bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
1 Kings 4
1 Kings 4
Nepali ERV (पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
1
राजा सुलेमानले इस्राएलका जनता माथि शासन गर्न थाले।
2
शासन गर्नमा उनलाई सहयोग गर्ने प्रमुख अधिकारीहरूको नाम यी हुन्। सादोकका छोरा अजर्याह। अजर्याह पूजाहारी थिए।
3
शीशाका छोराहरू एलीहोरेप र अहियाह। एलीहोरेप र अहियाह लेखकहरू थिए। अहीलूदका छोरा यहोशापात। यहोशापात जनगणको इतिहासको विवरण लेख्ने गर्दथे।
4
यहोयादाका छोरा बनायाह। बनायाह सेनापति थिए। सादोक र एबीयातार। यिनीहरू पूजाहारीहरू थिए।
5
नातानका छोरा अजर्याह। अजर्याह जिल्ला राजापालको हाक्किम थिए। नातानका छोरा याबूद। याबूद राजा सुलेमानका सल्लाहकार अनि पूजाहारी थिए।
6
अहीशार। अहीशार महलको प्रत्येक वस्तुका लागि जिम्मेवार थिए। अब्दाका छोरा अदोनीरामः अदोनीराम दासहरूको अध्यक्ष थिए।
7
इस्राएललाई बाह्रवटा क्षेत्रहरूमा विभाजन गरिएको थियो जसलाई जनपद भनिन्थ्यो। सुलेमानले प्रत्येक जनपदको राजपाल छान्ने गर्दथे। राजपाललाई आफ्नो जनपदबाट खाद्य संकलन गर्ने अनि राजा तथा उनको परिवारलाई खाद्यान दिने आदेश दिइएको थियो। प्रत्येक वर्षको एक महीनामा राजालाई खाद्यान सामग्री जम्मा गर्ने दायित्व बाह्र जना राजपालहरू माथि थियो।
8
बाह्रजना राजपालहरूका नाउँ यी हुन्; बेनहर एप्रैमको पार्वत्य प्रदेशको राजपाल थिए।
9
माकश, शाल्बीम, बेतशेमेश अनि एलोनरबेत-तनानका राजपाल बेन्दकेर थिए।
10
अरूबोत, सोको अनि हेपेरका राजपाल बेन-हेसेद थिए।
11
बेन अबीनादाब नपोत दोरका राजपाल थिए। उनले सुलेमानकी छोरी तापत-सँग विवाह गरेका थिए।
12
अहीलूदका छोरा बाना तानाक अनि मगिद्दो तथा सारतानको छेउमा भएको सबै बेतशानको राजपाल थिए। यो यिज्रेलको तल बेत-शानदेखि लिएर योकमाम पारि आबेल-महोलासम्म थियो।
13
बेन-गेबेर रामोत गिलादका राज्यपाल थिए। उनी गिलादमा मनश्शेका छोरा याईरको सबै शहरहरू अनि गाउँका पनि राज्यपाल थिए। उनी बाशानमा अर्गोब अञ्चलका पनि शासक थिए। यस इलाकामा वरिपरि ठूला-ठूला पर्खालले घेरेका साठीवटा शहरहरू थिए। अनि शहरहरूको मूल ढोकामा काँसाका बारहरू थिए।
14
इद्दोका छोरा अहीनादाब महनेमका राजपाल थिए।
15
अहीमास नप्तालीका राजपाल थिए। उनको विवाह सुलेमानकी छोरी बासमत सँग भएको थियो।
16
हूशैका छोरा बाना आशेर र आलोतका राजपाल थिए।
17
पारूहका छोरा यहोशापात इस्साकारका राजपाल थिए।
18
एलाका छोरा शिमी बिन्यामीनका राजपाल थिए।
19
ऊरीका छोरा गेबेर गिलादका राजपाल थिए। गिलाद त्यो प्रदेश थियो जहाँ एमोरीहरूका राजा सीहोन अनि बाशानका राजा ओग शासन गर्दथिए। तर गेबेर मात्र यस जनपदका राजपाल थिए।
