bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jonah 3
Jonah 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
1
तब परमप्रभुको वचन दोस्रो पल्ट योनाकहाँ आयो:
2
“त्यस ठूलो सहर निनवेमा जा, र म जे समाचार तँलाई दिन्छु, सो त्यहाँ घोषणा गर्।”
3
योनाले परमप्रभुको वचन पालन गरेर निनवेमा गए। अब निनवे एक अत्यन्तै प्रख्यात सहर थियो। त्यो हेर्नलाई तीन दिन लाग्दथ्यो।
4
पहिलो दिन योना सहरभित्र पसे। तिनले यसो भनेर घोषणा गरे, “अबको चालीस दिनमा निनवे नष्ट हुनेछ”
5
निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उपवासको घोषणा गरे, र तिनीहरूका ठूला-साना सबैले भाङ्ग्रा लगाए।
6
जब त्यो खबर निनवेका राजाकहाँ पुग्यो, तब उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो राजपोशाक फुकाले र भाङ्ग्रा लगाएर खरानीमा बसे।
7
तब उनले निनवेमा यसो भन्ने घोषणा गरे। “राजाको र भारदारको उर्दीअनुसार: कुनै मानिस वा पशु, गाई-गोरु वा भेड़ाबाख्रा, कसैले केही खानेकुरा नखाओस्, न त केही पिओस्।
8
तर मानिस र पशुले भाङ्ग्रा लगाऊन्, र परमेश्वरमा पुकारा गरून्। तिनीहरू आफ्ना कुमार्गबाट फर्कून्, तिनीहरूले गर्ने उपद्रव त्याग गरून्।
9
कसले जान्दछ? परमेश्वरले मन नरम गर्नुहोला र दया गरेर आफ्नो भयानक रीसबाट फर्कनुहोला। यसरी हामी नष्ट हुनेछैनौं।”
10
तिनीहरूले के गरे र कसरी तिनीहरू आफ्ना कुमार्गबाट फर्केर आए भन्ने परमेश्वरले देख्नुभयो। तब उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्कीअनुसार उहाँले गर्नुभएन।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
All chapters:
1
2
3
4