bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
John 16
John 16
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 17 →
1
“तिमीहरूले ठक्कर खाएर तर्केर नजाओ भनेर मैले यी सबै कुराहरू तिमीहरूलाई भनेको हुँ।
2
तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकालिदिनेछन्; वास्तवमा यस्तो समय आइरहेको छ, जब तिमीहरूलाई हत्या गर्ने जोसुकैले परमेश्वरलाई सेवा गरिरहेको छु भनी ठान्नेछ।
3
तिनीहरूले यी कामहरू यसैकारण गर्नेछन्, कि तिनीहरूले पितालाई र मलाई चिनेका छैनन्।
4
मैले यी कुराहरू तिमीहरूलाई यसैकारण बताएको छु, जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई चेतावनी दिएको थिएँ भनी तिमीहरूले स्मरण गर्नेछौ। यी कुराहरू मैले तिमीहरूलाई पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै थिएँ।
5
अब म मलाई पठाउनुहुनेकहाँ जाँदैछु, तापनि ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ।
6
मैले यी कुराहरू भनेका कारण तिमीहरूको ह्रदय शोकले भरिएको छ।
7
तर म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूको भलाइका निम्ति नै म जाँदैछु। म नगएसम्म सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।
8
अनि जब उहाँ आउनुहुन्छ, तब उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोष देखाइदिनुहुनेछ।
9
पापको विषयमा; किनकि मानिसहरूले मलाई विश्वास गर्दैनन्।
10
धार्मिकताको विषयमा; किनकि म पिताकहाँ जाँदैछु, र तिमीहरूले मलाई फेरि देख्नेछैनौ।
11
अनि न्यायको विषयमा; किनकि यस संसारको शासकले दण्डको आज्ञा पाइसकेको छ।
12
“मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू अझ धेरै छन्, तिमीहरूले अहिले सहन सक्नेभन्दा पनि बढी छन्;
13
तर जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर उहाँले आफूले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ; र उहाँले तिमीहरूलाई हुन आउने कुराहरू घोषणा गरिदिनुहुनेछ।
14
जे मेरा हुन्, त्यसबाट लिएर त्यो तिमीहरूलाई प्रकट गरिदिनुभएर उहाँले मेरो महिमा गर्नुहुनेछ।
15
जे जति पिताका हुन्, ती मेरा हुन्। त्यसैकारण जे मेरा हुन्, त्यसबाट लिएर आत्माले त्यो तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ भनी मैले भनेको हुँ।
16
“केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ; अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ।”
17
उहाँका केही चेलाहरूले एक-आपसमा भने, “उहाँले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ र ‘किनकि म पिताकहाँ जाँदैछु’ भनी भन्नुभएको अर्थ के हो?”
18
तिनीहरूले “उहाँले ‘केही बेर’ भन्नुभएको अर्थ के हो? उहाँले के भन्दै हुनुहुन्छ, सो हामी बुझ्न सक्दैनौँ,” भनी सोधपुछ गरिरहे।
19
तिनीहरूले यस विषयमा उहाँलाई सोध्ने इच्छा गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले मैले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ भनी भन्नुको अर्थ के होला भन्दै आपसमा सोधपुछ गरिरहेका छौ?
20
म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसारचाहिँ रमाउनेछ। तिमीहरूले शोक गर्नेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ।
21
बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ; किनकि तिनको समय आएको हुन्छ, तर बालक जन्मिएपछि संसारमा एउटा बालकको जन्म भएको छ भन्ने कुराको हर्षको कारण तिनले त्यस वेदनालाई बिर्सन्छिन्।
22
तिमीहरूलाई पनि त्यस्तै नै हुन्छ: अहिले तिमीहरूको शोकको समय हो, तर मैले फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरू रमाउनेछौ। अनि कसैले पनि तिमीहरूको आनन्द खोस्नेछैन।
23
अनि त्यस दिन तिमीहरूले मलाई फेरि केही पनि माग्नेछैनौ। म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरो नाममा जे माग्छौ, त्यो मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ।
24
अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्द पूर्ण हुनेछ।
25
“म दृष्टान्तहरूमा बोलिरहेको छु, तर समय आउँदैछ, जब मैले फेरि यस प्रकारको दृष्टान्तको प्रयोग गर्नेछैनँ, तर मेरा पिताको विषयमा मैले तिमीहरूलाई स्पष्ट गरी भन्नेछु।
26
त्यो दिन तिमीहरूले मेरो नाममा माग्नेछौ। मैले पितासँग तिमीहरूका निम्ति बिन्ती गर्नेछु भनी भनेको होइनँ।
27
पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ; किनकि तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्वरबाट आएको हुँ भनी विश्वास गरेका छौ।
28
म पिताबाट आएँ, र संसारमा प्रवेश गरेँ; अब म संसारलाई छोडेर पिताकहाँ नै फर्कंदैछु।”
29
त्यसपछि येशूका चेलाहरूले भने, “अब तपाईं स्पष्टसँग र दृष्टान्तविना नै बोल्दैहुनुहुन्छ।
30
अब हामीले बुझ्न सक्यौँ, तपाईं सबै कुरा जान्नुहुन्छ। अनि तपाईंलाई कसैले केही सोध्नुपर्ने आवश्यकता पनि छैन। यसै कुराले तपाईं परमेश्वरबाट आउनुभएको हो भनी हामीलाई विश्वास दिलाउँछ।”
31
येशूले जवाफ दिनुभयो, “बल्ल तिमीहरूले विश्वास गर्दछौ?
32
तर समय आइरहेको छ; वास्तवमा त्यो समय आइसकेको छ, जब तिमीहरू छरपस्ट हुनेछौ, र हरेक आ-आफ्नै ठाउँमा जानेछौ। तिमीहरूले मलाई एकलै छोड्नेछौ। तापनि म एकलो छैनँ; किनकि मेरा पिता मसँग हुनुहुन्छ।
33
“ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।”
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21