bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Galatians 1
Galatians 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 2 →
1
पावल ख्रीष्टको एक प्रेरित, जो मानिसहरूबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिता, जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, उहाँबाट पठाइएको हुँ,
2
म र मसँग हुने सबै भाइहरूबाट, गलातियाका मण्डलीहरूलाई:
3
परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
4
हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार उहाँले यस वर्तमान दुष्ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति आफैलाई अर्पण गर्नुभयो।
5
परमेश्वरलाई सदासर्वदा महिमा भइरहोस्। आमेन।
6
मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ।
7
वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोहीकोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन्।
8
हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्।
9
हामीले अघिदेखि नै भनेजस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस्।
10
के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्टको दास हुनेथिइनँ।
11
भाइ हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन।
12
किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएको हुँ।
13
यहूदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताएँ, र त्यसलाई नाश गर्न खोजें।
14
हाम्रा जातिमा, मेरा दौँतरकाहरू धेरैलाई उछिनेर म यहूदी धर्ममा अगि बढ़ेको थिएँ, र मेरा पिता-पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिएँ।
15
तर, मेरो जन्म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरलाई,
16
जब अन्यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ,
17
न त मभन्दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्तै अरब देशमा गएँ, र पछि दमस्कसमा फर्केर आएँ।
18
तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्ध्र दिनसम्म बसें।
19
तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिनँ।
20
परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु, कि म जे लेख्तछु त्यो झूटो होइन।
21
त्यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ।
22
त्यतिञ्जेल यहूदियाका ख्रीष्टका मण्डलीहरूले मेरो मुख देखेका थिएनन्।
23
तिनीहरूले यतिसम्म मात्र सुनेका थिए, “अघि हामीहरूलाई सताउने मानिसले जुन विश्वास नाश गर्न खोजेको थियो, अहिले त्यसले त्यही विश्वास प्रचार गरिरहेछ।”
24
तिनीहरूले मेरो कारण परमेश्वरलाई महिमा दिए।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 2 →
All chapters:
1
2
3
4
5
6