bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
1 Kings 21
1 Kings 21
Nepali ERV (पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
1
राजा आहाबको महल सामरिया शहरमा थियो। महलको छेवैमा दाखबारी थियो। नाबोत नाउँ भएको मानिस यस बारीको मालिक थियो।
2
उ यिज्रेलबाट आएको थियो। एक दिन आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मलाई देऊ। म यसलाई सब्जीको बगैंचा बनाउन चाहन्छु। तिम्रो बारी मेरो महलको छेऊमा छ। म यसको बदलीमा राम्रो दाखबारी दिनेछु। अथवा, यदि तिमी चाहन्छौ भने यसको दाम रूपियाँ दिनेछु।”
3
नाबोतले उत्तर दिए, “परमप्रभुले यस्तो हुन रोकुन् म यसो गर्नेछु। म मेरो भूमि तपाईंलाई दिने छैन किनभने यो मेरो पिता-पुर्खाको सम्पत्ति हो।”
4
यसकारण आहाब घर फर्किए। उनी नाबोतसित रिसाएका थिए अनि उदास थिए। यिज्रेलको मानिसले भनेको कुरा उनलाई मन परेनन्। (नाबोतले भनेका थिए, “म मेरो परिवारको जग्गा दिने छैन्।”) आहाब आफ्नो ओछ्यानमा पल्टिएका थिए। उनले आफ्नो मुख अर्कोतिर पारे अनि केही नखाने भए।
5
आहाबकी पत्नी ईजेबेल उनी समक्ष गइन्। ईजेबेलले उनलाई भनिन्, “तिमी किन उदास छौ? तिमीले किन खान मानेनौ?”
6
आहाबले उत्तर दिए, “यिज्रेलबाट आएको मानिस नाबोतलाई मैले उसको बारी दिनु भनी बिन्ती गरें। उसलाई मैले भने, म उसलाई भनेको दाम दिनेछु। अथवा उसले चाहेको खण्डमा उसलाई म अर्को बारी दिनेछु। तर नाबोतले बारी मलाई दिन मानेन।”
7
ईजेबेलले भनिन, “तर तिमी इस्राएलका राजा हौ! ओछ्यानबाट उठ। केही खाऊ अनि तिमीलाई राम्रो लाग्ने छ। नाबोतको बारी म तिमीलाई उपलब्ध गराउने छु।”
8
तब ईजेबेलले केही पत्रहरू लेखिन्। उनले पत्रमा आहाबको नाउँमा सही गरिन्। उनले पत्रहरू बन्द गर्नका लागि आहाबको मोहर प्रयोगगरिन्। त्यसपछि उनले अगुवाहरू र विशेष मानिसहरूलाई पत्र पठाइन् जो नाबोत बसेकै शहरमा बस्ने गर्दथे।
9
पत्र यस्तो लेखिएको थियो। घोषणा गर एउटा यस्तो हुनेछ जब मानिसहरूले केही खाने छैनन्। तब शहरका सबै मानिसहरूलाई एउटा सभामा बोलाऊ। सभामा नबोतलाई मानिसहरूको अघि इज्जतको स्थान देऊ।
10
केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।
11
यसकारण बूढा-प्रधानहरू अनि मुख्य मानिसहरूले ईजेबेलले तिनको पत्रमा बताए जस्तैं गरे।
12
अगुवाहरूले घोषणा गरे, एक दिन यस्तो हुनेछ जब सबै मानिसहरूले केही खाने छैनन्। त्यस दिन तिनीहरूले सबै मानिसहरूलाई एउटा सभामा बोलाए। तिनीहरूले नाबोतलाई मानिसहरूको अघि विशेष स्थानमा राखे।
13
तब दुइ जना बेइमान मानिसहरूले जनगणलाई भने, तिनीहरूले नाबोतलाई परमेश्वर र राजाको विरोधमा बोलेको सुनेका थिए। यसकारण मानिसहरूले नाबेतलाई शहर बाहिर लगे। तब तिनीहरूले उसलाई ढुङ्गाले मारे।
14
तिनीहरूले ईजेबेललाई एउटा खबर पठाए। खबर थियोः “नाबोत ढुङ्गाले हानेर मारियो।”
