bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Peter 5
1 Peter 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
1
अब म तिमीहरूकहाँ भएका मण्डलीका धर्म-गुरुहरूलाई भन्दछु। म पनि मण्डलीकै गुरु हुँ अनि ख्रीष्टले भोग्नुभएको दु:ख आफैंले देखेको छु र पछि प्रकट हुने सम्मान्को पनि साझेदार हुनेछु। त्यसैले भन्दछु,
2
तिमीहरू खुसीसँग, करकापमा परेर होइन, तर परमेश्वरले चाहनुभएजस्तो परमेश्वरले तिमीहरूको जिम्मामा दिनुभएको बगालको गोठालो बनिदेओ। पैसाको लागि होइन, तर सेवा गर्ने मन लिएर यो काम गर।
3
तिमीहरूको जिम्मामा भएकाहरूमाथि हुकुम चलाउने होइन, तर उनीहरूका अघि आफैं नमुना बन।
4
मूल गोठालो आउनुहुँदा सधैँभरि चम्किरहने चहकिलो मुकुट पाउनेछौ।
5
तन्नेरी मानिसहरूले पनि आफूभन्दा ठूलाहरूका अधीनमा रहने गर। तिमीहरू नम्र भएर बस अनि एक-अर्काको सेवा गर। धर्मशास्त्रले भन्छ, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूमाथि अनुग्रह राख्नुहुन्छ।”
6
त्यसो हुँदा परमेश्वरका शक्तिशाली हातमुनि रहेर नम्र होओ र उहाँले तिमीहरूलाई ठीक समयमा ठूलो बनाउनुहुनेछ।
7
आफ्ना सबै फिक्री उहाँका अघि राखिदेओ किनभने उहाँले नै तिमीहरूको हेर-विचार गर्नुहुन्छ।
8
होश राख अनि चनाखो बन। तिमीहरूको शत्रु शैतान गर्जने सिंहजस्तै कसैलाई फेला पारूँ र खाऊँ भनेर दाउमा घुमिरहेको छ।
9
विश्वासमा दह्रो भएर शैतानको विरोध गर किनभने तिमीहरूजस्तै चारैतिर अरू विश्वासीहरूले पनि दु:ख भोगेका छन् भन्ने तिमीहरूलाई थाहै छ।
10
अलिबेर दु:ख उठाएपछि सबै अनुग्रहले पूर्ण परमेश्वरले ख्रीष्ट येशूमा तिमीहरूलाई अनन्त महिमा बाँड्न बोलाउनुहुन्छ र उहाँले नै तिमीहरूलाई सिद्ध पार्नुहुन्छ र शक्ति दिएर दरिलो बनाई पक्का जगमा राख्नुहुनेछ।
11
सधैँभरि शाक्ति उहाँकै होस्। आमेन।
12
मेरो विश्वासी भाइ सिलासको मद्दतले मैले यो छोटो पत्र तिमीहरूलाई लेखेको छु। मैले यी सबै परमेश्वरको साँचो अनुग्रहको साक्षी दिन र तिमीहरूका साहस बढाइदिन लेखेको हुँ। यस अनुग्रहमा बलियो गरी उभ।
13
तिमीहरूकै सङ्गी परमेश्वरले छान्नुभएको बेबिलोनको मण्डलीले तिमीहरूलाई अभिवादन पठाएको छ। मेरो छोरो मर्कूसले पनि अभिवादन पठाएको छ।
14
ख्रीष्टको प्रेमले म्वाइँ गरेर एक-अर्कालाई अभिवादन सुनाइदेओ। ख्रीष्टका आफ्ना सबैमा शान्ति होस्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
All chapters:
1
2
3
4
5