bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Peter 4
1 Peter 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
1
यसरी ख्रीष्टले शरीरमा दु:ख भोग्नुभएकोले तिमीहरू पनि उहाँको जस्तै विचार लिएर बलियो बन किनभने शरीरमा दु:ख भोग्ने नै पापबाट अलग्ग रहन्छ।
2
अबदेखि यस शरीरमा बाँचुञ्जेल मान्छेले गर्ने चाहनामा होइन, तर परमेश्वरको इच्छामा जीवन बिताओ।
3
बितेको समयमा तिमीहरू परमेश्वरलाई नचिनेका मानिसहरूले मन पराउने चालचलनमा चल्ने गर्थ्यौ। तिमीहरू छाडा थियौ, शरीरको अभिलाषामा लागेका थियौ, मतवाला थियौ, मोज-मज्जा गर्थ्यौ, दाखमद्यको भोज लगाउँथ्यौ र घिनलाग्दा मूर्तिपूजा गर्थ्यौ।
4
अब तिमीहरू यस्तो गर्दैनौ अनि त्यस्तो छाडा जीवनमा पनि छैनौ र परमेश्वरलाई नचिन्नेहरू छक्कै परेका छन्। त्यसो हुँदा उनीहरूले तिमीहरूका बेइज्जत गर्छन्।
5
तर जिउँदा र मरेकाहरूको न्याय गर्नुहुने परमेश्वरको अगाडि यस बारेमा तिनीहरूले लेखा दिनुपर्नेछ।
6
त्यसैले त मरेकाहरूलाई पनि सुसमाचार प्रचार गरिएको हो। यस जीवनमा पृथ्वीका अरू मानिसको झैँ तिनीहरूको पनि न्याय भएको थियो र तिनीहरू पनि परमेश्वरजस्तै आत्मामा जिउन सकून् भनेर मरेपछि पनि सुसमाचार तिनीहरूलाई सुनाइएको हो।
7
सबै कुराहरूको अन्त हुनै लागेको छ। तिमीहरूले आफैंलाई वशमा राखेर होशियार हुनुपर्छ। यसरी तिमीहरू प्रार्थना गर्न सक्छौ।
8
सबैभन्दा ठूलो कुराचाहिँ एक-अर्कालाई गहिरो प्रेम गर किनभने प्रेमले पापको राशलाई पुर्दछ।
9
एक-अर्कालाई आफ्नो घरमा खुसीसँग स्वागत गर।
10
परमेश्वरको अनुग्रहमा हरेकले किसिम-किसिमका वरदानको जिम्मा पाएका छन्। आफूले पाएको विशेष वरदान अरूको भलाइको लागि चलाओ।
11
बोल्ने वरदान पाउनेले परमेश्वरको वचन बोलोस्, सेवा गर्नेले परमेश्वरको शक्तिले सेवा गरोस्। त्यसरी येशू ख्रीष्टमा सबै कुराबाट परमेश्वरकै महिमा होस्। सधैँभरि उहाँकै शक्ति र महिमा होस्! आमेन।
12
दु:ख-कष्टद्वारा तिमीहरूको जाँच भइरहेको छ तर यो कुनै नहुने कुरा भयो भनेर अचम्म नमान।
13
तर ख्रीष्टको दु:खमा सहभागी भएका छौ भनी आनन्द मनाओ र उहाँको ठूलो महिमा प्रकट हुँदा तिमीहरू खुसी मनाउन सक्छौ।
14
ख्रीष्टमा विश्वास गर्दा तिमीहरूको बेइज्जती हुन्छ भने आफैंलाई धन्यको सम्झ किनभने परमेश्वरका महिमित आत्मा तिमीहरूमा वास गर्नुभएको छ।
15
तिमीहरू कसैले पनि दु:ख पाउँछौ भने ज्यानमारा, चोर, अपराधी वा अर्काको काममा हात हाल्ने भएर दु:ख नपाओस्।
16
तर ख्रीष्टमा विश्वास गरेकोले दु:ख भोग्नुपर्दा लाज नमान। तर ख्रीष्टको नाउँ लिन पाउँदा परमेश्वरलाई धन्यवाद देओ।
17
न्याय हुने बेला भइसक्यो। न्याय परमेश्वरको आफ्नै मानिसबाट सुरु हुन्छ। हाम्रो त न्याय गरिन्छ भने परमेश्वरको सुसमाचारलाई नै विश्वास नगर्नेको झन् कस्तो न्याय होला?
18
धर्मशास्त्रले भन्छ, “असल मानिसलाई बचाउन त मुस्किल पर्छ भने परमेश्वरै नमान्ने पापी मानिसको गति त झन् के होला?”
19
यसकारण परमेश्वरको इच्छामा दु:ख भोग्नेले राम्रो काम गर्न नछोडी पूरै सृष्टि गर्नुहुने परमेश्वरमा भर पर्नुपर्दछ। उहाँले आफ्नो प्रतिज्ञा सधैँ पूरा गर्नुहुन्छ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
All chapters:
1
2
3
4
5