15
जब ईजेबेलले यो सुनिन्, तिनले आहाबलाई भनिन्, “यिज्रेलीबाटका मानिस नाबोत जसले तपाईंलाई उसको भूमि बेच्न इन्कार गरेका थिए उ मर्यो। अब तपाईं जानु सक्नुहुन्छ अनि तपाईंले चाहेको दाखबारी अधिकार लिनु सक्नुहुन्छ।”
16
जब आहाबले भनेको नाबोत मर्यो। सुन्यो ऊ नाबोतको दाखबरीम गयो जुन दाखबारी यिज्रेलीबाट पाएको थियो अनि त्यसको मालिक बनियो।
17
त्यस समयमा परमप्रभुले एलियासंग बोल्नु भयो। (एलिया तिश्बीका अगमवक्ता थिए।)
18
“इस्राएलको राजा आहाब कहाँ जाऊ। उनी नाबोतको दाखबारीमा हुनेछन्। उसले त्यहाँ बारीको आफ्नो अधिकार लिइरहेको हुनेछ।
19
आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘
20
यसकारण एलिया आहाब भए कहाँ गए। आहाबले एलियालाई देखे र भने, “मेरा शत्रु! तिमीले फेरि मलाई भेट्यौ।” एलियाले उत्तर दिए, “हो, मैले फेरि तपाईंलाई भेटाएको छु। तपाईंले तपाईंको सम्पूर्ण जीवन परमप्रभुको विरूद्ध पापहरू गरेर विताउनु भयो।
21
यसकारण परमप्रभुले तिमीलाई भन्नुभएको छ, ‘म तिमीलाई नष्ट पार्ने छु। म तिम्रो परिवारको पुरूष सदस्य सबैलाई नष्ट गर्ने छु, चाहे तिनीहरू तपाईंका आफान्ताहरू हुन अथवा तपाईंका दासहरू।
22
म तिम्रो परिवारलाई नबातको छोरा यारोबामको परिवार जस्तैं अनि अहियाका छोरा बाशाको परिवार जस्तैं बनाउनेछु। म तिमीलाई यस्तो गर्नेछु किनभने तिमीले मलाई रीस उठाएकाछौ। तिमीले इस्राएलका मानिसहरूलाई पाप गर्न लगायौ।
23
अनि ईजेबेलको विषयमा परमप्रभुले यसो भन्नुभयो, ‘कुकुरहरूले यिज्रेलको किल्लाको घेरा-भित्तानेर ईजेबेललाई खानेछ।
24
अनि परमप्रभुले यस्तो पनि भन्नुभएको छ, “तिम्रा परिवारका सदस्यहरूमा कोही शहरमा मरे उसको लाश कुकुरहरूले खानेछन्। यदि कोही खेतमा मरे चरा-चुरूङ्गीले उसको लाश खानेछ।”‘
25
तिम्रो परिवारमा कुनै पनि मानिस मर्दा त्यसलाई कुकुरले खाने छ। कोही मानिस चऊरमा मर्दा त्यसलाई चराहरूले खानेछन्।
26
आहाबले बेकामे मूर्तिहरू पूजेर नराम्रो पाप गरे। यो आम्मारीहरूले गरेकै व्यवहार हो। यसर्थ परमप्रभुले तिनीहरूबाट भूमि लिए अनि यसलाई इस्राएलका मानिसहरूलाई दिए।
27
जब एलियाले उसको भाषण शेष गरे, आहाबले उसको खिन्नता प्रगट गर्नका निम्ति आफ्नो वस्त्रहरू च्याते। तब उनले विशेष शोकको लुगा लगाए। उसले उपबास गरे अनि ती विशेष लुगाहरूमा सुते। आहाब साँच्चै साह्रै खिन्न अनि उदास थिए।
28
परमप्रभुले अगमवक्ता जो तिस्बेबाट आएका थिए एलियालाई भन्नुभयो,
29
“के तिमी देख्छौ, आहाब मेरो सामु कति विनम्र भएको छ। किनभने उसले आफैंलाई मेरो अघि नम्र बनाएको हुनाले, उसको जीवन कालमा ऊ माथि कष्ट ल्याउँदिन। उसको छोरा राजा नहुञ्जेलसम्म म पर्खिने छु। तब आहाबको परिवारमा म कष्ट ल्याउनेछु।”
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22