bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
John 5
John 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 6 →
1
केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो।
2
यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी थियो, जसलाई आरामाईक भाषामा बेथस्दा भनिन्छ, र यो पाँच वटा दलानहरूले घेरिएको थियो।
3
त्यसको छेउमा दृष्टिविहीन, लङ्गडो, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे।
4
किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्लाइदिन्थे। अनि हरेक पल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो।
5
त्यहाँ एक जना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघातको रोगी थियो।
6
जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
7
त्यस रोगीले भन्यो, “हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्ने कोसिस गर्दागर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।”
8
त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।”
9
तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान उठाएर हिँड्यो। यो घटना भएको दिन शब्बाथ थियो।
10
त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “आज शब्बाथ हो। व्यवस्थाले तिमीलाई ओछ्यान बोक्न समेत निषेध गरेको छ।”
11
तर त्यसले जवाफ दियो, “मलाई निको पार्नुहुने व्यक्तिले नै मलाई भन्नुभयो, ‘आफ्नो ओछ्यान उठाऊ, र हिँड।’ ”
12
तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई यो उठाएर हिँड भन्ने त्यो मानिस को हो?”
13
निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्ने बारेमा केही थाहा थिएन। किनकि येशू त्यहाँ भएको भीडभित्र पसिसक्नुभएको थियो।
14
त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो, “हेर, तिमी निको भएका छौ। पाप गर्न छोड, नत्रता तिमीमाथि अझ नराम्रो अवस्था आउनसक्छ।”
15
त्यो मानिस गयो, र त्यसलाई निको पार्ने व्यक्ति येशू हुनुहुँदोरहेछ भनी यहूदी अगुवाहरूलाई भनिदियो।
16
त्यसकारण येशूले यी कामहरू शब्बाथमा गर्नुभएको हुनाले यहूदी अगुवाहरूले उहाँको खेदो गर्न लागे।
17
येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताले आजको दिनसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहनेछु।”
18
यसकारणले गर्दा तिनीहरूले उहाँलाई मार्न झन् धेरै प्रयत्न गर्न लागे। किनकि उहाँले केवल शब्बाथलाई मात्र भङ्ग गर्नुभएको थिएन। तर आफूलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई पनि आफ्नै पिता भन्नुभएको थियो।
19
येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैन। उसले त पिताले जे गरिरहनुभएको देख्छ, त्यही मात्र गर्छ। किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्छ।
20
किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यो सबै पुत्रलाई देखाउनुहुन्छ। तिमीहरूका आश्चर्यका निम्ति उहाँले पुत्रलाई यीभन्दा पनि अझै ठूला-ठूला कुराहरू देखाउनुहुनेछ।
21
किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ।
22
यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्न। तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ,
23
ताकि पितालाई आदर गरेझैँ तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन।
24
“म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ।
25
म तिमीहरूलाई साँच्चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।
26
किनकि जसरी पिता आफैँमा जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि आफैँमा जीवन हुने अधिकार दिनुभएको छ।
27
अनि उहाँले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ; किनकि ऊ मानिसको पुत्र हो।
28
“यस कुरामा आश्चर्य नमान। किनकि समय आइरहेको छ। जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्,
29
तब बाहिर निस्किआउनेछन्, जसले असल काम गरेका छन्, तिनीहरू अनन्तसम्म जिउनलाई र जसले कुकर्म गरेका छन्, तिनीहरू अनन्तसम्म दण्ड पाउनलाई पुनरुत्थान हुनेछन्।
30
म आफैँ त केही गर्न सक्दिनँ,” मैले जस्तो सुन्दछु, त्यसैअनुसार न्याय गर्दछु। अनि मेरो न्याय उचित छ; किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।
31
“यदि मैले आफ्नै विषयमा गवाही दिएँ भने मेरो साक्षी साँचो हुँदैन।
32
मेरो पक्षमा गवाही दिने अर्को एक जना हुनुहुन्छ। अनि म जान्दछु, मेरो विषयमा उहाँले दिनुहुने गवाही सत्य ठहर्छ।
33
“तिमीहरूले यूहन्नाकहाँ सोध्न पठायौ, र तिनले सत्यताको गवाही दिएका छन्।
34
मैले मानिसको गवाही ग्रहण गर्छु भनेर त होइन, तर तिमीहरूले उद्धार पाउन सक भनेर मैले यो कुरा भनेको हुँ।
35
यूहन्ना बलिरहने र ज्योति दिइरहने बत्ती थिए, र तिमीहरू केही समय तिनको प्रकाशमा रमाउन खोज्यौ।
36
“मसँग यूहन्नाको भन्दा ठूलो गवाही छ; किनकि पिताले मलाई पूरा गर्न भनी दिनुभएको काम, जो मैले गरिरहेको छु, त्यही कामले नै पिताले मलाई पठाउनुभएको हो भनी गवाही दिन्छन्।
37
अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैँले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको सोर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ।
38
न त उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गर्दैनौ।
39
तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्,
40
तर पनि जीवन प्राप्त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ।
41
“म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिनँ,”
42
तर म तिमीहरूलाई चिन्दछु। तिमीहरूको हृदयमा परमेश्वरको प्रेम छैन भनी म जान्दछु।
43
म मेरा पिताको नाममा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। तर अर्को कोही उसको आफ्नै नाममा आयो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ।
44
यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्वरबाट आउने प्रशंसा प्राप्त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्वास गर्न सक्छौ र?
45
“तर तिमीहरूलाई पिताको अगि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने त मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ।
46
यदि तिमीहरूले मोशालाई विश्वास गरेका भए तिमीहरूले मलाई पनि विश्वास गर्नेथियौ। किनकि तिनले मेरो विषयमा लेखेका थिए।
47
तर तिनले लेखेको कुरामा विश्वास नगरेपछि मैले भनेका कुराहरू तिमीहरूले कसरी विश्वास गर्छौ र?”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21