bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
1 Kings 15
1 Kings 15
Nepali ERV (पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 16 →
1
अबियाम यहूदाका नयाँ राजा भए। नाबातका छोरा यारोबामले इस्राएलमा शासन गर्दा अठारहऔं वर्षमा यस्तो भयो।
2
अबियामले यरूशलेममा तीन वर्ष शासन गरे। उनकी आमाको नाउँ माका थियो। तिनी अब्शालोमकी छोरी थिइन्।
3
उनले त्यस्तैं सबै पापका कामहरू गरे जस्तो उनका पिताले गरेका थिए। अबियाम परमप्रभु आफ्नो परमेश्वर प्रति विश्वासी थिएनन्। यसकारण उनी आफ्नो हजूरबा दाऊद जस्तो विश्वासी थिएनन्।
4
दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो।
5
दाऊदले सँधै नै सही काम गरे जो परमप्रभुले चाहानु हुन्थ्यो। उनले सँधै नै परमप्रभुको आदेश पालन गरे। एक पटक दाऊदले परमप्रभुको आदेश पालन गरेनन् जुन समयमा दाऊदले हित्ती उरीयाहको विरोधमा पाप गरेका थिए।
6
रहबाम र यारोबामको बिचमा युद्ध अबियामको जीवन भरी नै चलिरह्यो।
7
अबियामले जे काम गरे सबै नै ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ। अबियाम राजा भएको समयमा अबियाम र यरोबामबीच युद्ध भइरह्यो।
8
जब अबियामको मृत्यु भयो उसलाई दाऊदको शहरमा गाडियो। अबियामको छोरा आसा नयाँ राजा भए।
9
इस्राएलमा यारोबाम राजा भएको बिसौं वर्षमा आसा यहूदाका राजा भए।
10
आसाले यरूशलेममा 41 वर्ष शासन गरे। उनकी हजूरआमाको नाउँ “माका” थियो। अनि “माका” अब्शालोमकी छोरी थिइन्।
11
आसाले आफ्ना पिता-पुर्खा दाऊदले गरे जस्तैं परमप्रभुले जे स्वीकृत गर्नु भएको थियो त्यो कामहरू मात्र गरे।
12
त्यस समयमा यस्ता मानिसहरू थिए जो आफ्नो शरीर यौनका लागि बेचेर अरू देवताहरूको सेवा गर्दथे। आसाले ती मानिसहरूलाई देश छोड्न वाध्य गराए। आसाले ती मूर्तिहरू पनि हटाए जो उनका पुर्खाहरूले बनाएका थिए।
13
आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए।
14
उसले अग्ला ठाउँको पूजास्थानहरू भत्काएनन् तर उनी आफ्नो जीवनभरी परमप्रभु प्रति सम्पूर्ण हृदयले विश्वासी रहे।
15
आसा र उनका पिताले परमेश्वरलाई केही चीजहरू दिए। तिनीहरूले सुन, चाँदी र अरू चीजहरूको उपहार दिए। आसाले ती सबै चीजहरू मन्दिरमा राखे।
16
राजा आसा यहूदाका राजा भएको समयमा उनी सधैं इस्राएलका राजा बाशाको विरोधमा लडिरहेको हुन्थे।
17
इस्राएलका राजा बाशा यहूदाको विरूद्धमा लडे। बाशाले उसका मानिसहरूलाई आसाको देश यहूदा जाने देखि रोक्न चाहन्थे। यसकारण उनले रामा शहरलाई साह्रै सुदृढ बनाए।
18
यसकारण आसाले परमप्रभुको मन्दिर अनि राजाको महलबाट सबै चाँदी र सुन निकाले। उनले सुन-चाँदी आफ्ना सेवकहरूलाई दिए अनि तिनीहरूलाई अरामका राजा बेनहदद कहाँपठाए। बेनहदद तब्रिमोनका छोरा थिए। तब्रिमोन हेज्योनका छोरा थिए। दमिश्क बेनहददको राजधानी शहर थियो।
19
आसाले यो संदेश पठाए, “मेरा पिता र तिम्रा पिता माझ शान्ति सम्झौता भएको थियो। अहिले म तिमीसित शान्ति सम्झौता गर्न चाहन्छु। म तिम्रो लागि सुन-चाँदीको उपहार पठाइरहेको छु। इस्राएलका राजा बाशासित कृपया शान्ति सम्झौता भंग गर्नुहोस जसले गर्दा ऊ मेरो देशबाट बाहिर जानेछ अनि हामी लाई अलग छोड्नेछ।”
