bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Deuteronomy 15
Deuteronomy 15
Nepali ERV (पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 16 →
1
“प्रत्येक सात वर्षको अन्तमा तिमीहरूको ऋण माफ गर्नु नै पर्छ।
2
तिमीहरूले यो यसरी गर्नु पर्छ। प्रत्येक मानिस जसले अर्को इस्राएलीलाई ऋण दिएको छ उसले त्यो ऋण माफ गर्नु पर्छ। उसले ऋण लिने अर्को इस्राएली भाइलाई ऋण तिर्न लाउनु हुँदैन। किन? किनभने परमप्रभुले यस वर्ष ऋण माफ गर्ने आज्ञा दिनु भएको छ।
3
तिमीहरूले अर्को कुनै विदेशीलाई ऋण तिर्नु लगाउनु सक्छौ तर त्यो ऋण कुनै इस्राएलीसित भए माफ दिनै पर्छ।
4
तिमीहरूको भूमिमा कुनै गरीब मानिस हुने छैन। किन? किनभने परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ अनि तिमीहरूलाई धेरै धेरै आशीर्वाद दिनु हुनेछ।
5
तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्यौ भने मात्र त्यस्तो हुनेछ। आज तिमीहरूलाई मैले बताएको प्रत्येक आज्ञा खुबै होशियारीसँग पालन गर्नु पर्छ।
6
तब परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको प्रतिज्ञा अनुसार आशीर्वाद दिनु हुनेछ। अनि अन्य राष्ट्रहरूलाई ऋण दिनुको निम्ति तिमीहरूसित प्रशस्त पैसा-रूपिया हुनेछ। तर तिमीहरूले अरूबाट ऋण लिनु आवश्यक पर्दैन। तिमीहरूले धेरै राष्ट्रहरूलाई शासन गर्नेछौ, तर कसैले तिमीहरूलाई शासन गर्ने छैन।
7
“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमिमा बस्दछौ, तिमीहरूको माझमा एकजना गरीब मानिस हुनु सक्छ। तिमीहरू स्वार्थी हुनु हुँदैन। त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार नगर।
8
त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ।
9
“सातौं वर्ष जो ऋण माफ गरिने वर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्न नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पापको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर।
10
“तिमीहरूले गरीब मानिसलाई सके अनुसार देऊ। उसलाई दिंदा नराम्रो नसम्झ। किन? किनभने, यस्तो असल काम गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ। तिमीहरूलाई तिमीहरूको सबै काममा र तिमीहरूले गरेको प्रत्येक चीजमा उहाँले तिमीहरूलाई आशिष दिनु हुनेछ।
11
त्यो भूमिमा सधैं गरीब मानिसहरू रहनेछन् यसकारण तिम्रा भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।
12
“यदि तिमीहरूले आफ्नो देशका मानिसहरूलाई नै एउटा हिब्रु मानिस अथवा स्त्री किन्छौ भने, तिमीले उसलाई आफ्नो सेवामा छ वर्षसम्म राख्न सक्छौ तर सातौं वर्षमा उसलाई मुक्त गर्नै पर्छ।
13
तर जब उसलाई मुक्त गर्छौ तिमीले उसलाई खाली हात विदा दिनु हुँदैन।
14
तिमीले उसलाई तिम्रो केही गाई-बस्तु, तिम्रो केही अन्न र तिम्रो केही मद्य दिनुपर्छ। जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ।
15
तिमीहरू पनि मिश्र देशमा कमारा-कमारीहरू थियौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु भएको हो। यसकारण म तिमीहरूलाई आज आज्ञा दिइरहको छु।
16
“तर तिम्रा कमारा-कमारीहरू मध्ये कुनै एक जानले भन्न सक्छ, ‘उसले तिमीलाई छोड्ने छैन। उसले यस्तो भन्न सक्छ, किनभने उसले तिम्रो परिवारलाई प्रेम गर्छ अनि तिम्रो परिवारमा उसको जीवन राम्ररी बित्दैछ।
17
त्यो कमारालाई आफ्नो कान ढोकामा टाँस्न लगाऊ र एउटा खाप्सियो लिएर कानमा छेंड पारिदेऊ। त्यो सधैंको निम्ति तिम्रो कमारा बनिनेछ। यदि त्यो मानिस कमारा भए पनि र त्यस्तै प्रकारले बस्न चाहे त्यसै गर्नु।
18
“कमारा-कमारीहरूलाई मुक्त गर्दा मन नबिगार। सम्झना गर तिनीहरूले तिमीलाई छ, वर्षसम्म अरू नोकर-चाकरहरूलाई तिर्नुपर्ने भन्दा आधा ज्यालामा सेवा पुर्याएका छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।
19
“तिमीहरूको बगालमा पहिला जन्मेका पशुहरूका साना बाछाहरू विशेष हुन्छन्। तिनीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरका निम्ति चढाउनै पर्छ। ती पशुहरू मध्ये कुनैलाई पनि काममा नलगाऊ अनि पहिला जन्मेको तिमीहरूका भेडाहरूबाट ऊन कात्नु हुँदैन।
20
प्रत्येक वर्ष त्यस्ता पशुहरूलाई परमप्रभु आफ्ना परमेश्वरले जहाँ आफ्नो विशेष ठाउँ भनी रोज्नु हुनेछ त्यहाँ लैजाऊ र परमप्रभुसित बसी आफ्ना परिवारहरूसँगै ती पशुहरू खाऊ।
21
“तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लङ्गडा अथवा अंन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ।
22
तर तिमीहरूले त्यस पशुको मासु घरमै खानु सक्छौ। कसैले पनि शुद्ध होस् अथवा अशुद्ध, त्यस पशुको मासु खानु सक्छ। यस्तो पशुहरूको मासु खाने नियम मृग तथा हरिणको मासु खाने जस्तै हो।
23
तिमीहरूले यसको रगत खानु हुँदैन। यसलाई भूँइमा पानी खन्याए जस्तै पोख्नु पर्छ।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34