bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
John 8
John 8
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
1
तर येशू जैतुन डाँडामा जानुभयो।
2
भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए। अनि उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो।
3
व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अगि उभ्याए,
4
र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दागर्दै पक्राउ परेकी हो।
5
व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्नुहुन्छ?”
6
तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए। येशू निहुरनुभयो र औँलाले भुइँमा लेख्न थाल्नुभयो।
7
जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।”
8
अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो।
9
त्यसपछि यो कुरा सुन्नेहरू, बुढापाकादेखि सानासम्म एक-एक गर्दै त्यहाँबाट गए। अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो।
10
तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?”
11
त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन, प्रभु।” येशूले भन्नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।”
12
फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
13
तब फरिसीहरूले उहाँलाई भने, “तिमीले त आफ्नै विषयमा गवाही दिइरहेका छौ। यसकारण तिम्रो गवाही सत्य ठहरिँदैन।”
14
येशूले जवाफ दिनुभयो, “मैले आफ्नै विषयमा गवाही दिए तापनि मेरो गवाही सत्य ठहर्छ। किनकि म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु, सो म जान्दछु। तर म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु भन्ने बारेमा तिमीहरू जान्दैनौ।
15
तिमीहरू मानिसको दृष्टिले न्याय गर्दछौ; तर म कसैको न्याय गर्दिनँ।
16
तर यदि मैले न्याय गरेँ भने मेरो निर्णय सत्य हुन्छ। किनकि म एकलो छैनँ। म मलाई पठाउनुहुने पिताको साथमा छु।
17
तिमीहरूको आफ्नै व्यवस्थामा पनि दुई जनाको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ।
18
मेरो आफ्नै विषयमा गवाही दिने एक जना म नै हुँ। अनि मेरो अर्को गवाहीचाहिँ मलाई पठाउनुहुने पिता हुनुहुन्छ।”
19
तब तिनीहरूले उहाँलाई सोधे, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्छौ, न त मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ।”
20
येशूले यी कुराहरू मन्दिरमा शिक्षा दिँदैगर्नुहुँदा भेटी चढाउने ढुकुटीनिर नै भनिसक्नुभएको थियो। तापनि कसैले उहाँलाई पक्रेन। किनकि उहाँको समय अझै आएको थिएन।
21
येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म जाँदैछु, र तिमीहरूले मलाई खोज्नेछौ। अनि तिमीहरू आफ्ना पापमा मर्नेछौ। म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
22
ती यहूदी अगुवाहरूले आपसमा सोधे, “यिनले आत्महत्या त गर्ने होइनन्? के त्यसैकारण नै यिनले ‘म जहाँ जाँदैछु, तिमीहरू त्यहाँ आउन सक्दैनौ’ भनी भनेका हुन्?”
23
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलबाटका हौ, तर मचाहिँ माथिबाटको हुँ। तिमीहरू यस संसारका हौ, तर मचाहिँ यस संसारको होइनँ।
24
मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनेँ। यदि तिमीहरूले मैले आफैँलाई जे हुँ भनी दाबी गर्छु, म उही नै हुँ भनी विश्वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।”
25
तिनीहरूले सोधे, “तिमी को हौ त?” येशूले जवाफ दिनुभयो, “म जो हुँ, मैले सुरुदेखि नै दाबी गर्दैआएको छु, म उही हुँ।
26
तिमीहरूको न्याय गर्नका निम्ति मैले भन्नुपर्ने कुरा धेरै नै छन्; तर जसले मलाई पठाउनुभयो। उहाँ विश्वासयोग्य हुनुहुन्छ। अनि उहाँबाट मैले जे सुनेको छु, त्यही कुरा म संसारलाई भन्दछु।”
27
तर उहाँले पिताको विषयमा भन्नुभएको हो भनी तिनीहरूले बुझेनन्।
28
त्यसकारण येशूले भन्नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ, तब मैले दाबी गरेको व्यक्ति म उही हुँ; अनि मैले आफ्नै तर्फबाट केही पनि गर्दिनँ रहेछु, तर पिताले सिकाउनुभएका कुराहरू मात्र बोल्दछु भनी तिमीहरूले थाहा पाउनेछौ।
29
जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। उहाँले मलाई एकलो छोड्नुभएको छैन। किनकि म सधैँ उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु।”
30
उहाँले यी कुरा बोल्दाबोल्दै धेरैले उहाँमाथि विश्वास गरे।
31
येशूले उहाँमाथि विश्वास गरेका यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्यौ भने तिमीहरू साँच्चै नै मेरा चेलाहरू हौ।
32
तब तिमीहरूले सत्यतालाई जान्नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
33
तिनीहरूले उहाँलाई भने, “तर हामी त अब्राहामका सन्तान हौँ। अनि कहिल्यै कसैको दास बनेका छैनौँ। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौँ भन्ने कुरा तपाईं कसरी भन्न सक्नुहुन्छ?”
