bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jonah 2
Jonah 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
1
योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे।
2
तिनले भने, “मैले आफ्नो सङ्कष्टमा परमप्रभुमा पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। चिहानको गहिराइबाट सहायताको निम्ति मैले पुकारें, र तपाईंले मेरो क्रन्दन ध्यानसित सुन्नुभयो।
3
तपाईंले मलाई समुद्रको गहिराइभित्र, समुद्रको मुटुभित्रै फालिदिनुभयो, र प्रवाहहरू मेरा चारैतिर घुमे। तपाईंका सबै छालहरू र लहरहरूले मलाई डुबाए।
4
मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु’।
5
डुबाउने पानीले मलाई तर्सायो, समुद्रको गहिराइ मेरो चारैतिर थियो, समुद्रका झ्याउहरू मेरो टाउकोभरि बेहेरिएका थिए।
6
म त डाँड़ाहरूका फेदीसम्मै तल डुबें, पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर हे परमप्रभु मेरा परमेश्वर, तपाईंले मेरो ज्यानलाई खाल्डोबाट उठाएर ल्याउनुभयो।
7
“जब मेरो प्राण गलिसकेको थियो, तब मैले, हे परमप्रभु, तपाईंलाई सम्झें, र मेरो प्रार्थना तपाईंकहाँ उठ्यो, तपाईंको पवित्र मन्दिरभित्रै पुग्यो।
8
“जस-जसले व्यर्थका मूर्तिहरूतिर मन लगाउँछन्, तिनीहरूले पाउनुपर्ने अनुग्रहबाट तिनीहरू वञ्चित हुन्छन्।
9
तर म त धन्यवादको स्तुतिसहित तपाईंमा बलिदान चढ़ाउनेछु। मैले जे भाकल गरेको छु, सो म पूरा गर्नेछु। उद्धार परमप्रभुबाटै हुन्छ।”
10
तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यसले योनालाई पाखामा उकेलिदियो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
All chapters:
1
2
3
4