bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Galatians 6
Galatians 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
1
भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।
2
एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।
3
किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ।
4
प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ।
5
किनभने हरेकले आफ्नो भार आफै उठाउनुपर्छ।
6
वचनको शिक्षा पाउने हरेकले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ।
7
धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ।
8
जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।
9
भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।
10
यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्वासका परिवारका हुन्।
11
हेर, म कति ठूला-ठूला अक्षरहरूले आफ्नै हातले तिमीहरूलाई लेखिरहेछु।
12
ख्रीष्टका क्रूसको कारणले सतावटमा नपरून् भनी बाहिरी तवरले सब ठीक देखिन चाहनेहरूले नै तिमीहरूलाई खतना गर्न कर लाउँछन्।
13
किनकि खतना गर्नेहरू आफै पनि व्यवस्था पालन गर्दैनन्, तर तिमीहरूको शरीरमा घमण्ड गर्नको निम्ति तिमीहरूले खतना गरेको तिनीहरू चाहन्छन्।
14
हाम्रा प्रभु येशू ख्रीष्टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रूसमा झुण्ड्याइएको छ।
15
न त खतनाको केही महत्त्व छ, न बेखतनाको, तर नयाँ सृष्टि नै सब थोक हो।
16
अब जो-जति यस नियममा चल्दछन्, तिनीहरूमाथि र परमेश्वरका इस्राएल जातिमाथि शान्ति र कृपा रहोस्।
17
अबदेखि उसो कसैले मलाई कष्ट नदेओस्, किनभने म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु।
18
भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्। आमेन।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
All chapters:
1
2
3
4
5
6