20
यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थिये। मानिसहरू सुखी जीवन व्यतीत गर्दैथिएः तिनीहरू खानपीन गर्दथिए अनि खुशी थिए।
21
सुलेमान यूफ्रेटिस नदी देखि लिएर पलिश्ती मानिसहरूको धर्ती-सम्म शासन गर्दथे। उनको राज्य मिश्र देशको सीमानासम्म फिंजिएको थियो। यी देशहरूले सुलेमानकहाँ उपहार पठाए अनि जीवनभरि नै आज्ञा पालन गरिरहे।
24
सुलेमान यूफ्रेटिस नदीको पश्चिम तिरका सबै देशहरूमा शासन गर्दथे। यो क्षेत्र तिप्सादेखि गाजाँसम्म थियो। सुलेमानले राज्यको चारैतिर शान्ति कायम गरेका थिए।
25
सुलेमानको जीवनकालमा यहूदा अनि इस्राएलमा, दानदेखि बेर्शेबासम्मका सबै मानिसहरू शान्ति अनि सुरक्षामा थिए। मानिसहरू आफ्नै अंजीरका रूख अनि दाखको लहरा मुनी शान्तिका साथ बस्ने गर्दथे।
26
सुलेमानसित उनका रथहरूका 4,000 घोडाहरू राख्ने र घोड सैनिकहरू बस्ने ठाउँ थियो अनि उनीसित 12,000 घोडाको हेरविचार गर्ने मानिसहरू (सएसहरू) थिए।
27
प्रत्येक महीना बाह्र जनपद मध्ये एक जना राजपालले सुलेमानलाई ती जिनिसहरू दिने गर्दथे जो उनलाई चाहिन्थ्यो। राजाको मेजमा भोजन गर्ने प्रत्येक मानिसका लागि यो पर्याप्त थियो।
28
शासकहरूले यी पशुहरूका निम्ति प्रचुर मात्रमा खाना अनि जौं जुटाउने गर्थे। तिनीहरूले ती अन्नहरू निश्चित ठाउँमा ल्याए।
29
परमेश्वरले सुलेमानलाई ज्यादै बुद्धिमान बनाउनुभयो। सुलेमान धेरै किसिमका कुरा बुझ्न सक्थे। उनको बुद्धि यति महान, थियो, कल्पना गर्न सकिन्न।
30
सुलेमान पूर्वी देशहरूका सबै मानिसहरू अनि सबै मिश्रीहरू भन्दा ज्ञानी थिए।
31
उनी विश्वमा सबै मानिसहरूभन्दा बढी बुद्धिमानी थिए। उनी एज्रही एतानभन्दा पनि बढी बुद्धिमान थिए। उनी हेमान, कलकोल अनि दर्दा भन्दा बढी बुद्धिमान थिए। यिनीहरू माहोलका छोरा थिए। राजा सुलेमान इस्राएल र यहूदाको वरिपरिका सबै देशहरूमा प्रख्यात भए।
32
आफ्नो जीवन-कालमा सुलेमानले 3,000 ज्ञानवर्द्धक शिक्षाहरू अनि 1,005 गीतहरू रचे।
33
सुलेमान प्रकृतिको विषयमा धेरै जान्दथे। उनले लबानोनका विशाल देवदारू रूखहरूको विषयमा शिक्षा दिंद थिए, बाबरी बिरूवाको विषयमा जो भित्ताहरू माथि उम्रिन्थ्ये। उनले जनावरहरू, चराचुरूङ्गी, घस्रने जन्तुहरू अनि माछाको विषयमा पनि वार्तालाप गर्दथे।
34
सबै राष्ट्रहरूका मानिसहरू राजा सुलेमानको ज्ञानका कुरा सुन्न आउने गर्दथे। सबै राष्ट्रका राजाहरू आफ्ना बुद्धिमान मानिसहरूलाई राजा सुलेमानको कुरा सुन्न पठाउँने गर्दथे।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22