bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Peter 3
1 Peter 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
1
स्वास्नी लोग्नेको अधीनमा बस्नुपर्छ। त्यसो हुँदा परमेश्वरको वचन विश्वास नगर्ने लोग्नेहरूले पनि तिमीहरूका चालचलनले गर्दा विश्वास गर्नेछन्। तिमीहरूले केही भनिरहनुपर्दैन
2
किनभने तिमीहरूका चालचलन कति चोखो र आदरणीय छ, सो उनीहरू आफैंले देख्नेछन्।
3
तिमीहरू कपालको सिङ्गार र सुनको गरगहना र लुगाफाटाले सिङ्गारिने होइन,
4
तर तिमीहरूको सुन्दरता भित्री मनको होस्, जो कहिल्यै ओइलाएर नजाने नम्र र शान्त आत्माको सुन्दरता हो र योचाहिँ परमेश्वरको सामु धेरै मोलको छ।
5
परमेश्वरमा भर पर्ने पहिलेका भक्त स्वास्नी-मान्छेहरूले आफ्ना लोग्नेको अधीनमा रहेर आफैंलाई सुन्दरी बनाए।
6
सारा त्यस्तै थिइन्। उनी अब्राहामले भनेका मान्थिन्, उनलाई मेरा ‘मालिक’ भन्थिन्। कुनै कुराको डर नमानी राम्रो गर्यौ भने तिमीहरू साराकै छोरीहरू हौ।
7
लोग्नेहरूले पनि आफ्ना स्वास्नीहरू कमजोर हुन्छन् भन्ने बिर्सनुहुँदैन। तिमीहरूले उनीहरूको इज्जत राख्नुपर्छ किनभने तिनीहरूले पनि तिमीहरूको साथसाथै परमेश्वरको जीवनदान पाउनेछन्। यसरी तिमीहरूको प्रार्थनामा कुनै किसिमको बाधा नआओस् भनेर एकले अर्कासँग राम्रो व्यवहार गर्ने गर।
8
आखिरमा भन्दछु, तिमीहरू सबै एउटै मनको र एकले अर्काको मर्म बुझ्ने हुनुपर्छ। दाजुभाइलाई झैँ एक-अर्कालाई माया गर र एक-अर्कासँग दयालु र नम्र बन।
9
कसैले नराम्रो गर्यो भने त्यसलाई नराम्रो नगर, सराप दिँदा पनि नसराप। तर त्यसको साटो आशिष् देओ किनभने परमेश्वरले तिमीहरूलाई बोलाउनुहुँदा पनि आशिष् दिन बोलाउनुभएको थियो।
10
धर्मशास्त्रले भन्छ, “जीवन सुखी राख्न चाहनेले र सुखको दिन खोज्नेले जिब्रोलाई नराम्रो कुरा बोल्न र मुखलाई ढाँट्न दिनुहुँदैन।”
11
नराम्रो काम छोडेर उसले राम्रो काम गर्नुपर्छ। पूरा हृदयले मिलाप राख्ने काममा लाग्नुपर्छ
12
किनभने प्रभुले त आफ्ना अघि ठीक हुनेलाई नै हेर्नुहुन्छ अनि तिनीहरूको प्रार्थना सधैँ सुन्ने गर्नुहुन्छ। तर नराम्रो गर्नेलाई पिठ फर्काउनुहुन्छ।
13
तिमीहरू राम्रो काम गर्न इच्छुक भयौ भने तिमीहरूलाई कसले हानि गर्छ?
14
राम्रो काम गर्दा पनि दु:ख भोग्नुपर्यो भने तिमीहरू कति धन्यका हौ। कसैसँग नडराओ र चिन्ता नगर।
15
तर आफ्ना हृदयमा ख्रीष्टको श्रद्धा राख र उहाँलाई आफ्नो जीवनको स्वामी मान। तिमीहरूभित्र भएको आशाको बारेमा कसैले सोधे भने त्यसका बारेमा बताउन तयार बस।
16
तर यसरी बताउँदा नम्र भएर आदरसाथ बोल्ने गर। आफ्नो विवेक सफा राख। त्यसो हुँदा तिमीहरूले ख्रीष्टलाई पछ्याउँदा गरेका असल चालचलनलाई देखेर तिमीहरूको बदनाम गर्नेहरूचाहिँ आफैं लाजमा पर्नेछन्।
17
नराम्रा काम गरेर दु:ख भोग्नुभन्दा राम्रो काम गरेर परमेश्वरको इच्छाअनुसार दु:ख भोग्नु झन् असल हो
18
किनभने ख्रीष्ट सधैँभरि पुग्ने गरी पापका लागि मरिदिनुभयो। तिमीहरूलाई परमेश्वरकहाँ पुर्याउन पापबिनाको भएर पनि पापीका लागि मरिदिनुभयो। उहाँ मानिसको शरीरमा हुँदा मारिनुभयो, तर आत्माको शक्तिले जिउँदो हुनुभयो।
19
उहाँले त्यही आत्माको शक्तिले गएर कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो।
20
यी आत्माहरूचाहिँ नोआले जहाज बनाएका बेलामा पापबाट फर्किन्छन् कि भनेर परमेश्वरले बाटो हेर्नुभएका आत्माहरू थिए। तर तिनीहरूले परमेश्वरलाई टेरेनन्। जहाजभित्र हुने थोरै मानिस, जम्मा आठ जना मात्र पानीबाट बाँचेका थिए।
21
यसले पानीको बप्तिस्मालाई सङ्केत गर्छ, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला पखालेजस्तो होइन तर यो सफा विवेकले परमेश्वरप्रति गरिएको प्रतिज्ञा हो। येशू ख्रीष्ट मरेकोबाट बिउँतनुभएकाले बप्तिस्माले तिमीहरूलाई बचाउँछ।
22
उहाँ बिउँतनुभएपछि स्वर्गमा जानुभयो र परमेश्वरको दाहिनेपट्टि बिराजमान् हुनुभएको छ अनि सबै स्वर्गदूत र स्वर्गका अधिकार र शक्तिहरू उहाँका अधीनमा छन्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
All chapters:
1
2
3
4
5