bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Deuteronomy 10
Deuteronomy 10
Nepali ERV (पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 11 →
1
“त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैं तिमीले दुईवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ।
2
पहिलेको शिला-पाटीहरू जुन तिमीले फुटायौ, त्यसमा जे लेखिएको थियो म यी शिला-पाटीहरूमा पनि त्यही शब्दहरू लेख्नेछु। त्यसपछि ती पाटीहरू तिमीले सन्दूकमा राख।’
3
“यसकारण मैले बबूल काठको सन्दूक बनाएँ काटेर पहिलेका चेप्टा ढुङ्गा जस्तै बनाएँ। तब म पर्वतमाथि गएँ। मेरो हातमा दुइवटा चेप्टा ढुङ्गाहरू थिए।
4
पछि परमप्रभुले पर्वतमा तिमीहरू भेला भएको समयमा आगोद्वारा दश आज्ञाहरू भने झैं त्यही शब्दहरूले पाटीमा लेख्नु भयो। अनि परमप्रभुले मलाई ती पाटीहरू दिनु भयो।
5
म पर्वतबाट तल आएँ, मैले पछि ती शिला-पाटीहरू बनाएको काठको सन्दूकभित्र राखें परमप्रभुले मलाई त्यहाँ राख्ने आज्ञा दिनु भयो। अझसम्म ती पाटीहरू त्यो सन्दूकमा छँदैछन्।”
6
इस्राएलीहरू बाओथ-बने याकानीहरूको कूवाहरूदेखि हिंडेर मोसेरासम्म आए। त्यहाँ हारूनको मृत्यु भयो अनि तिनलाई त्यहीं गाडे। हारूनको छोरो एलाजारले बाबुको ठाउँमा पूजाहारीको काम गरे।
7
तब इस्राएली मानिसहरू मोसेराबाट गुदगुदासम्म हिंडेर गए अनि फेरि गुदगुदाबाट खोलाहरू भएको भूमि योतबातामा आए।
8
त्यस समयमा कुनै विशेष कामको निम्ति परमप्रभुले लेवी कुललाई अरू कुलबाट छुट्याउनु भयो। तिनीहरूले परमप्रभुका करारको सन्दूक बोक्ने काम गर्नु पर्थ्यो। आजसम्म चल्दै आए झैं तिनीहरूले परमप्रभुको पूजाहारी काम पनि गरे परमप्रभुको नाउँमा तिनीहरूले मानिसहरूलाई आशीर्वाद पनि दिनु पर्थ्यो।
9
यसकारण लेवीहरूको भागमा भूमि परेन। तिनीहरूको भागमा परमप्रभु पर्नु भयो जुन परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नु भएको थियो। भूमि अरू कुलका मानिसहरूको भागमा मात्र पर्यो।
10
“पहिला गरे झैं म पर्वतमा चालीस दिन चालीस रात बसें। त्यस समयमा परमप्रभुले पनि मेरो प्रार्थना सुन्नुभयो र तिमीहरूलाई ध्वंश नगर्ने निर्णय लिनुभयो।
11
परमप्रभुले मलाई आज्ञा दिनुभयो, ‘मानिसहरूको यात्रामा मार्गदर्शन गर्न तिमी जाऊ। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसारको भूमिमा तिनीहरू बसोबास गर्न जान्छन्।’
12
“इस्राएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ।
13
यसकारण आज म तिमीहरूलाई जुन आज्ञाहरू र विधि-विधानहरू बताउँदैछु ती सब पालन गर। यी विधि-विधानहरू र आज्ञाहरू तिमीहरू कै भलोको निम्ति हो।
14
आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, पृथ्वी तथा यसमा भएका प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वर कै हुन्।
15
परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई यति ज्यादै प्रेम गर्नुभयो उहाँले तिनीहरूका सन्तान तिमीहरूलाई आफ्नो मानिस बनाउन रोज्नु भयो। उहाँले तिमीहरूलाई सबै अरू जातिहरूको साट्टामा मन पराउनु भयो अनि आजसम्म तिमीहरू उहाँले रोज्नु भएको मानिसहरू हौ।
16
“हठी हुन छोड, आफ्नो हृदय परमप्रभुलाई समर्पण गर।
17
किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन।
18
टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।
19
यसकारण तिमीहरूले पनि ती विदेशीहरूलाई प्रेम गर किनभने मिश्र देशमा तिमीहरू विदेशीहरू नै थियौ।
20
“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ।
21
परमप्रभु मात्र एकजना हुनुहुन्छ जसलाई तिमीहरूले प्रशंसा गर्नुपर्छ। उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले आफ्नै आँखाले देखेका छौ उहाँले महान् र आश्चर्यपूर्ण कामहरू गर्नु भएको छ।
22
जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सत्तरी जना मात्र थियो तर अहिले परमप्रभुले तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएकोछ।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34