bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Deuteronomy 9
Deuteronomy 9
Nepali ERV (पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 10 →
1
“हे इस्राएली मानिसहरू हो, सुन! आज तिमीहरू यर्दन नदी तरेर तिमीहरूभन्दा शक्तिशाली र महान् राष्ट्रहरूलाई तिनीहरूको भूमिबाट निकाल्न जाँदैछौ। तिनीहरूका शहरहरू ठूला-ठूला र आकाश समान अग्ला-अग्ला पर्खाल छन्।
2
त्यहाँका बासिन्दाहरू अनाकीहरू हुन र तिनीहरूको विषयमा तिमीहरू जान्दछौ। तिनीहरू अग्ला-अग्ला र बलिया हुन्छन् जासूसहरूले ‘तिनीहरूलाई कसैले जित्न सक्तैन’ भनेको सुनेका छौ।
3
आज तिमीहरूले त्यो निश्चय गर परमप्रभु तिमीहरूका परमेश्वर जो तिमीहरूको अघि जानु हुनेछ, जो भस्म गर्ने आगो झैं हुनुहुन्छ, ती जातिहरूका मानिसहरूलाई तिमीहरूको अघि लड्ने बनाउनु हुनेछ अनि उहाँले तिनीहरूलाई नष्ट गर्नु हुनेछ अनि तिमीहरूले तिनीहरूलाई चाँडै तिनीहरूको भूमिहरूबाट लखेटेर ध्वंश पार्नेछौ। परमप्रभुले तिमीहरूसित यस्तो हुनेछ भनेर प्रतिज्ञा गर्नु भएको थियो।
4
“परमप्रभु तिमीहरूका परमेश्वरले ती राष्ट्रका मानिसहरूलाई तिमीहरूको निम्ति देशबाट निकाली दिनु हुनेछ। ‘तर तिमीहरू आफैं यस्तो नभन तिमीहरू धार्मिक मानिसहरू हौ!’ यसकारण परमप्रभुले तिमीहरूलाई त्यहाँ बसाउन ल्याँउनु हुँदैछ। कारण के हो भने तिमीहरू धार्मिक मानिसहरू भएकाले होइन तर ती मानिसहरू नै दुष्ट भएकाले तिनीहरूलाई आफ्नो भूमिबाट बाहिर निकालिंदैछ।
5
तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रेवश गर्दैछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुष्टयाँइले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदैछ र तिमीहरू त्यहाँ प्रवेश गर्दैछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदैछ।
6
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल भूमि दिनु हुँदैछ, तर तिमीहरूले जान्नु आवश्यक छ परमप्रभुले यसो गर्नुको अर्थ यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ। सत्य यो हो कि तिमीहरू हठी मानिसहरू हौ।
7
“नबिर्स तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई मरूभूमिमा रीस उठाएका थियौ। मिश्र देश छोडेको दिनदेखि यहाँ आईपुगुञ्जेलसम्म तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।
8
होरेब पर्वतमाथि तिमीहरूले परमप्रभुलाई यति क्रोधित तुल्यायौ उहाँले तिमीहरूलाई नष्ट पार्नु हुनेथियो।
10
ती शिला-पाटीमा आफ्नै औंलाले तिमीहरू जुन दिन पर्वतमा सँगै भेला भएका थियौ त्यसदिन उहाँले तिमीहरूलाई आगोद्वारा भन्नु भएका सबै आज्ञाहरू लेख्नु भयो।
11
“यसकारण चालीस दिन चालीस रातको अन्तमा परमप्रभुको करार लेखिएका दुइवटा च्याप्टो शिला-पाटीहरू उहाँले मलाई दिनु भयो।
12
त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, ‘उठ अनि चाँडै तल गई हाल। तिमीले मिश्रदेशबाट ल्याएका मानिसहरू आफैं नष्ट भइरहेका छन्। यति चाँडै तिनीहरूले मेरो आज्ञाहरू पालन गर्नु छोडे। तिनीहरूले सुन पगालेर आफ्नो निम्ति मूर्ति बनाएका छन्।’
13
“परमप्रभुले मलाई यसो पनि भन्नुभयो, ‘यी मानिसहरू अति हठी छन्, मैले निरीक्षण गरें।
