bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Joshua 22
Joshua 22
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 23 →
1
तब रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई यहोशूले बोलाए।
2
अनि तिनीहरूलाई भने, “तिमीहरूले याहवेहका सेवक मोशाले आज्ञा गरेका सबै थोक गरेका छौ, र मैले तिमीहरूलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौ।
3
यतिका दिनदेखि लिएर आजसम्मै तिमीहरूका दाजुभाइहरूलाई नत्यागी तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरले दिनुभएका सबै आज्ञाहरू पूरा गरेका छौ।
4
अब याहवेह तिमीहरूका परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ। याहवेहका सेवक मोशाले तिमीहरूलाई यर्दनपारि दिएका आ-आफ्ना देशमा भएका तिमीहरूका घरमा फर्केर जाओ।
5
तर तिमीहरूले याहवेहका सेवक मोशाले दिएका आज्ञाहरू बडो होसियारीसाथ पालन गर्नू। याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू, उहाँमा आज्ञाकारी हुनू, उहाँको आज्ञापालन गर्नू; उहाँमा लागिरहनू। तिमीहरूका सारा हृदयले र सारा प्राणले उहाँको सेवा गर्नू।”
6
त्यसपछि यहोशूले तिनीहरूलाई आशिष् दिए, र पठाइदिए। अनि तिनीहरू आ-आफ्ना घरतिर गए।
7
(मनश्शेको आधा कुललाई मोशाले बाशानमा ठाउँ दिएका थिए। तिनीहरूको अर्को आधा कुललाई यहोशूले तिनीहरूका दाजुभाइहरूसँग यर्दनको पश्चिमतिरको ठाउँ दिए।) जब यहोशूले तिनीहरूलाई आ-आफ्ना घरमा पठाए, तब तिनीहरूलाई आशिष् दिए।
8
अनि तिनीहरूलाई भने, “तिमीहरू प्रशस्त सम्पत्ति, गाईबस्तुको ठूलो बथान, सुन, चाँदी, काँसो, फलाम र धेरै मात्रामा लुगाफाटाहरू लिएर आफ्ना घरमा फर्क। अनि तिमीहरूका शत्रुहरूबाट लुटेका मालसामानहरू आफ्ना दाजुभाइहरूसँग बाँडफाँड गर।”
9
यसकारण रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले इस्राएलीहरूलाई शीलोमा छोडे। अनि याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार तिनीहरूले प्राप्त गरेका आफ्नै देश गिलादतिर फर्कन कनानबाट हिँडे।
10
जब तिनीहरू कनानको देश यर्दनको नजिकमा भएको गेलीलोतमा आइपुगे, तब रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले यर्दनको छेउमा एउटा विशाल वेदी बनाए।
11
अनि जब तिनीहरूले कनानको सिमाना गेलीलोतमा, यर्दनको छेउ इस्राएलीहरूको किनारापट्टि वेदी बनाएको कुरा अरू इस्राएलीहरूले सुने,
12
तब इस्राएलका सारा समुदायले तिनीहरूको विरुद्धमा युद्ध गर्न शीलोमा भेला भए।
13
यसकारण इस्राएलीहरूले पुजारी एलाजारका छोरा पीनहासलाई रूबेनी, गादी, मनश्शेको आधा कुलकहाँ पठाए।
14
तिनीहरूले उनीहरूसँग इस्राएलको हरेक वंशबाट एक-एक जना मुखिया छानेर दश जना पठाए। तिनीहरू इस्राएलका हरेक कुलहरूका परिवारबाटका अगुवाहरू थिए।
15
तिनीहरू गिलादमा रूबेन, गाद र मनश्शेको आधा कुलका मानिसहरूकहाँ पुगेपछि तिनीहरूले उनीहरूलाई भने,
16
“याहवेहको सारा समुदायले यसो भन्दछ: तिमीहरूले कसरी इस्राएलका परमेश्वरसित यसरी विश्वासघात गर्न सक्यौ? तिमीहरूले कसरी याहवेहदेखि तर्केर उहाँको विरुद्धमा आफ्ना लागि वेदी बनायौ?
17
के पोरको पाप हाम्रा निम्ति पर्याप्त थिएन? याहवेहको समुदायमाथि विपत्ति आइलागे तापनि हामीले आजको दिनसम्म आफूलाई त्यस पापदेखि शुद्ध पार्न सकेका छैनौँ!
