bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Joshua 8
Joshua 8
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
1
तब याहवेहले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। आफ्नो साथमा सम्पूर्ण सेनाहरू लिएर जा अनि ऐ सहरमाथि आक्रमण गर। किनकि मैले ऐको राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको देशलाई तेरो हातमा सुम्पिदिएको छु।
2
तैँले ऐ र त्यसको राजासँग त्यस्तै गर्नू, जुन तैँले यरीहो र त्यसको राजासँग गरेको थिइस्। तर तैँले त्यहाँको लुटको माल र गाईबस्तु भने आफ्ना लागि ल्याउन सक्छस्। तैँले सहरको पछिल्तिर ढुकेर बस्नू।”
3
यसकारण यहोशू र सम्पूर्ण फौज ऐमाथि आक्रमण गर्न निस्के। तिनले आफ्ना उत्तम लडाकुहरूबाट तीस हजारलाई छानेर तिनीहरूलाई राति नै पठाए।
4
अनि तिनले यसरी आज्ञा गरे: “ध्यान दिएर सुन। तिमीहरू सहरको पछिल्तिर ढुकेर बस्नू। त्यहाँबाट धेरै टाढा नजानू। तिमीहरू सबै जना चनाखो भएर रहनू।
5
म र मसँग भएका सबै मानिसहरू सहरतिर बढ्नेछौँ। अनि पहिलेझैँ, जब तिनीहरू हाम्रो विरुद्धमा निस्केर आउँछन्। हामी तिनीहरूदेखि भाग्नेछौँ।
6
तिनीहरूले हामीलाई खेद्नेछन्। अनि तिनीहरूलाई सहरदेखि टाढा नपुर्याएसम्म हामी भागिरहने छौँ। तब तिनीहरूले सोच्नेछन्, ‘पहिलेझैँ तिनीहरू हामीदेखि भागिरहेका छन्।’ यसरी जब हामी तिनीहरूदेखि भाग्नेछौँ,
7
तिमीहरूले ढुकेर बसेको ठाउँबाट निस्केर सहरलाई कब्जा गर्नू। याहवेह तिमीहरूका परमेश्वरले त्यो तिमीहरूको हातमा दिनुहुनेछ।
8
जब तिमीहरूले त्यो सहरलाई कब्जा गर्नेछौ, तब याहवेहले भन्नुभएझैँ त्यस सहरमा आगो लगाइदिनू! यो याद राख कि, यो तिमीहरूलाई मेरो आज्ञा हो।”
9
तब यहोशूले तिनीहरूलाई पठाए। अनि तिनीहरू लुक्ने ठाउँमा गए। तब ऐ सहरको पश्चिमतिरको ऐ र बेथेल सहरको बीचमा ढुकिबसे। तर यहोशूले चाहिँ त्यो रात मानिसहरूसँग बिताए।
10
भोलिपल्ट बिहानै यहोशूले आफ्ना सेनाहरूलाई भेला गरे। अनि तिनी र इस्राएलका अगुवाहरू तिनीहरूका अगि-अगि ऐतिर बढे।
11
तिनीसँग भएको सम्पूर्ण दल अगि बढे। अनि तिनीहरू सहरको नजिक पुगे, र त्यस सहरको अगिल्तिर आइपुगे। तिनीहरूले तिनीहरू र सहरको बीचको बेँसीमा ऐ सहरको उत्तरतिर छाउनी हाले।
12
यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्चिमतिर बेथेल र ऐको बीचमा ढुकेर बसे।
13
यसरी सेनाहरू लडाइँका निम्ति तयार भए। फौजको ठूलो दललाई सहरको उत्तरपट्टिको छाउनीमा राखे। अनि ढुकेर बस्नेहरूका दलचाहिँ सहरको पश्चिमपट्टिको छाउनीमा रहे। त्यो रात यहोशूचाहिँ बेँसीमा गए।
14
जब ऐका राजाले यो देखे, तिनी र सहरका सबै मानिसहरू एकाबिहानै हतारिँदै इस्राएलीहरूसँग युद्ध गर्नलाई अराबाको एक निश्चित ठाउँमा निस्के। तर तिनीहरूको विरुद्धमा सहरको पछिल्तिरको भागमा तिनीहरूलाई ढुकेर बस्नेहरूको बारेमा थाहै भएन।
15
यहोशू र सबै इस्राएलीहरू तिनीहरूको अगि-अगि खेदिएझैँ उजाडस्थानतिर भागे।
16
ऐका सारा मानिसहरू तिनीहरूलाई खेद्नलाई बोलाइएका थिए। अनि तिनीहरूले यहोशूलाई खेदे, र तिनीहरू सहरदेखि टाढा पुर्याइए।
17
ऐका अथवा बेथेलमा इस्राएलको पछि नलाग्ने पुरुष एउटै पनि थिएन। तिनीहरू सबैले सहर खुल्ला छोडेर इस्राएलीहरूलाई खेदे।
18
तब याहवेहले यहोशूलाई भन्नुभयो, “तेरो हातमा भएको भाला ऐतिर पसार्; किनकि म त्यस सहरलाई तेरो अधीनमा सुम्पिदिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐतिर पसारे।
