bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Galatians 4
Galatians 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 5 →
1
मेरो भनाइको अर्थ यो हो, उत्तराधिकारी जबसम्म बालकै छ, ऊ सबै थोकको मालिक भए तापनि कमाराभन्दा फरक हुँदैन,
2
तर बाबुले ठहराएको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनमा हुन्छ।
3
हामी पनि यसरी नै बालक छउञ्जेल संसारका दैवी शक्तिहरूको दासत्वमुनि थियौं,
4
तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो। उहाँ एउटी स्त्रीबाट जन्मनुभयो, तथा व्यवस्थाको अधीनमा जन्मनुभयो।
5
व्यवस्थाको अधीनमा रहनेहरूलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको पूरा हक प्राप्त गर्न सकौं।
6
तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको आत्मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्बा, पिता!” भनेर पुकार्नुहुन्छ।
7
यसैकारण, परमेश्वरद्वारा तिमी अब उप्रान्त दास होइनौ, तर पुत्र हौ, र पुत्र हौ भनेता उत्तराधिकारी पनि हौ।
8
अघिअघि जब तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ, तिमीहरू तिनका दास थियौ, जो स्वभावले नै देवहरू होइनन्,
9
तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ, अथवा परमेश्वरबाट चिनिएका छौ, र पनि फेरि कसरी तिमीहरू ती निर्बल र सुरु-सुरुका तुच्छ सिद्धान्तहरूतिर फर्कन्छौ र फेरि तिनका दास बन्न चाहन्छौ?
10
तिमीहरू तिथिहरू, महिनाहरू, ऋतुहरू र वर्षहरू मान्दछौ।
11
मलाई त यस्तो लाग्छ, कि तिमीहरूका निम्ति गरिरहेको मेरो परिश्रम व्यर्थ भयो।
12
भाइ हो, तिमीहरू मजस्तै होओ भन्ने म बिन्ती गर्दछु, किनकि म पनि तिमीहरूजस्तै भएको छु। तिमीहरूले मेरो केही खराबी गरेका छैनौ।
13
तिमीहरूलाई थाहा छ, कि शरीरको अस्वस्थताले गर्दा नै मैले पहिले तिमीहरूलाई सुसमाचार सुनाएथें।
14
यद्यपि मेरो बिरामी अवस्था तिमीहरूका लागि एउटा परीक्षा थियो, तथापि तिमीहरूले मलाई तिरस्कार गरेनौ, न घृणा नै गर्यौ, तर परमेश्वरको एउटा दूतलाई, ख्रीष्ट येशूलाई झैँ मलाई ग्रहण गर्यौ।
15
तिमीहरूले अनुभव गरेको सन्तोष कता गयो? किनभने म गवाही दिन सक्छु, कि यदि सम्भव भए तिमीहरूले आफ्ना आँखासम्म पनि निकालेर मलाई दिनेथियौ।
16
तब तिमीहरूलाई साँचो भनेको कारणले के म तिमीहरूको शत्रु भएको छु र?
17
तिमीहरूलाई आफूपट्टि तान्न तिनीहरू खूबै जोश देखाउँछन्, तर असल अभिप्रायले होइन। तिमीहरूले बढ़ी उत्साहसाथ तिनीहरूलाई स्वीकार गर भनेर तिनीहरूले हामीबाट तिमीहरूलाई अलग पार्न खोज्छन्।
18
असल अभिप्रायको निम्ति जोशिलो हुनु असल हो, तर म तिमीहरूका माझमा हुँदा मात्र जोश देखाउनु असल होइन।
19
मेरा साना बालक हो, ख्रीष्ट तिमीहरूमा नबनिनुभएसम्म म फेरि प्रसवपीडामा छु।
20
अहिले म तिमीहरूका साथमा भएर तिमीहरूसँग मेरो बोल्ने तरिका बदल्न सके कति असल हुनेथियो, किनकि तिमीहरूका विषयमा म अन्योलमा परेको छु।
21
तिमीहरू व्यवस्थाको अधीनमा रहन चाहनेहरूले मलाई भन, व्यवस्थाले के भन्छ के तिमीहरूलाई थाहा छैन?
22
किनभने लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, कमारीतर्फबाट एक, अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट।
23
कमारीको छोरोचाहिँ शरीरअनुसार जन्मेको थियो, तर स्वतन्त्र स्त्रीबाट जन्मेको छोरो प्रतिज्ञाद्वारा।
24
यो कुरालाई रूपक दृष्टान्तको रूपमा लिन सकिन्छ। ती स्त्रीहरू दुई किसिमका करारहरू हुन्। एउटीचाहिँ सीनै पर्वतबाट दासत्वको लागि सन्तान जन्माउने हागार हो।
25
हागार अरब देशको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्यसको तुलना गर्न सकिन्छ। किनकि त्यो आफ्ना बालकहरूका साथ दासत्वमा छ।
26
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्।
27
किनभने लेखिएको छ, “हे नजन्माउने बाँझी, आनन्द गर, हे प्रसवपीडा थाहा नपाउने, मन खोलेर कराऊ, किनभने पति भएकी स्त्रीभन्दा त्यागिएकी स्त्रीका छोरा-छोरी धेरै छन्।”
28
अब हे भाइ हो, इसहाकजस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं।
29
तर त्यस बेला जसरी शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सताउँदथ्यो, अहिले पनि त्यस्तै छ।
30
तर धर्मशास्त्रले के भन्दछ? “कमारी र त्यसको छोरालाई निकालिदेऊ, किनभने दासी-पुत्र स्वतन्त्र स्त्रीको छोरासँग उत्तराधिकारी हुनेछैन।”
31
यसकारण भाइ हो, हामी कमारीका होइनौं, तर स्वतन्त्र स्त्रीका सन्तान हौं।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 5 →
All chapters:
1
2
3
4
5
6