20
राजा बेनहददले राजा आसासँग सम्झौता गरे। तिनले उसको सेनापतिहरू अनि सेनाहरू इस्राएली शहरहरू इयोन, दान, आबेल-बेतमाका; गलील पोखरीको वरिपरिका शहर अनि नप्तालीका इलाकामा लड्न पठाए।
21
बाशाले यी आक्रामणको बारेमा सुने। यसकारण उनले रामालाई सुदृढ बनाउन छोडिदिए। उनले त्यो शहर त्याग गरे अनि तिर्सातिर फर्किए।
22
तब राजा आसाले यहूदाका जम्मै मानिसहरूलाई आदेश दिए। कसैलाई पनि माफी भएन। तिनीहरू रामा गए अनि सबै ढुङ्गा र काठहरू बोके जसद्वारा बाशा त्यो शहरलाई सुदृढ बनाउँदै थिए। तिनीहरूले ती सामानहरू बिन्यामीनको भूमिमा गेबा अनि मिस्पा पुर्याए। तब राजा आसाले ती दुइ शहरहरूलाई अझै दरिलो बनाए।
23
राजा आसाले गरेका त्यो प्रत्येक कुरा उसको सैनिक शक्तिको विषयमा अनि उसले स्थापित गरेका त्यो शहरहरू यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ। जब आसा बूढा भए, उनी कुँजा भएका थियो।
24
तिनी मरे अनि उनलाई उनका पुर्खा दाऊदको शहरमा गाडियो। तब आसाका छोरा यहोशापात उनीपछि नयाँ राजा भए।
25
आसाको शासनकालको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। नादाबले इस्राएलमा दुइ वर्ष शासन गरे।
26
नादाबले परमप्रभुले जे नराम्रो सम्झे त्यही गरे। उनले पापका कामहरू त्यसरी गरे जसरी उनका पिता यारोबामले गरेका थिए। यारोबामले पनि इस्राएल मानिसहरूलाई पाप गर्न लगाए।
27
बाशा अहियाहका छोरा थिए। तिनीहरू इस्साकार कुस समूहका थिए। बाशाले राजा नादाबलाई मार्ने योजना बनाए। नादाबको शासनकालमा सम्पूर्ण इस्राएल गिब्बतोन शहर को विरूद्ध लडिरहेको थियो। यो एउटा पलिश्तीहरूको शहर थियो। त्यस ठाउँमा बाशाले नादाबलाई मारे।
28
आसा यहूदाका राजा भएको समय तेस्रो वर्षमा यो घटना भयो। अनि आशा इस्राएलका अर्का राजा भए।
29
बाशा जब नयाँ राजा भए, उनले यारोबामको परिवारको प्रत्येक सदस्यलाई मारे। बाशाले यारोबामको परिवारको कसैलाई पनि जिउँदो छोेडेनन्। परमप्रभुले जसरी हुनुपर्छ भन्नुभएको थियो यो घट्ना त्यसरी नै भयो। परमप्रभुले शीलोबाट आफ्नो सेवक अहियाह मार्फत भन्नुभएको थियो।
30
यस्तो भयो किन यारोबामले धेरै पापका कामहरू गरेका थिए। अनि यारोबामले इस्राएलका मानिसहरूलाई धेरै पाप गर्न लगाए। यारोबामले परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाए।
31
अरू कार्यहरू जे जति नादाबले गरे इस्राएलका ‘राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
32
बाशाले इस्राएलमा शासन गरेको समयमा उनी यहूदाका राजा आशाको विरोधमा युद्ध गरिरहेकाथिए।
33
आसाले यहूदामा शासन गरेको तेस्रो वर्षमा अहियाहका छोरा बाशा इस्राएलका राजा भए। बाशाले तिर्सामा 24 वर्ष शासन गरे।
34
तर बाशाले त्यही सब कामहरू गरे जसलाई परमप्रभुले भूल कामहरू थिए भनि भनेको थियो। उनले पनि ती पापहरू गरे जो यारोबामले गरेको थियो। यारोबामले पनि इस्राएलीहरूलाई पाप गर्न लगाए।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22