19
तिनले यसो गर्नसाथ ती ढुकेर बसेका मानिसहरू आफ्नो ठाउँबाट तुरुन्तै निस्केर अगि बढे। तिनीहरू सहरभित्र पसे। तब त्यसलाई कब्जा गरे; अनि तुरुन्तै सहरमा आगो लगाइदिए।
20
जब ऐ सहरका मानिसहरूले पछि फर्केर हेरे, तब सहरबाट धुवाँको मुस्लो आकाशतिर गइरहेको देखे। तर तिनीहरूलाई कुनै दिशातिर भाग्ने मौका थिएन। किनकि उजाडस्थानतिर भाग्दै गरेका इस्राएलीहरू तिनीहरूलाई खेद्नेहरूको विरुद्धमा फर्किसकेका थिए।
21
जब यहोशू र सबै इस्राएलीहरूले ढुकेर बस्ने मानिसहरूले सहर कब्जा गरेको अनि सहरबाट धुवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरू फनक्क फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे।
22
तिनीहरूलाई ढुकेर बस्ने मानिसहरू पनि तिनीहरूको विरुद्धमा सहरबाट निस्किआए; र तिनीहरू दुवैतिर इस्राएली सेनाहरू भएको बीचमा थुनिए। इस्राएलीहरूले बाँचेका र भाग्नेहरू कसैलाई पनि जीवित रहन नदिई सबैलाई काटेर मारे।
23
तर तिनीहरूले ऐका राजालाई जिउँदै पक्रे, र तिनलाई यहोशूकहाँ ल्याए।
24
उजाडस्थानमा इस्राएलीहरूलाई खेद्दै आएका ऐका सबै मानिसहरूलाई त्यहीँ नै तरवारले मारे। अनि सबै इस्राएलीहरू ऐमा फर्केर आए। तब त्यहाँ भएकाहरूलाई पनि मारे।
25
त्यस दिन ऐका सबै मानिसहरू, बाह्र हजार पुरुष र स्त्रीहरू मारिए।
26
किनकि ऐमा बस्ने सबै मनिसहरूलाई विनाश नगरेसम्म यहोशूले भाला पक्रेको हात बिसाएनन्।
27
तर याहवेहले यहोशूलाई निर्देशन दिनुभएझैँ इस्राएलीले त्यस सहरका गाईबस्तु र लुटको माल आफ्ना निम्ति बोकेर लगे।
28
यसरी यहोशूले ऐलाई जलाएर भग्नावशेषको रास बनाइदिए, जुन आजको दिनसम्म निर्जन छँदैछ।
29
यहोशूले ऐको राजालाई एउटा रूखमा झुण्ड्याइदिए; र तिनलाई साँझसम्मै त्यहाँ छोडिदिए। सूर्यास्तमा तिनले राजाको शरीरलाई रूखबाट उतारेर सहरको ढोकाको सँघारमा फ्याँकिदिन आदेश दिए। अनि तिनीहरूले त्यसमाथि ढुङ्गाहरूको थुप्रो लगाइदिए, जुन थुप्रो आजको दिनसम्म छँदैछ।
30
तब यहोशूले एबाल डाँडामा याहवेह इस्राएलका परमेश्वरका निम्ति एउटा वेदी बनाए,
31
जुनचाहिँ याहवेहका सेवक मोशाले इस्राएलीहरूलाई आज्ञा दिएअनुसार र तिनले मोशाको व्यवस्थामा लेखिएअनुसार, फलामको कुनै औजार प्रयोग नगरिएका र नकाटिएका ढुङ्गाहरूको वेदी थियो। त्यसमाथि तिनीहरूले याहवेहका निम्ति होमबलि र मेलबलिहरू चढाए।
32
त्यहाँ इस्राएलीहरूको उपस्थितिमा यहोशूले त्यस ढुङ्गाहरूमा मोशाले लेखेका व्यवस्थाको नक्कल उतारे।
33
सबै इस्राएलीहरू, तिनीहरूका प्रधानहरू, अधिकृतहरू, न्यायकर्ताहरू, याहवेहको करारको सन्दुक बोक्ने लेवी पुजारीहरूका दुवै तर्फ फर्केर उभिएका थिए। त्यहाँ विदेशीहरू र त्यहाँ जन्मिएका नागरिकहरू पनि थिए। इस्राएलका मानिसहरूलाई आशिष् दिनलाई याहवेहको सेवक मोशाले पहिले नै आदेश दिएझैँ, आधा मानिसहरू गीरीज्जीम डाँडाको सामु र आधाचाहिँ एबाल डाँडाको सामु खडा भए।
34
त्यसपछि यहोशूले व्यवस्थाका सबै वचन, आशिष् र श्राप व्यवस्थाको पुस्तकमा लेखिएअनुसार पढे।
35
इस्राएलका सम्पूर्ण समुदाय, साथै स्त्री र बालबालिकाहरू र तिनीहरूसँग बस्ने विदेशीहरूको सामु मोशाले आज्ञा गरेका वचनहरूमा यहोशूले नपढेको शब्द एउटै पनि थिएन।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24