bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Joshua 18
Joshua 18
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
1
इस्राएलका सम्पूर्ण समुदाय शीलोमा भेला भए। अनि त्यहाँ भेट हुने पाल खडा गरे। त्यो देश तिनीहरूको अधीनमा आइसकेको थियो।
2
तर इस्राएलीहरूका सात वटा कुलहरू बाँकी थिए, जसले उत्तराधिकारको भाग अझै पाएका थिएनन्।
3
यसकारण यहोशूले इस्राएलीहरूलाई भने: “याहवेह तिमीहरूका पितापुर्खाका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न कहिलेसम्म तिमीहरू पर्खिरहन्छौ?
4
हरेक कुलबाट तीन जना मानिसहरू नियुक्त गर। म तिनीहरूलाई देशको सर्वेक्षण गर्न र प्रत्येकको उत्तराधिकारको भागअनुसार त्यसको विवरण लेख्न पठाउनेछु। तब तिनीहरू मकहाँ फर्कनेछन्।
5
तिमीहरूले त्यस देशलाई सात भागमा बाँड्नू। यहूदा दक्षिणमा भएको आफ्नो प्रान्तमा रहोस्। अनि योसेफको घरानाचाहिँ उत्तरमा तिनीहरूकै प्रान्तमा रहून्।
6
तिमीहरूले ती सात भागहरूका विवरण लेखिसकेपछि त्यो यहाँ मकहाँ ल्याओ। अनि म याहवेह हाम्रा परमेश्वरको उपस्थितिमा तिमीहरूका निम्ति चिट्ठा हालिदिनेछु।
7
तैपनि तिमीहरूसँग भएका लेवीहरूले तिमीहरूसँग कुनै अंश पाउनेछैनन्। किनकि याहवेहको पुजारी सेवा नै तिनीहरूको उत्तराधिकारको भाग हो। अनि गाद, रूबेन र मनश्शेको आधा कुलले आफ्ना उत्तराधिकारको भाग यर्दनको पूर्वपट्टि अगाडि नै पाइसकेका छन्। याहवेहका सेवक मोशाले त्यो तिनीहरूलाई दिएका थिए।”
8
ती मानिसहरू त्यस देशको नक्सा बनाउन जान लाग्दा यहोशूले तिनीहरूलाई यसो भनेर निर्देशन दिए, “जाओ, र त्यस देशको सर्वेक्षण गर। अनि त्यसको विवरण लेख। त्यसपछि मकहाँ फर्केर आओ, र म यहाँ शीलोमा याहवेहको उपस्थितिमा तिमीहरूका निम्ति चिट्ठा हालिदिनेछु।”
9
यसकारण ती मानिसहरू गएर त्यस देशभरि घुमे। तिनीहरूले सात भागको विवरण चर्मपत्रमा लेखे। अनि प्रत्येक भागमा पर्ने सहरहरूको सूची बनाए, र यहोशूकहाँ शीलोमा भएको छाउनीमा फर्किआए।
10
त्यसपछि यहोशूले शीलोमा याहवेहको उपस्थितिमा तिनीहरूका निम्ति चिट्ठा हाले। त्यहाँ तिनले तिनीहरूको कुलअनुसार त्यो देश इस्राएलीहरूलाई भाग लगाइदिए।
11
पहिलो चिट्ठा बेन्यामीनको कुलको वंशलाई पर्यो। तिनीहरूको भागमा परेको प्रान्त यहूदा र योसेफका बीचमा पर्यो।
12
उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भएर यरीहोको उत्तरीय ओरालो भएर पश्चिमतिरको पहाडी मुलुक हुँदै बेथ-आवेनको उजाडस्थानमा निस्केको थियो।
13
त्यहाँबाट त्यो पार भएर दक्षिणतिरको लूज (अर्थात्, बेथेल) को भिरमा पुगेर तल्लो बेथ-होरोनको दक्षिणको पहाडमा भएको अतारोत-अद्दारमा झरेको थियो।
14
दक्षिणतिर भएको बेथ-होरोनतिर फर्केको पहाडको सिमाना पश्चिमतिर हुँदै दक्षिणतिर मोडिन्थ्यो। अनि यहूदाको सहर किर्यत-बालमा (अर्थात्, किर्यत-यारीम) निस्कन्थ्यो। पश्चिमी सिमाना यही थियो।
15
दक्षिण भागको सिमाना पश्चिम किर्यत-यारीमको दुर्गम भागमा सुरु भएर त्यो सिमाना नेप्तोहको पानीको मूलमा निस्केको थियो।
16
त्यो सिमाना रपाईको बेँसीको उत्तरमा भएको बेन-हिन्नोमको बेँसीतिर फर्केको पहाडको फेदतिर झरेको थियो। त्यो दक्षिणपट्टि यबूसी सहरको ओरालो हुँदै हिन्नोम बेँसीमा भएर एन-रोगेलसम्म पुगेको थियो।
17
त्यसपछि त्यो उत्तरतिर मोडिएर एन-शेमेशमा हुँदै अदुम्मीमको घाटीतिर फर्केको गलिलोत भएर रूबेनका छोरा बोहनको ढुङ्गामा पुगेको थियो।
18
त्यो उत्तरपट्टि बेथ-अराबाको भिरालोतिर बढेर अराबामा झरेको थियो।
19
तब त्यो बेथ-होग्लाको उत्तरी भिरालोतिर हुँदै उत्तरीय मृत सागरको खाडीमा टुङ्गिएको थियो, जुन दक्षिणतिरको यर्दन नदीको अन्त्यमा पर्दथ्यो। योचाहिँ दक्षिणको सिमाना थियो।
20
यर्दन नदी पूर्वपट्टिको सिमाना थियो। यी बेन्यामीनका कुलहरूको उत्तराधिकारको चारैतिर लगाइएका सिमानाहरूका चिन्ह थिए।
21
यी बेन्यामीनको कुलको वंशअनुसारका सहरहरू थिए: यरीहो, बेथ-होग्ला, एमेक-कसीस,
22
बेथ-अराबा, समारैम, बेथेल,
23
अव्वीम, पारा, ओप्रा,
24
कपर-अमोनी, ओप्नी र गेबा गरी बाह्र सहरहरू र तिनीहरूका गाउँहरू थिए।
25
गिबोन, रामा, बेरोत,
26
मिस्पा, कपीरा, मोसा,
27
रेकेम, यिर्पल, तरला,
28
सेलाह, एलेप, यबूसी सहर (अर्थात्, यरूशलेम) गेबा र किर्यत गरी चौध वटा सहरहरू र तिनीहरूका गाउँहरू। बेन्यामीनको वंशहरूका निम्ति तिनीहरूको उत्तराधिकारको भाग यही नै थियो।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24