bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Peter 1
1 Peter 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
1
म प्रेरित पत्रुसबाट पोन्टस, गलातिया, कापाडोकिया, एशिया र बिथिनियामा विदेशिएर तितरबितर भई बसेका परमेश्वरले छान्नुभएका परमेश्वरका जनहरूलाई यो पत्र लेख्दै छु।
2
अघिबाटै आफ्नो योजनाअनुसार परमेश्वर पिताले तिमीहरूलाई आफ्नै पवित्र जन हुनलाई छान्नुभएको हो। येशू ख्रीष्टको रगतले पवित्र भएर उहाँकै आज्ञा तिमीहरूले मान्न सक भनी उहाँले तिमीहरूलाई आत्माद्वारा आफ्नो बनाउनुभयो। तिमीहरूमाथि अनुग्रह र शान्ति प्रसस्त होस्।
3
हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको प्रशंसा होस्। येशू ख्रीष्टलाई मरेकोबाट जिउँदो गराएर ठूलो दयाले उहाँले हामीलाई नयाँजन्म दिनुभयो। यसैले हामीले जिउँदो आशा पाएका छौं।
4
साथै स्वर्गमा चाहिँ परमेश्वर पिताले कहिल्यै नाश नहुने, नबिग्रने र कहिल्यै नहराउने आशिष्हरू तिमीहरूका लागि तयार पारेर राखिदिनुभएको छ।
5
विश्वास गरेकाले तिमीहरूलाई परमेश्वरको शक्तिले मुक्तिको निम्ति रक्षा गर्दछ। त्यो मुक्ति तिमीहरूका लागि तयार गरिएको छ र आखिरी बेलामा प्रकट हुन्छ।
6
यी कुराहरूमा तिमीहरू आनन्द मनाउने गर। हुन त, अहिले तिमीहरूले थोरै समयको लागि थरीथरीका दु:ख भोग्नुपरेको छ।
7
यसको उद्देश्य तिमीहरूले गरेको विश्वास साँचो छ भनी देखाउनु हो। नाश हुन सक्ने सुनलाई पनि आगोमा खारेर शुद्ध पारिन्छ भने तिमीहरूको विश्वास त शुद्ध सुनभन्दा पनि धेरै दामी छ। यसकारण यो विश्वासलाई शुद्ध पार्न जाँचिन्छ। यसले गर्दा ख्रीष्ट देखा पर्नुहुने दिनमा तिमीहरूको मान, इज्जत र प्रशंसा हुन्छ।
8
तिमीहरूले उहाँलाई नदेखेका भए पनि प्रेम गर्छौ र अहिले नदेखे पनि उहाँलाई विश्वास गर्छौ। अनि बयान नै गरी नसक्ने ठूलो महिमित आनन्दले तिमीहरूको हृदय भरिएको छ
9
किनभने तिमीहरूले उहाँमा विश्वास गरेका कारण तिमीहरूले आत्माको मुक्ति पाएका छौ।
10
तिमीहरूले पाएको यस मुक्तिको बारेमा अगमवक्ताहरूले खोजे र छानबिन गरे अनि परमेश्वरले तिमीहरूलाई दिनुहुने अनुग्रहको बारेमा अघिबाटै बताएका थिए।
11
अगमवक्ताहरूले यो कसरी र कहिले हुन्छ भनेर जान्न खोजी गरे। ख्रीष्टका आत्माले तिनीहरूलाई ख्रीष्टले दु:ख भोग्नुहुनेछ अनि त्यसपछि ठूलो आदर पाउनुहुनेछ भनेर अघिबाटै देखाउनुभएको थियो।
12
पवित्र आत्माको शक्तिमा अहिले सुसमाचार सुनाउनेहरूले बताएको कुरा स्वर्गबाट पठाइएका अगमवक्ताहरूले बताएका थिए। त्यस बेला अगमवक्ताहरूले गरेको यो सेवा तिनीहरूको फाइदाको लागि होइन तर तिमीहरूको लागि हो भनेर परमेश्वरले ती अगमवक्ताहरूलाई देखाउनुभएको थियो। यी कुरा स्वर्गदूतहरू पनि बुझ्न चाहन्छन्।
13
यसकारण काम गर्न तिमीहरूको मन तयार होस्। होशियार होओ अनि प्रभु येशू आउनुहुँदा पाइने आशिष्मा नै पूरा भरोसा राख।
14
अघि अन्जानमा हुँदाखेरिका अभिलाषाका कुराहरूले अहिले तिमीहरूको जीवन नचलाओस्, तर परमेश्वरको आज्ञा मान।
15
तिमीहरूलाई बोलाउनुहुने परमेश्वर पवित्र हुनुहुन्छ। यसकारण तिमीहरू पनि सबै कामकुरामा पूरा पवित्र होओ।
16
धर्मशास्त्रले भन्छ, “पवित्र होओ किनभने म पवित्र छु।”
17
प्रार्थना गर्दा तिमीहरूले परमेश्वरलाई पिता भनी पुकार्छौ। उहाँले सबै मानिसको आ-आफूले गरेको कामअनुसार पक्षपात नगरी न्याय गर्नुहुन्छ। यसैले पृथ्वीमा रहुञ्जेल उहाँको आदर गर्ने तिमीहरूको जीवन होस्।
18
तिमीहरूले पिता-पुर्खाहरूबाट पाएका व्यर्थको चालचलनबाट तिमीहरूलाई छुट्कारा दिनुहुँदा कति ठूलो मोल तिर्नुपर्यो, तिमीहरूलाई थाहै छ। त्यो त सुन र चाँदीजस्तो नाश हुने कुरा होइन।
19
ख्रीष्टको बहुमूल्य रगतले नै तिमीहरूलाई छुट्कारा दिएको हो। उहाँ निर्दोष र निष्खोट बलि हुने पाठो हुनुहुन्थ्यो।
20
परमेश्वरले संसारलाई सृष्टि गर्नुभन्दा पहिले नै उहाँलाई चुन्नुभएको थियो र तिमीहरूका लागि यी आखिरी दिनमा उहाँ प्रकट हुनुभयो।
21
उहाँद्वारा तिमीहरूले परमेश्वरमा विश्वास गर्यौ, जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो, यसकारण तिमीहरूको विश्वास र आशा परमेश्वरमा राख्दछौ।
22
अब तिमीहरूले सत्यलाई मानेर आफ्नो मन चोखो पारेका छौ अनि दाजुभाइलाई साँचो माया गर्ने भएका छौ। एक-अर्काप्रतिको तिमीहरूको चोखो माया हृदयदेखि नै होस्।
23
परमेश्वरको जीवित र सदा रहने वचनद्वारा तिमीहरूको नयाँजन्म भएको छ। तिमीहरू नाश हुने पिताबाटका सन्तान होइनौ, तर नाश नहुने पिताका सन्तान हौ।
24
धर्मशास्त्रले भन्छ, “सबै मानिसहरू घाँसजस्तै छन् अनि तिनीहरूको इज्जत पनि जङ्गली फूलजस्तै छ। घाँस ओइलिजान्छ, फूल झरिजान्छ,
25
तर प्रभुको वचन सधैँभरि रहिरहन्छ।” यो प्रभुको वचन नै तिमीहरूलाई सुनाएको सुसमाचार हो।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
All chapters:
1
2
3
4
5