bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ruth 4
Ruth 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
1
बोअज गएर सहरको मूलढोकानिर सभा हुने ठाउँमा बसे। त्यहाँ एलीमेलेकका सबैभन्दा नजिकका ती नातेदार आए, जसको बारेमा बोअजले कुरा गरेका थिए। बोअजले उनलाई बोलाएर भने, “यहाँ आएर बस न,” उनी बोअजको छेउमा गएर बसे।
2
बोअजले सहरका दश जना बुढापाका पुरुषहरूलाई बोलाएर त्यहाँ बस्न लगाए। सबै जना बसेपछि
3
उनले आफ्ना नातेदारलाई भने, “अब नाओमी मोआबबाट फर्किआएकी छिन्। एलीमेलेकको खेतबारी उनी बेच्न चाहन्छिन्,
4
मेरो विचारमा यो कुरा तिमीले जान्नु उचित छ। त्यो खेतबारी तिमी किन्न चाहन्छौ भने यी यहाँ बसेका मानिसहरूका सामु त्यो किनिहाल; तर तिमी त्यो खेतबारी किन्न चाहँदैनौ भने सो भनिदेऊ, कारण त्यो जमिन किन्ने पहिलो हकदार तिमी हौ, त्यसपछि म।” ती मानिसले भने, “खेतबारी म किन्नेछु।”
5
बोअजले भने, “ठीकै छ, तिमीले नाओमीबाट त्यो खेतबारी किन्छौ भने त्यो मोआबी स्त्री रूथलाई पनि विवाह गर्नुपर्नेछ। त्यस खेतबारी एलीमेलेककै परिवारसँग रहनेछ।”
6
त्यस मानिसले भने, “त्यसो हो भने म मेरो हक छोडिदिन्छु, कारण मेरो बालबच्चाले त्यो जमिनमाथि अधिकार पाउने रहेनछन्, जमिन तिमी किन। म किन्दिनँ।”
7
ती दिनमा जमिन वा सम्पत्ति किनबेच वा सट्टापट्टा गर्दा बेच्नेले आफ्नो जुत्ता खोलेर किन्नेलाई दिने चलन थियो। व्यापार पक्का भएको कुरा यसरी इस्राएलीहरू प्रकट गर्थे।
8
जब त्यस मानिसले बोअजलाई “जमिन तिमी किन,” भने, उनले आफ्नो जुत्ता खोलेर बोअजलाई दिए।
9
तब बोअजले त्यहाँ भएका बुढापाका र अरू मानिसहरूलाई भने, “तपाईंहरू सबै मेरा साक्षी हुनुहुन्छ, मैले आज नाओमीदेखि एलीमेलेक र उसका छोराहरू महलोन र किल्योनका जे-जति छन्, ती सबै किनेको छु।
10
साथै मोआबी रूथ महलोनकी विधवा मेरी स्वास्नी हुनेछे। त्यसो हुँदा मर्नेको परिवारसँग उसको धन-सम्पत्ति रहनेछ अनि उसको निज सहरमा उसको वंश रहिरहनेछ। आज तपाईंहरू यी सबै कुराका साक्षी हुनुहुन्छ।”
11
ती बुढा प्रधानहरू र मानिसहरूले भने, “हो, हामी साक्षी छौं। सन्तानहरूले याकूबको घर भरिभराउ गरिदिने राहेल र लेआजस्तै तिम्री स्वास्नीलाई परमप्रभुले बनाऊन्। एप्राता वंशमा तिमी हुनेखाने बन र बेथलेहेममा तिम्रो नाम रहोस्।
12
यो युवतीबाट तिमीलाई परमेश्वरले दिनुहुने सन्तानले तिम्रो परिवारलाई तामारका यहूदाबाट जन्मेको छोरो फारेसको परिवारजस्तै सुखी बनाओस्।”
13
यसरी बोअजले रूथलाई आफ्नी स्वास्नी बनाएर घरमा ल्याए, परमेश्वरले उनलाई आशिष् दिनुभयो र उनले गर्भवती भएर छोरो जन्माइन्।
14
स्त्रीहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा गर! उहाँले तिमीलाई एउटा नाति दिनुभएको छ। नातिले तिमीलाई हेरविचार गर्नेछ। यो केटो इस्राएलमा नामी होस्!
15
तिम्री बुहारीले तिमीलाई माया गर्छे। जसले तिमीलाई सात छोराले भन्दा बढ्ता गरेकी छे। उसले तिमीलाई अब एउटा नाति दिएकी छे। त्यसले तिमीलाई सहारा दिनेछ र बुढेसकालमा तिम्रो हेरचाह गर्नेछ।”
16
नाओमीले सानो बालकलाई काखमा लिइन् र त्यसको पालन-पोषण गरिन्।
17
छिमेकीका स्त्रीहरूले छोराको नाम ओबेद राखिदिए। तिनीहरूले सबैलाई भन्थे, “नाओमीको छोरो जन्मेको छ।” ओबेद यिशैका बुबा र दाऊदका बाजे भए।
18
[18-22] फारेसदेखि दाऊदसम्मको वंशावली यस्तो छ: फारेस, हेस्रोन, राम, अम्मीनादाब, नहशोन, सल्मोन, बोअज, ओबेद, यिशै र दाऊद।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
All chapters:
1
2
3
4