bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Galatians 5
Galatians 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 6 →
1
स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्वको जुवामुनि नपर।
2
म पावलले नै तिमीहरूलाई भन्दछु, तिमीहरूले खतना लियौ भने ख्रीष्टबाट तिमीलाई कुनै फाइदा हुनेछैन।
3
खतना हुने प्रत्येकलाई म फेरि चेताउनी दिन्छु, कि सम्पूर्ण व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ।
4
तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठहरिन चाहन्छौ, तिमीहरू ख्रीष्टबाट अलग्ग भएका छौ। तिमीहरू अनुग्रहबाट तल खसेका छौ।
5
किनकि हामी पवित्र आत्माद्वारा विश्वासबाट धार्मिकताका आशाको प्रतीक्षा गर्छौं।
6
ख्रीष्ट येशूमा न त खतना केही मूल्यको न बेखतना केही मूल्यको हुन्छ। तर एउटै कुराको मात्र मूल्य छ, अनि त्यो हो— प्रेमद्वारा काम गर्ने विश्वास।
7
तिमीहरू राम्रै दौडिरहेका थियौ। कसले तिमीहरूलाई सत्यता पालन गर्नमा बाधा दियो?
8
तिमीहरूलाई बोलाउनुहुनेबाट यो फकाउने-फुस्लाउने काम भएको होइन।
9
थोरै खमिरले जम्मै ढिकालाई खमिरा बनाउँछ।
10
म प्रभुमा भरोसा राख्दछु, कि तिमीहरूले मेरो बाहेक अर्को विचार अपनाउनेछैनौ। तिमीहरूलाई पिरोल्ने जोसुकै भए पनि त्यसले दण्ड भोग्नेछ।
11
तर भाइ हो, यदि म अझै खतनाको प्रचार गर्दछु भने ममाथि यी सब सतावट किन आएका? त्यसो हो भनेता क्रूसबाट आउने बाधा गएको छ।
12
तिमीहरूलाई विचलित पार्नेहरूले त बरु आफ्नो अङ्ग नै काटे पनि हुने।
13
भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ। केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।
14
किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्।”
15
तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्।
16
तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड़, र पापमय स्वभावका लालसा पूरा नगर।
17
किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्छन्।
18
तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोर्याइएका हौ भनेता तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ।
19
पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20
मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21
डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
22
तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
23
नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन।
24
तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्।
25
हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँड़ौं।
26
हामी अहङ्कारी नहोऔं, एउटाले अर्कोलाई रीस नउठाऔं, र एउटाले अर्कोलाई ईर्ष्या नगरौं।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 6 →
All chapters:
1
2
3
4
5
6