18
अनि के अब तिमीहरू याहवेहदेखि तर्किरहन्छौ? “ ‘यदि तिमीहरू याहवेहको विरुद्धमा आज बागी भयौ भने भोलि उहाँ इस्राएलका सम्पूर्ण समुदायसँग क्रोधित हुनुहुनेछ।
19
यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध भएको छ भने याहवेहको समागम पाल भएको देशमा आओ र हामीसँगै जमिनको उपभोग गर। तर याहवेहको वेदीबाहेक आफ्ना निम्ति अर्कै वेदी बनाएर याहवेह हाम्रा परमेश्वर अथवा हाम्रो विरुद्धमा बागी नहोओ।
20
जब जेरहका छोरा आकानले अर्पण गरिएका कुराहरूको विषयमा विश्वासघात गरेका थिए, तब के सारा इस्राएलको समुदायमाथि क्रोध परेको थिएन? त्यहाँ त्यो एकलै मात्र आफ्नो पापले मरेन।’ ”
21
तब रूबेन, गाद र मनश्शेको आधा कुलले इस्राएली वंशका मुखियाहरूलाई जवाफ दिए:
22
सर्वशक्तिमान्, परमेश्वर, याहवेह! सर्वशक्तिमान्, परमेश्वर, याहवेह! उहाँले जान्नुहुन्छ! अनि इस्राएलले पनि जानोस्! यो याहवेहको विरुद्ध विद्रोह अर्थात् अनाज्ञाकारिता हो भने आज हामीलाई बाँकी नराख्नुहोस्!
23
याहवेहबाट तर्केर जान र यसमाथि होमबलि, अन्नबलि अर्थात् मेलबलि चढाउन भनी हामीले आफ्नै वेदी बनाएका हौँ भने याहवेह आफैँले हामीबाट लेखा लिऊन्!
24
“त्यसो होइन! हामीले आउँदा कुनै दिनमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई, याहवेह इस्राएलका परमेश्वरसँग तिमीहरूको के सरोकार? भन्लान् कि भन्ने डरले पो यसो गरेका हौँ।
25
याहवेहले यर्दनलाई तिमीहरू र हाम्रा बीचमा सिमाना बनाइदिनुभएको छ। हे रूबेनीहरू र हे गादीहरू हो! याहवेहमा तिमीहरूको कुनै भाग छैन भनेर तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई याहवेहको भय मान्नबाट रोक्न सक्नेछन्।
26
“त्यसकारण हामीले भन्यौँ, ‘हामी तयार भएर एउटा वेदी बनाऔँ, तर होमबलि अर्थात् बलिदानहरूका निम्ति होइन।
27
तर यसको ठिक विपरीत तिमीहरू, हामीहरू र हाम्रा भावी पुस्ताहरूको बीचमा यो एउटा साक्षीको रूपमा रहोस्, ताकि हाम्रा होमबलिहरू, बलिदानहरू र मेलबलिहरूद्वारा उहाँको वासस्थानमा याहवेहलाई हामी सेवा गर्नेछौँ। अनि भविष्यमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई याहवेहमा तिमीहरूको कुनै भाग छैन भनी भन्न नपाऊन्।’
28
“अनि हामीले भन्यौँ, ‘यदि कुनै दिन तिनीहरूले हामीलाई अर्थात् हाम्रा सन्तानलाई यसो भन्यो भने हामी यसो भन्नेछौँ: हाम्रा पितापुर्खाहरूले होमबलि र बलिदानहरू चढाउन होइन, तर हामी र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाएको याहवेहको वेदीको ढाँचालाई हेर।’
29
“उहाँको समागम पालको सामु खडा रहेको याहवेह हाम्रा परमेश्वरको वेदीलाई छोडेर आज अर्कै वेदी बनाएर त्यसमाथि होमबलि, अन्नबलि र बलिदानहरू चढाएर याहवेहको विरुद्धमा बागी भएर उहाँदेखि तर्किएर जाने काम हामीबाट टाढा रहोस्!”
30
जब पुजारी पीनहास र तिनीसँग भएका समुदायका अगुवाहरू र इस्राएलका वंशहरूका मुखियाहरूले रूबेनका, गादका र मनश्शेहरूले भन्न चाहेका कुरा सुने, तब तिनीहरू प्रसन्न भए।
31
अनि पुजारी एलाजारका छोरा पीनहासले रूबेनीहरू, गादीहरू र मनश्शेहरूलाई भने, “आज हामी जान्दछौँ कि याहवेह हामीसँग हुनुहुन्छ। किनकि यस विषयमा तिमीहरूले याहवेहप्रति विश्वासघात गरेका छैनौ। अब तिमीहरूले इस्राएललाई याहवेहको हातबाट छुटाएका छौ।”
32
तब पुजारी एलाजारका छोरा पीनहास र अगुवाहरू गिलादमा रूबेनी र गादीहरूसँग भेटघाट गरेर कनानमा फर्के। अनि इस्राएलीहरूलाई त्यसको विवरण दिए।
33
त्यो विवरण सुनेर इस्राएलीहरू प्रसन्न भए, र परमेश्वरको प्रशंसा गरे। अनि रूबेनीहरू र गादीहरू बसेको देशमा तिनीहरूको विरुद्धमा युद्ध गरेर नष्ट पार्ने कुरा तिनीहरूले फेरि गरेनन्।
34
अनि रूबेनीहरू र गादीहरूले त्यस वेदीलाई यो नाम दिए: हाम्रा बीचमा एउटा मात्र साक्षी हुनुहुन्छ, जो केवल याहवेह परमेश्वर हुनुहुन्छ।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24