bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jonah 4
Jonah 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
1
तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो।
2
अनि तिनले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, म आफ्नो घरमा छँदै के मैले यही कुरा भनेको थिइनँ र? यसैकारणले त तर्शीशमा भागेर जान मैले आतुरी गरेको थिएँ। तपाईं अनुग्रहकारी र करुणामय, रीस गर्नमा धैर्यवान्, दयामा प्रशस्त, र दु:ख दिनुमा बेखुशी हुनुहुने परमेश्वर हुनुहुन्छ भनी मैले जानेको थिएँ।
3
अब हे परमेश्वर, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ।”
4
तर परमप्रभुले जवाफ दिनुभयो, “के रीस गर्न तेरो हक छ र?”
5
तब योना सहरबाट निस्केर त्यस सहरका पूर्वपट्टिको एउटा ठाउँमा गएर बसे। तिनले त्यहाँ एउटा छाप्रो बनाए, र त्यस सहरलाई के हुँदोरहेछ सो हेर्नलाई त्यसैको छायामा बसे।
6
तब परमप्रभु परमेश्वरले एउटा लौका उमार्नुभयो, र योनाको शिरमा त्यो छाया होस् र तिनको दु:खहरण होस् भनेर त्यसलाई बढ़ाउनुभयो। यसैले लौकाको कारण योना अत्यन्तै खुशी भए।
7
तर भोलिपल्ट बिहान उज्यालो हुँदा परमेश्वरले एउटा कीरालाई खटाउनुभयो, र त्यसले त्यस लौकालाई खाइदियो, र त्यो ओइलाइहाल्यो।
8
सूर्य उदाएपछि परमेश्वरले पूर्वदेखि पोल्ने बतास चलाइदिनुभयो, यतिसम्म कि घाम टन्टलापुरसित योनाको टाउकोमा पर्यो र तिनी मूर्च्छा परे, र मर्ने इच्छा गरेर भने, “मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ।”
9
तर परमेश्वरले योनालाई भन्नुभयो, “के लौकाको कारण रिसाउनु तेरो हक छ?” तिनले भने, “मेरो हक छ। म मरुञ्जेलसम्मै रिसाउँछु।”
10
तर परमप्रभुले भन्नुभयो, “तैंले नस्याहारेको अथवा नउमारेको यस लौकाको लागि यति चिन्तित भइस्। एकै रातमा बढ़्यो, र एकै रातमा नष्ट पनि भयो।
11
तर निनवे सहरमा एक लाख बीस हजारभन्दा बढ्ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्न सक्दैनन्, र त्यसमा धेरै गाईबस्तुहरू पनि छन्। के मैले त्यस ठूलो सहरको निम्ति फिक्री नगरूँ?”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
All chapters:
1
2
3
4