bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
John 14
John 14
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 15 →
1
“तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्वरमाथि विश्वास राख, र ममाथि पनि विश्वास राख।
2
मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्नेथिइनँ।
3
म गएर ठाउँ तयार पारेपछि फेरि आउनेछु; र म जहाँ छु, त्यहाँ तिमीहरू पनि सधैँ मसँग रहन सक भनेर तिमीहरूलाई त्यहाँ लैजानेछु।
4
म जहाँ जाँदैछु, त्यहाँ पुग्ने बाटो तिमीहरू जान्दछौ।”
5
थोमाले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ भन्ने हामीलाई केही थाहा छैन। तब कसरी हामीले त्यो बाटो चिन्न सक्छौँ?”
6
येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
7
यदि तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ।”
8
फिलिपले भने, “गुरुज्यू, हामीलाई पिता देखाइदिनुहोस्, यही नै हामीलाई पर्याप्त हुनेछ।”
9
येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु, र पनि तिमीले मलाई चिनेनौ? जसले मलाई देखेको छ, उसले पितालाई पनि देखेको छ। तब तिमीले ‘हामीलाई पिता देखाइदिनुहोस्’ भनेर कसरी भन्दछौ?
10
म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर के तिमीलाई विश्वास छैन? मैले तिमीहरूलाई भनेका यी वचनहरू मेरा आफ्नै अधिकारले भनेको होइनँ; वास्तवमा ममा हुनुहुने मेरा पिताले आफ्नो काम गर्दै हुनुहुन्छ।
11
म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी मैले भनेकोमा विश्वास गर; नत्रता कमसे कम मैले गरेका अचम्मका कामहरूकै कारणले मलाई विश्वास गर।
12
म तिमीहरूलाई साँच्चै भन्दछु, जसले ममाथि विश्वास गर्दछ, उसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ। अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्यहरू पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु।
13
मेरो नाममा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु; ताकि पुत्रद्वारा पितालाई महिमा होस्।
14
तिमीहरूले मसँग मेरो नाममा जे मागे पनि म त्यो पूरा गर्नेछु।
15
“तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू मान्नेछौ।
16
म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ। उहाँ सधैँ तिमीहरूसँग हुनुहुनेछ।
17
उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, र चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ। किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ।
18
म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
19
केही बेरपछि संसारले मलाई फेरि देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ।
20
त्यस दिन म मेरा पितामा छु, तिमीहरू ममा छौ, र म तिमीहरूमा छु भनी तिमीहरूले बुझ्नेछौ।
21
जससँग मेरा आज्ञाहरू छन् र ती पालन गर्दछन्, तिनीहरूले नै मलाई प्रेम गर्दछन्। अनि मलाई प्रेम गर्नेहरूलाई पिताले प्रेम गर्नुहुन्छ। अनि म पनि तिनीहरूलाई प्रेम गर्नेछु, र आफूलाई तिनीहरूकहाँ प्रकट गरिदिनेछु।”
22
यहूदाले (यहूदा इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “गुरुज्यू, तपाईंले किन हामीकहाँ मात्र आफूलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ गर्नुहुन्न?”
23
येशूले जवाफ दिनुभयो, “जसले मलाई प्रेम गर्छ, उसले मेरा शिक्षाहरू पालन गर्नेछ। मेरा पिताले त्यसलाई पनि प्रेम गर्नुहुनेछ। अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग बास गर्नेछौँ।
24
मलाई प्रेम नगर्नेले मेरा शिक्षाहरू पालन गर्दैन। तिमीहरूले सुनेका यी वचनहरू मेरा आफ्नै होइनन्, तर मलाई पठाउनुहुने पिताका हुन्।
25
“म अहिले तिमीहरूसँग छँदै यी कुराहरू तिमीहरूलाई भनेको छु।
26
पिताले मेरो नाममा पठाइदिनुहुने सल्लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ। मैले भनेका प्रत्येक कुरा पनि तिमीहरूलाई सम्झना गराइदिनुहुनेछ।
27
शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।” तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
28
“मैले भनेको यो कुरा तिमीहरूले सुनेका छौ, ‘म गइरहेको छु, तर फेरि म तिमीहरूकहाँ फर्किआउनेछु।’ तिमीहरूले मलाई साँच्चै प्रेम गर्छौ भने म मेरा पिताकहाँ जाँदैछु भन्ने कुरामा तिमीहरू आनन्दित हुनेछौ। किनकि पिता मभन्दा महान् हुनुहुन्छ।
29
अनि यी कुराहरू हुन आउनुभन्दा अगि नै मैले तिमीहरूलाई सबै भनिदिएको छु। किनकि जब यी कुराहरू पूरा हुनेछन्, तब तिमीहरूले विश्वास गर्नेछौ।
30
म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ। त्यसको ममाथि केही अधिकार छैन।
31
तर म पितालाई प्रेम गर्छु, र उहाँले मलाई दिनुभएका आज्ञाहरू मैले ठिकसँग पालन गर्छु भनी संसारले जान्नुपर्छ। “उठ, हामी यहाँबाट जाऔँ।”
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21