कुट्दैगरेको हुनेछन्।
3
तिमी नुहाइ-धुवाइ गर, सुगन्धित तेल लगाई राम्रा लुगा लाऊ र उनले बाली कुटेको ठाउँमा जाऊ। तर उनले खाइ-पिइ गरी नसकुञ्जेल तिमी त्यहाँ छौ भनेर उनले थाहा नपाउन्।
4
उनी कहाँ सुत्छन्, याद गर। निदाएको बेलामा छेउमा गएर उनको खुट्टापट्टि उनकै ओढ्ने ओढेर सुत। तब तिमीले के गर्नुपर्छ, सो उनैले भन्नेछन्।”
5
रूथले भनिन्, “म तपाईंले भनेअनुसार गर्नेछु।”
6
रूथ जौ कुटेको ठाउँमा गइन् र सासूले भनेअनुसार गरिन्,
7
खाइ-पिइ गरिसकेपछि बोअजको मन खुसी भयो। जौ थुपारिराखेको ठाउँमा गएर उनी सुते। रूथ बिस्तारै चाल नपाउने गरी आइन्, ओढ्ने उठाएर त्यसभित्र पसिन् र उनको खुट्टापट्टि सुतिन्।
8
राती अचानक बोअज ब्यूँझिए र पल्टँदा एउटी स्त्री आफ्नो खुट्टाछेउ सुतिरहेकी देखे।
9
“तिमी को हौ”? उनले सोधे। उनले भनिन्, “म रूथ हुँ, हजुर। तपाईं हाम्रा नजिकका आफ्ना मानिस हुनुहुन्छ। मेरो हेरचाह गर्ने जिम्मावारी तपाईंलाई छ। कृपा गरी मलाई विवाह गर्नुहोस्।”
10
“तिमीलाई परमप्रभुले आशिष् देऊन्,” उनले भने, “तिमीले आफ्नी सासूलाई जे-जति गर्यौ, सोभन्दा बढ्ता यस कुरामा तिमीले परिवारप्रति माया र भक्ति देखाएकी छौ। तिमी धनी वा गरीब कुनै केटासँग जान सक्थ्यौ; तर तिमीले सो गरिनौ।
11
रूथ, अब तिमीले फिक्री गर्नुपर्दैन। तिमीले भनेका सबै कुरा म गर्नेछु। सारा सहरले तिमी असल नारी छौ भनी जान्दछ।
12
साँचो हो, म नजिकको नातेदार हुँ, म तिम्रो लागि जिम्मेवार छु। तर मभन्दा अझ नजिकको अर्को एक जना नातेदार छन्।
13
अब रातभरि यहीँ बस। बिहान उनले तिम्रो जिम्मा लिन मान्छन् कि मान्दैन, म खोजी गर्नेछु। तर तिम्रो लागि नजिकको नातेदारले गर्नुपर्ने कर्तव्य पूरा गर्न उनी राजी भएनन् भने जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु कि यो काम म गर्नेछु।”
14
त्यसरी रूथ त्यहीँ बोअजका खुट्टानिर सुतिन्। तर झिसमिसे उज्यालो हुनुभन्दा अघि कोही नदेखिने समयमा उनी उठेर गइन्, कारण उनी त्यहाँ आएकी कसैले थाहा पाएको बोअज चाहँदैनथे।
15
बोअजले उनलाई भने, “तिमीले ओढेको खास्टो भूइँमा फैलाएर थाप।” रूथले त्यसै गरिन्। बोअजले प्राय: २० किलोग्राम जति जौ त्यसमा हालिदिए र भारी उठाएर उसको काँधमा बोकाइदिए। त्यो बोकी रूथ सहर फर्किन्।
16
घर आइपुग्दा उनकी सासूले सोधिन्, “छोरी, के भयो त?” बोअजले गरेका सबै कुरा रूथले बताइन्
17
र भनिन् “उनले मलाई खालि हात आउन दिएनन् र यी सबै जौ दिएर पठाए।”
18
नाओमीले उनलाई भनिन्, “रूथ, अब धैर्य गरेर बस कसो हुन्छ, हेर्दै जाऊ। आज यो कुरोको फैसला नगरी बोअजले विश्राम गर्नेछैनन्।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
All chapters:
1
2
3
4