bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
1 Kings 6
1 Kings 6
Nepali ERV (पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 7 →
1
तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 वर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो वर्ष थियो। यो वर्षको दोस्रो महीना, जिबको महिना थियो।
2
मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो।
3
मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौंडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौडाईको बराबर थियो।
4
त्यहाँ मन्दिरमा साँघुरा झ्यालहरू थिए। यी झ्यालहरू बाहिरबाट साँधुरो अनि भित्रबाट फराकिलो थियो।
5
तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो।
6
कोठाहरू मन्दिरको भित्तासँग मिलेका थिए, तर तिनका निदालहरू भित्ता माथि बनाइएका थिएनन्। माथि मन्दिरको भित्ता पातलो थियो। यसकारण ती कोठाहरूको एकतिर बनाइएको भित्ता तलको भन्दा पातलो थियो। सबै भन्दा माथिल्लो तलाका कोठाहरू पाँच हात चौडा थिए। माझका कोठाहरू छः हात चौडा थिए। त्यस माथिका कोठाहरू सात हात चौंडा थिए।
7
कर्मीहरूले भित्ता बनाउनमा विशाल ढुङ्गाहरू प्रयोग गरे। कर्मीहरूले ढुङ्गा त्यस ठाउँमा काटे जहाँ जमीनबाट तिनीहरूलाई बाहिर निकालिइएको थियो। यस कारण मन्दिरमा मार्तल, बञ्चरो अथवा अरू कुनै फलामको हात हतियारको हल्ला थिएन।
8
मन्दिरको तल्लो तलाको प्रवेश-द्वार दक्षिण तिर थियो। भित्रतिर दोस्रो तलाका कोठाहरूमा जाने भर्याङहरू थिए अनि त्यहाँबाट तेस्रो तलामा जाने।
9
यसकारण सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। मन्दिरको प्रत्येक भाग धूपीको फल्याकले ढाकेको थियो।
10
सुलेमानले भवनको चारैतिर कोठाहरू पनि बनाएर सिध्याए। प्रत्येक तला पाँच हात अग्लो थियो। कोठाहरूको आड दिने देवदारूका दलानहरू घरको कोठाहरू सित मिलेएको थियो।
11
परमप्रभुले सुलेमानलाई भन्नुभयो,
12
“यदि तैंले मेरो सबै विधि र विधान पालन गरिस् भने म ती सबै काम गर्नेछु जसका लागि मैले तेरा पिता दाऊदसँग प्रतिज्ञा गरेको थिएँ।
13
अनि तैंले बनाएको यस मन्दिरमा इस्राएलका नानीहरूको बीचमा बस्नेछु। म इस्राएलका मानिसहरूलाई कहिले पनि छोडने छैन।”
14
यस प्रकार सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए।
15
मन्दिर भित्रका ढुङ्गाका भित्ताहरूलाई धूपीका फल्याकहरूले ढाकिएको थियो। धूपीका फल्याकहरू भूइँदेखि छानासम्म ठोकिएका थिए। ढुङ्गाको भूइँमाथि सल्लाका फल्याकहरू ओछ्याइएका थिए।
16
तिनीहरूले मन्दिरको पछिल्तिर 20 हात लामो अनि गहिरो एउटा कोठा बनाएका थिए। तिनीहरूले यस कोठाका भित्ताहरूमा ठोकेका थिए। यस कोठालाई महा पवित्र स्थान भनिन्थ्यो।
17
महा पवित्र स्थानको अघि मन्दिरको मुख्य भाग थियो। यो कोठा 40 हात हामो थियो।
18
तिनीहरूले यस कोठाका भित्ताहरू धूपीका फल्याकहरूद्वारा ढाकेको थियो भित्ता दिवालका कुनै ढुङ्गाहरू देखिंदैन थिए। तिनीहरूले देवदारूको तकताहरूमा लौकाहरू अनि फूलहरू को चित्रहरू कुँदेका थिए।
19
सुलेमानले मन्दिरको पछाडी तल गहिरो कोठा बनाए। यो कोठा परमप्रभुको करारको सन्दूकको लागि थियो।
20
यो कोठा 20 हात लामो, 20 हात चौडा अनि 20 हात अग्लो थियो।
21
सुलेमानले यस कोठालाई शुद्ध सुनले ढाके उनले महा पवित्र स्थानको प्रवेश सामुन्ने, सुनको साङ्गलीहरू लगाए।
22
मन्दिरको सबै भाग सुनले ढाकेको थियो। महा पवित्र स्थान अघिको वेदी पनि सुन जडिएको थियो।
23
कर्मीहरूले करूब र्स्वगदूतका मूर्तिहरूका पंखेटा समेत बनाएका थिए। भद्राक्ष काठको मूर्तिहरू बनाएका थिए। यी करूब दूतहरूका मूर्तिहरू महा पवित्र स्थानमा स्थापना गरिएका थिए। प्रत्येक र्स्वगदूतको मूर्ति 10 हात अग्ला थिए।
27
यी करूब स्वर्गदूतहरूलाई महा पवित्र स्थानमा स्थापना गरिएको थियो। तिनीहरूको पखेटाले एका-अर्काको छेऊमा उभिएका थिए। तिनीहरूको पखेटाले एका अर्कालाई कोठाको माझमा स्पर्श गरेको थियो। अरू दुइ पखेटाहरूले प्रत्येक भित्तालाई स्पर्श गरेको थियो।
28
दुइ करूब स्वर्गदूतहरूलाई सुनले जडिएको थियो।
29
मुख्य र भित्री कोठाको वरिपरि भित्ताहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्र अंकित गरिएको थियो।
30
दुवै कोठाको भुइंमा सुन जडिएको थियो।
31
कर्मीहरूले भद्राक्ष काठको दुइवटा दैलो बनाएका थिए। तिनीहरूले ती कोठाहरू महा पवित्र स्थानको प्रवेश-द्वारमा लगाएका थिए। दैलोको चारैतिरको चौखट पाँचवटा बाहुले बनाइएको थियो।
32
तिनीहरूले दुइवटा दैलो भद्राक्ष काठको बनाएका थिए। कर्मीहरूले दैलोमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरू चित्र अङ्कित गरेका थिए। तब तिनीहरूले दैलोलाई सुनले मोरे।
33
तिनीहरूले प्रवेश-द्वारदेखि मुख्य कोठासम्म पनि दैलो बनाएका थिए। तिनीहरूले एउटा चारकुने दैलोको चौखट बनाउनमा भद्राक्षको काठ प्रयोगगरे।
34
तब तिनीहरूले ती दैलोहरू बनाउनमा सल्लाको काठ प्रयोगगरे। त्यहाँ दुइवटा दैलाहरू थिए। प्रत्येक दैलोको दुइवटा मोडहरू थिए।
35
तिनीहरूले दैलाहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्रले सजाएका थिए। तब तिनीहरूले तिनलाई सुनले ढाकेका थिए।
36
तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूपीको काठद्वार बनाइएको थियो।
37
तिनीहरूले मन्दिरको निर्माण कार्य वर्षको दोस्रो महीना जिब महिनामा शुरू गरेका थिए। इस्राएलका राजाको रूपमा सुलेमानको चौथो वर्ष बितेको थियो।
38
मन्दिर वर्षको आठौं महीना बूलमा पूरा भयो। यो समय सुलेमानले जनगण माथि शासन गरेको एघारौं वर्ष थियो। मन्दिरको निर्माण कार्य पूरा हुनमा सात वर्ष लाग्यो। मन्दिरको निर्माण योजना अनुरूप नै भयो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22