34
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको दास हो।
35
घरमा कुनै पनि दासको स्थायी स्थान हुँदैन। तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ।
36
त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।
37
तिमीहरू अब्राहामका सन्तान हौ भनी म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ। किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन।
38
मैले मेरा पिताको उपस्थितिमा जे-जे देखेँ, सो तिमीहरूलाई भन्दैछु। तर तिमीहरूचाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।”
39
तिनीहरूले जवाफ दिए, “हाम्रा पिता त अब्राहाम हुनुहुन्छ।” येशूले भन्नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, तिमीहरूले पनि अब्राहामले गरेका काम गर्नेथियौ।
40
तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्चय गरेका छौ। जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्।
41
तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।” तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौँ। हाम्रा एउटै मात्र पिता हुनुहुन्छ जो स्वयम् परमेश्वर हुनुहुन्छ।”
42
येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूका पिता परमेश्वर हुनुभएको भए त तिमीहरूले मलाई प्रेम गर्नेथियौ। किनकि म परमेश्वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफैँ आएको होइनँ, तर मलाई परमेश्वरले पठाउनुभयो।
43
मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरूले मैले भनेका कुराहरू सुन्न सक्दैनौ।
44
तिमीहरू त तिमीहरूका पिता शैतानबाटका हौ। अनि तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन। किनकि त्यसमा सत्य छँदैछैन। झूटो बोल्नु त्यसको स्वभाव अनुसारको बोली हो। किनकि त्यो झूट हो, र झूटको पिता हो।
45
किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्वास गर्दैनौ!
46
के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्वास गर्दैनौ?
47
जो परमेश्वरबाटको हो, त्यसले परमेश्वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्नुको कारण यही हो, तिमीहरू परमेश्वरका होइनौ।”
48
यहूदीहरूले येशूलाई जवाफ दिए, “तिमी एक सामरी हौ, र तिमीलाई भूत लागेको छ भनी हामीले ठिकै भनेका होइनौँ र?”
49
येशूले भन्नुभयो, “मलाई कुनै भूत लागेको छैन। तर म मेरा पिताको आदर गर्दछु। अनि तिमीहरूचाहिँ मेरो अनादर गर्दछौ।
50
म आफ्नै महिमा खोज्दिनँ। तर महिमा खोज्नेचाहिँ एक जना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ।
51
म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।”
52
अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्ताहरू पनि मरे। तर तिमीले चाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ।
53
के तिमी हाम्रा पिता अब्राहामभन्दा पनि महान् हौ? तिनी मरे, र त्यसै गरी अगमवक्ताहरू पनि मरे। तिमीले आफूलाई को हो भनी ठान्छौ?”
54
येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरेँ भने मेरो महिमाको केही अर्थ हुँदैन। मेरा पिता, जसलाई तिमीहरू आफ्ना परमेश्वर भनी दाबी गर्दछौ; मलाई महिमा दिने उहाँ नै हुनुहुन्छ।
55
तिमीहरूले उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूसरह झूटो बन्ने थिएँ। तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु।
56
तिमीहरूका पिता अब्राहाम म आउने दिन देख्ने आशामा आनन्दित भएका थिए। तिनले त्यो देखे, र खुशी भए।”
57
यहूदीहरूले उहाँलाई भने, “तिमी आफैँ पचास वर्ष पनि पुगेका छैनौ, अनि तिमीले अब्राहामलाई कसरी देख्यौ?”
58
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, अब्राहाम जन्मनुभन्दा अगिदेखि नै म छँदैछु!”
59
यतिबेला तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे। तर येशू लुक्नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्क बाहिर निस्केर जानुभयो।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21