bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ruth 2
Ruth 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
1
नाओमीका एक जना बोअज नाम गरेका आफ्ना मानिस थिए। नाओमीको लोग्ने एलीमेलेकका परिवारका एक जना हुनेखाने मानिस थिए।
2
एक दिन रूथले नाओमीलाई भनिन्, “के म खेतबारीमा गएर त्यहाँ काम गर्नेहरूले छोडिराखेका अन्न बटुली ल्याऊँ? कसैले त मलाई काम गर्न देला नि?” नाओमीले भनिन्, “हुन्छ, छोरी त्यसै गर।”
3
र रूथ खेतबारीमा गई काम गर्नेहरूका पछिपछि तिनीहरूले छाडेका अन्नका बाला टिप्न थालिन्। त्यसरी उनी बोअजकै बारीमा काम गर्न पुगिन्।
4
केही समयपछि, बोअज आफैं बेथलेहेमबाट आइपुगे र काम गर्नेहरूलाई भेटी “परमप्रभु तिमीहरूसँग होऊन्,” भने। तिनीहरूले भने, “परमप्रभुले तपाईंलाई आशिष् दिऊन्!”
5
बोअजले काम गर्नेहरूका मुखियालाई सोधे, “त्यो युवती को हो?”
6
मुखियाले उत्तर दिए, “त्यो मोआबदेखि नाओमीसित आएकी विदेशी आइमाई हो।
7
उसले मलाई काम गर्नेहरूको पछि लागेर शिला-बाला टिप्न अनुमति मागी। उसले बिहान सबेरैदेखि काम गर्दै छे र अहिले भर्खरै विश्राम लिन छायाँमुनि बसेकी छे।”
8
बोअजले रूथलाई भने, “तिमीलाई केही सल्लाह दिऊँ है? मेरो खेतबारीमा मात्र काम गर, अरू कतै नजाऊ। यहाँ काम गर्ने आइमाईहरूसँग काम गर।
9
तिनीहरूले काम गरिरहेका ठाउँमा बस र तिनीहरूका काम हेर। मेरा मानिसहरूलाई तिमीलाई नसताउन आज्ञा दिएको छु। अनि तिमीलाई तिर्खा लागे गएर मानिसहरूले भरिराखेका गाग्राको पानी पिऊ।”
10
रूथले भूइँ छोइञ्जेल झुकेर ढोगेर बोअजलाई भनिन्, “किन मेरो लागि तपाईं यति सोच्नुहुन्छ? म विदेशीसँग किन यति दयालु हुनुहुन्छ?”
11
बोअजले उत्तर दिए, “आफ्ना लोग्ने मरेपछि आफ्नी सासूको निम्ति तिमीले के-कति गर्यौ, सो मैले सुनेको छु। तिमीले आफ्ना आमा-बुबा र स्वदेश छोडेर आफूले कहिल्यै नचिनेका मानिसहरूका बीचमा आएर बसेकी म जान्दछु।
12
तिम्रो कामको इनाम परमेश्वरले तिमीलाई देऊन्। इस्राएलका परमेश्वर परमप्रभु, जसको रक्षाको शरण तिमीले लिएकी छौ, उहाँले तिमीलाई पाउनुपर्ने सबै इनाम देऊन्!”
13
रूथले उत्तर दिइन्, “तपाईं ममाथि अति दयालु हुनुहुन्छ, म तपाईंकी एउटी कमारी बन्न लाएककी छैनँ, तापनि मसँग दुई वचन बोलेर मलाई आनन्दित तुल्याउनुभयो।”
14
भोजनको समयमा बोअजले रूथलाई भने, “आऊ, रोटी खाऊ, सिर्कामा चोपेर खाऊ।” उनी काम गर्नेहरूसँग बसिन्। बोअजले उनलाई केही भुटेको अन्न दिए। उनले पेट भरून्जेल खाइन् र अझै केही खानेकुरा उब्रियो।
15
[15-16] त्यसपछि उनी उठेर अन्न बटुल्न गइन्। तब बोअजले आफ्ना काम गर्नेहरूलाई यस्तो आज्ञा दिए, “बाली काटेर राखेका बिटाहरूका बीचमा पनि उसलाई शिला-बाला बटुल्न देओ, उसलाई रोक-टोक नगर, त्यसबाहेक बाँधेका बिटाहरूबाट पनि केही बाली उसलाई छोडिदेओ र ती उसलाई बटुल्न देओ।”
17
यसरी रूथले बेलुकासम्म खेतबारीमा शिला-बाला बटुलिन् ती बटुलेका बाली कुटेपछि १० किलोग्राम जति अन्न तयार भयो।
18
त्यो अन्न बोकेर उनले सहरमा लगिन् र सासूलाई देखाइन्। अनि उब्रेको खानेकुरा पनि उनलाई दिइन्।
19
नाओमीले सोधिन्, “यति अन्न आज तिमीले कहाँ बटुल्यौ? तिमीले कसको बारीमा काम गर्यौ? तिमीलाई दया गर्ने मानिसलाई परमेश्वरले आशिष् देऊन्!” आफूले बोअजको बारीमा काम गरेको कुरा रूथले नाओमीलाई भनिन्।
20
नाओमीले भनिन्, “परमेश्वरले बोअजलाई आशिष् देऊन्, उहाँले दिनुभएको प्रतिज्ञा परमेश्वरले जिउँदो र मरेकाहरू सबैसँग राख्नुहुन्छ। ती मानिस हाम्रा आफ्ना नजिकका नातेदार हुन्। उनले त हामीलाई हेर्नुपर्ने पनि हो।”
21
रूथले भनिन्, “त्यसमाथि उनले मलाई कटनी नसकुञ्जेलसम्म उनकै मानिसहरूसँग अन्न बटुल्ने काम गर्नू भनेका छन्।”
22
नाओमीले रूथलाई भनिन्, “हो छोरी, बोअजका काम गर्ने आइमाईहरूसँग पनि तिमी काम गर। अरू कसैको खेतबारीमा गयौ भने तिमीलाई सताउन सक्छन्।”
23
त्यसरी जम्मै गहुँ र जौ काटी नसकुञ्जेलसम्म रूथले बोअजका खेतबारीमा काम गरिन् र उनी आफ्नी सासूसँग बस्थिन्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
All chapters:
1
2
3
4