bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Deuteronomy 16
Deuteronomy 16
Nepali ERV (पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 17 →
1
“आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउनै पर्छ। किन? किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो।
2
परमप्रभुले जुन घर उहाँको विशेष घर भनी रोज्नु हुनेछ त्यहाँ तिमीहरू जानै पर्छ। गाईहरू तथा बोकाहरू तिमीहरूले परमप्रभुको सम्मानमा निस्तार बलिको रूपमा चढाउनै पर्छ।
3
यो बलिमा खमीर भएको रोटी खानु हुँदैन। तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानु पर्छ। यस रोटीलाई ‘कष्टको रोटी’ भनिन्छ। मिश्र देशमा तिमीहरू कति कष्टमा थियौ यसले त्यो सम्झना गर्नमा सहायता गर्छ। सम्झना गर कति चाँढै तिमीहरूले त्यो भूमि छाड्नु पर्यौ! तिमीहरूले मिश्र छोडेको त्यो दिनलाई सम्झना गर्नुपर्छ जब तिमीहरू बाँचेका छौ।
4
यस देशका मानिसहरूको कसैको घरमा पनि सात दिनसम्म खमीर रहनु हुँदैन। पहिलो दिनको साँझमा चढाएको बलिको मासु पनि अर्को दिन बिहानभन्दा अघि नै खाई सक्नुपर्छ।
5
“परमप्रभु तिमीहरूका परमेश्वरले दिनु हुने भूमिको कुनै पनि शहरमा निस्तारचाडको बलि गर्नु हुँदैन।
6
तिमीहरूले निस्तारचाड बलि खाली परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको आफ्नो नाउँमा रोज्नु भएको घरमा मात्र चढाउनु पर्छ। त्यहाँ खाली घाम अस्ताएपछि मात्र निस्तारचाड बलि चढाउनु पर्छ। यो दिन पवित्र दिन हुनेछ जति वेला परमेश्वरलाई कसरी तिमीहरूले मिश्र देशबाट बाहिर निकाले त्यो सम्झना गर्नेछौ।
7
परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा निस्तार बलिको मासु पकाउनु पर्छ अनि खानु पर्छ। तब बिहान तिमीहरू घर जान सक्छौ।
8
तिमीहरूले छ दिनसम्म अखमिरी रोटी खानु पर्छ र सातौं दिनमा केही काम गर्नु हुँदैन। यस दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विशेष सभाको निम्ति मानिसहरू भेला गर्नु पर्छ।
9
“बाली काटून शुरू गरेको समयदेखि तिमीहरूले सात साता गन्नु पर्छ।
10
तब परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति साताहरूको चाड मनाउनुपर्छ। तिमीले उपहार चढाउँन चाहेको कुनै विशेष उपहार चढाऊ। परमप्रभु तिमीहरूका परमेश्वरले कति धेरै आशीर्वाद दिनु भएको छ त्यही परिमाणले उपहार चढाऊ।
11
परमप्रभुले आफ्नो नाउँमा विशेष घर रोज्नु हुनेछ र त्यही भूमिमा जाऊ। तिम्रा छोरा-छोरीहरू, कमार-कमारी तथा आफन्तहरू लिएर जाऊ अनि तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरको अघि आनन्द मनाऊ। तिमीहरूको शहरहरूमा भएका लेवीहरू, टुहुरा-टुहुरीहरू, विदेशीहरू र विधुवाहरूलाई पनि लैजाऊ।
12
सम्झना गर मिश्र देशमा तिमीहरू पनि कमारा-कमारीहरू थियौ। यसकारण होशियारीसित विधिहरू पालन गर।
13
“खलामा बाली जम्मा गरेपछि र कोलबाट दाख निकालेको सात दिन पछि तिमीहरूले छाप्रो-बासको चाड मनाउनुपर्छ।
14
आफ्नो शहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरीहरू र विधवाहरू लगायत आफ्ना छोरा-छोरीहरू, नोकर-चाकरहरूसँगै यो भोज मनाऊ।
15
परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको विशेष ठाउँमा यो पर्व सात दिनसम्म मनाऊ। यो तिमीहरूका परमेश्वरको सम्मानमा मनाऊ। तिमीहरू अत्यन्तै आनन्दित हुनुपर्छ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बालीलाई र तिमीहरूले जे गर्छौ त्यसमा आशीर्वाद दिनु भएको छ।
16
“परमप्रभु तिमीहरूका परमेश्वरले विशेष ठाउँ भनी रोज्नु हुने ठाउँमा वर्षमा तीन पल्ट तिमीहरूका मानिसहरू भेला हुनैपर्छ। तिनीहरू अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-बासको चाडमा भेला हुनु पर्छ। त्यहाँ भेट गर्न आउने प्रत्येक मानिसले बलि ल्याउनु पर्छ।
17
परमप्रभुले उसलाई कति धेरै आशिर्वाद दिनु भएको छ त्यो सोचेर जति दिन सएछ उसले बलि दिनुपर्छ।
18
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।
19
जब तिमीहरूले न्याय गर्दा निष्पक्ष हुनुपर्छ, पक्षपाती हुनु हुँदैन। अनि तिनीले पैसा घूसको रूपमा लिनु हुँदैन। पैसाले ज्ञानी मानिसलाई अन्धो बनाउँछ अनि ज्ञानी मानिसहरूका कुराहरू बद्ली हुन्छन्।
20
उद्धारता अनि न्याय! तिमीहरूले सधैं असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ।
21
“जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउँछौ वेदी पछिल्तिर अशेर देवीको सम्मानमा कुनै काठको खम्बा राख्नु हुँदैन।
22
परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ तिमीहरूले झूटा देवताहरू पूज्नुको निम्ति कुनै विशेष चोखो ढुङ्गा त्यहाँ राख्नु हुँदैन।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34