14
मलाई यी मानिसहरू नष्ट पार्न दिइयोसू जसले गर्दा म तिनीहरूको नाउँ स्वर्गबाट मेटाउन सकूँ। त्यसपछि म तिमीहरूलाई तिनीहरूभन्दा महान् र धेरै शक्तिशाली राष्ट्र बनाउनेछु।
15
“पर्वत जलिरहेको थियो, करार लेखिएको दुइवटा शिला-पाटीहरू मेरो हातमा थियो। म पर्वतबाट तल ओर्लिएँ मैले हेरें।
16
अनि मैले देखे कि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरूद्ध पाप काम गरिरहेका थियौ। तिमीहरूले सुन पगालेर बाछोको मूर्ति बनाएको देखें। तिमीहरूले यति चाँडै परमप्रभुको आज्ञा पालन गर्न छाड्यौ।
17
यसकारण मैले ती पाटीहरू तल फ्याँकी दिएँ अनि मेरो आँखाअघि नै ती टुक्रा-टुक्रामा परिणत भए।
18
त्यसपछि अघिकै झैं चालीस दिन चालीस रातसम्म केही नर्खाइ पानीसम्म पनि नपिई परमप्रभु अघि भूइँमा घोप्टिएर शरण परें। तिमीहरूले धेरै पाप गरेको कारण मैले त्यसो गरें। परमप्रभुको निम्ति जुन अनिष्ट थियो त्यही गरेर परमप्रभुलाई क्रोधित तुल्यायौ।
19
उहाँ यति साह्रो क्रोधित हुनुहुन्थ्यो तिमीहरूलाई ध्वंश पार्न सक्नु हुन्थ्यो, यसकारण म अति भयभीत थिएँ। तर परमप्रभुले मेरो विन्ती फेरि सुन्नुभयो।
20
परमप्रभु हारूनसित पनि साह्रो क्रोधित हुनुहुन्थ्यो र तिनलाई ध्वंश पार्न सक्नु हुन्थ्यो। यसकारण त्यस बेला मैले हारूनको निम्ति पनि प्रार्थना गरें।
21
तिमीहरूले बनाएको भयानक बाछाको मूर्ति मैले आगोमा जलाए, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ।
22
“तिमीहरूले परमप्रभुलाई तबेरा, मस्सा अनि किब्रोथ हत्तावामा पनि क्रोधित बनायौ।
23
अनि जब परमप्रभुले तिमीहरूलाई कादेशबर्ने छोड्ने आज्ञा दिनु भएको थियो तर तिमीहरू मानेनौ। उहाँले भन्नुभएको थियो, ‘जाऊ, मैले दिएको भूमि लेऊ।’ तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँलाई अविश्वास गर्यौ अनि उहाँको आज्ञा मानेनौ।
24
मैले तिमीहरूलाई जानेको दिन देखि तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।
25
“यसकारण म चालीस दिन अनि चालीस रात परमप्रभु अघि निहुरी रहें किन? किनभने परमप्रभुले तिमीहरूलाई नष्ट गर्ने निणर्य गर्नु भएको थियो।
26
मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, ‘हे परमप्रभु मेरा मालिक! यी मानिसहरूलाई तपाईंले मिश्र देशबाट आफ्नो पराक्रम तथा शक्तिमा छुटाएर ल्याउनु भयो। यिनीहरू तपाईंका आफ्ना मानिसहरू हुन र यिनीहरूलाई नष्ट नगर्नुहोस्।
27
तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकूबलाई दिनु भएको प्रतिज्ञा सम्झनु होस्। तिनीहरू कति हठी छन् त्यो बिर्सनु होस् अनि तिनीहरूले गरेको पाप तिर नहेर्नु होस्।
28
यदि तपाईंले तिनीहरूलाई सजाय दिनुभयो भने मिश्र देशवासीहरूले भन्ने छन्, ‘परमप्रभु आफूले दिनु भएको प्रतिज्ञा अनुसार तिनीहरूलाई भूमि दिनु सक्षम हुनु भएन। उहाँले तिनीहरूलाई घृणा गर्नु भयो र मार्नुको निम्ति मरूभूमिमा लैजानु भयो।’
29
हे परमप्रभु! तपाईंका मानिसहरू हुन्। तिनीहरू तपाईंका हुन्। तपाईंले तिनीहरूलाई मिश्रबाट आफ्नो महाशक्ति लगाएर अनि आफ्नो पाखुरा फिंजाएर ल्याउनु भयो।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34