bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Peter 2
1 Peter 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
1
त्यसकारण सबै नराम्रा कुराबाट, सबै छलछाम र देखावटी कुराबाट र सबै डाहा र निन्दाबाट टाढै बस।
2
भरखरै जन्मेको बालक दूधको लागि भोकाएजस्तै तिमीहरूचाहिँ परमेश्वरको सत्य वचनको लागि तृष्णा गर र यो वचन पाएर तिमीहरू बढ्नेछौ र बचाइनेछौ।
3
धर्मशास्त्रले भन्छ, “तिमीहरू आफैंले प्रभु कस्तो भलो हुनुहुन्छ भनी चाखेका छौ।”
4
प्रभुकहाँ आओ। उहाँ मानिसले काम नलाग्ने भनी पन्छाएको तर परमेश्वरले रोज्नुभएको अनमोल जीवित पत्थर हुनुहुन्छ।
5
तिमीहरू पनि जिउँदा ढुङ्गाहरू भएर आओ र आत्मिक मन्दिर बनाउन आफैंलाई सुम्पिदेओ। त्यहाँ तिमीहरू येशू ख्रीष्टको नाताले गर्दा परमेश्वरलाई मनपर्दो आत्मिक बलिदान चढाउने पवित्र पूजाहारीको काम गर्नेछौ।
6
धर्मशास्त्रले भन्छ, “हेर! मैले छानेको धेरै मोलको मूल ढुङ्गा सियोनमा राखेको छु। उहाँमा विश्वास गर्ने कहिल्यै निराशामापर्नेछैन।”
7
विश्वास गर्ने तिमीहरूको लागि यो ढुङ्गा अनमोल हो। विश्वास नगर्नेको लागि त यो ढुङ्गो यस्तो छ, “डकर्मीहरूले काम लाग्दैन भनेको ढुङ्गा मूल-ढुङ्गा भयो।
8
धर्मशास्त्रले भन्छ, “यही नै मानिसहरूलाई ठेस लाग्ने ढुङ्गा हो। यही पत्थरले गर्दा धेरै जना लड्नेछन्। परमेश्वरको वचन तिनीहरूले विश्वास नगरेकाले ठेस खानेछन्। तिनीहरूको निम्ति यस्तै तोकिएको थियो।
9
तर तिमीहरू त छानिएका जन, राजकीय पूजाहारी, पवित्र जाति, तिमीहरूलाई अन्धकारबाट अचम्मको उज्यालोमा ल्याउनुहुने परमेश्वरका आफ्नै प्रजा हौ। उहाँले तिमीहरूलाई उहाँको उदेकका कामहरू प्रचार गर्न छान्नुभएको हो।
10
पहिले त तिमीहरू परमेश्वरका प्रजा थिएनौ। तर अहिले परमेश्वरका प्रजा भएका छौ। पहिले तिमीहरूले परमेश्वरको दया पाएका थिएनौ, अहिले उहाँको दया पाएका छौ।
11
प्रियहरू, यस संसारमा तिमीहरू विदेशी र प्रवासीजस्तै छौ। तिमीहरूलाई बिन्ती गर्दछु, शरीरका चाहनाहरू पूरा गर्नतिर नलाग। यस्ता चाहनाहरू आत्माको विरोधमा सधैँ लड्छन्।
12
अरू जातिका मानिसका माझमा तिनीहरूको चालचलन यस्तो राम्रो होस् कि तिनीहरूले तिमीहरूलाई नराम्रो भनेर दोस्याउँदा तिमीहरूका राम्रा काम चिन्न सकून् अनि परमेश्वरले न्याय गर्न आउनुहुँदा उहाँको प्रशंसा गरून्।
13
प्रभुको आदरको लागि सबै अधिकारीहरूका अधीनमा बस। राजाको अधीनमा बस, जससँग सर्वोच्च अधिकार हुन्छ
14
र अरू कुनै राजकाज चलाउनेहरूका अधीनमा पनि, जो नराम्रा काम गर्नेहरूलाई सजाय दिन र राम्रा गर्नेलाई इज्जत गर्न परमेश्वरबाटै खटाइएका हुन्।
15
मूर्खहरूले नबुझी बोलेका कुराहरू तिमीहरूका राम्रा कामले चुप गराएको परमेश्वर चाहनुहुन्छ।
16
स्वतन्त्र मानिसझैँ बस, तर स्वतन्त्र छु भनेर नराम्रो कामचाहिँ नगर। बरु परमेश्वरको कमारो बन।
17
सबै मानिसको इज्जत गर। विश्वास गर्ने दाजुभाइहरूलाई माया गर। परमेश्वरको डर मान, राजाको आदर गर।
18
नोकर-चाकरहरू आफ्ना मालिकहरूका अधीनमा बस र उनीहरूका आदर गर। राम्रो माया गर्ने मालिकलाई मात्र होइन, छुच्चो मालिकलाई पनि मान गर।
19
तिमीले भोग्नुनपर्ने ठूलो दु:ख पनि परमेश्वरको इच्छा नै हो भनेर सह्यौ भने परमेश्वरले आशिष् दिनुहुनेछ।
20
नराम्रो काम गर्दा सजाय पाउनु कुनै ठूलो कुरा छैन, तर राम्रो काम गर्दा पनि दु:ख भोग्यौ भने परमेश्वरले आशिष् दिनुहुनेछ।
21
यसको लागि परमेश्वरले तिमीहरूलाई छान्नुभएको हो किनभने ख्रीष्टले पनि तिमीहरूका लागि दु:ख भोगेर नमुना भइदिनुभयो। त्यसो हुँदा तिमीहरूले पनि उहाँले देखाउनुभएको बाटोमा हिँड्नुपर्छ।
22
उहाँले पाप गर्नु नै भएन, उहाँको मुखबाट झूटो कुरा निक्लेको कसैले सुनेन।
23
कसैले उहाँको अपमान गर्दा पनि उहाँले जवाफ फर्काउनुभएन। दु:ख भोग्नुहुँदा पनि उहाँले धम्की दिनुभएन तर उहाँ ठीकसँग न्याय गर्नुहुने परमेश्वरमा नै भर पर्नुभयो।
24
ख्रीष्टले हाम्रो पाप आफ्नो शरीरमा बोकेर काठको क्रूसमा झुण्डिनुभयो। त्यसो हुँदा हामी पनि पापको लागि मर्यौं अनि परमेश्वरलाई मन पर्ने असल कामको निम्ति बाँच्यौं। उहाँका चोटहरूमा तिमीहरू निको भयौ।
25
तिमीहरू बरालिएका भेडाजस्तै थियौ, तर अब त तिमीहरूका आत्माका गोठाला र रक्षककहाँ उहाँलाई पछ्याउन तिमीहरूलाई ल्याइएको छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
All chapters:
1
2
3
4
5