bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jonah 1
Jonah 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
1
परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयो:
2
“त्यस ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्, किनभने त्यसको दुष्ट्याइँ मेरो सामु आएको छ।”
3
तर योना परमप्रभुबाट भागे र तर्शीशतिर लागे। तिनी तल योप्पा सहर गए, र त्यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए। परमप्रभुबाट भाग्न तर्शीश जानलाई जहाजमा भाड़ा दिएर तिनी चढ़े।
4
तब परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्लाजस्तै भयो।
5
सबै नावीकहरू डराए, र प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्यापारका मालहरू समुद्रमा फाले। तर योनाचाहिँ जहाजको तल्लो तलामा गएका थिए, र त्यहाँ तिनी भुसुक्क निदाए।
6
जहाजका कप्तान तिनीकहाँ आएर भने, “कसरी सुत्न सकेको! उठेर तिम्रा परमेश्वरलाई पुकारा। शायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।”
7
तब नावीकहरूले आपसमा भन्न लागे, “आओ, यस आपत्तिको जिम्मावार को रहेछ, सो जान्नलाई हामी चिट्ठा हालौं।” तिनीहरूले चिट्ठा हाले, र चिट्ठा योनाको नाउँमा पर्यो।
8
तब तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि यो आपत् ल्याउन को जिम्मेवार छ? तिम्रो काम के हो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?”
9
तिनले जवाफ दिएर भने, “म एक हिब्रू हुँ, अनि म स्वर्गका परमेश्वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।”
10
यस कुराले तिनीहरू डराए र तिनलाई सोधे, “तिमीले के गरेका छौ?” (अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुन्नेबाट भागेका रहेछन् भन्ने तिनीहरूलाई थाहा थियो।)
11
समुद्रका छालहरू झन्-झन् प्रचण्ड हुँदैथिए। यसैले तिनीहरूले सोधे, “तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रा निम्ति शान्त होला?”
12
तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फालिदेओ, र समुद्र शान्त हुनेछ। किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आँधी चलेको हो भन्ने म जान्दछु।”
13
तापनि जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्म खियाए, तर तिनीहरूले सकेनन्, किनकि तिनीहरूका विरुद्धमा समुद्र झन्-झन् खराब हुँदैगयो।
14
यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, “बिन्ती छ, हे परमप्रभु, यस मानिसको ज्यान लिएको कारण हामीलाई मर्न नपरोस्, र एक निर्दोष मानिसका हत्याको दोष हामीलाई नलागोस्, किनकि हे परमप्रभु, तपाईंलाई जस्तो इच्छा लागेको थियो सो गर्नुभएको छ।”
15
तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए, र उर्लेको समुद्र शान्त भइहाल्यो।
16
यो देखेर ती मानिसहरूले परमप्रभुको अत्यन्तै भय माने, र तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढ़ाए र उहाँमा भाकल गरे।
17
तर योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्म योना त्यस माछाको पेटभित्र रहे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
All chapters:
1
2
3
4