bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Galatians 1
Galatians 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 2 →
1
प्रेरित हुनलाई म पावल मानिसबाट होइन तर येशू ख्रीष्ट र उहाँलाई मरेकाबाट बिउँताउने परमेश्वर पिताबाट नै बोलाइएको हुँ।
2
म र मसँग हुने सबै दाजुभाइका तर्फबाट गलातीको मण्डलीलाई यो पत्र लेख्दै छु।
3
परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्।
4
उहाँ नै यस दुष्ट युगबाट हामी बाँचौं भनी परमेश्वर पिताको आज्ञा मानेर हाम्रो पापको साटोमा बलि हुनुभयो।
5
परमेश्वरको सधैँभरि जय-जयकार होस्। आमेन।
6
म तिमीहरूदेखि छक्क परेको छु यति चाँडै ख्रीष्टको अनुग्रह ल्याउने सुसमाचारलाई छोडेर अरू नै सुसमाचार खोज्दै छौ।
7
साँच्चै अरू कुनै सुसमाचार छैन तर म तिमीहरूलाई ख्रीष्टको सुसमाचारलाई बङ्ग्याउने मानिसहरूले गर्दा यो कुरो भन्दै छु।
8
हामीले सुसमाचार प्रचार गर्यौं तर यसको उल्टा कसैले प्रचार गर्छन् भने चाहे स्वर्गदूत हुन्, चाहे हामीहरू नै हौं, नरकमै परून्।
9
मैले यो कुरो अघि पनि भनेको हुँ र अहिले पनि भन्दै छु, तिमीहरूले मानेका सुसमाचारको उल्टो सिकाउनेचाहिँ नरकमै परोस्।
10
यसो भनेर के म मानिसलाई खुसी पार्नतिर लाग्दै छु? अहँ, होइन, म परमेश्वरलाई खुसी पार्न चाहन्छु। के म मानिसको प्यारो हुन खोज्दै छु? यदि म यसो गर्दछु भने म ख्रीष्टको सेवक होइनँ।
11
दाजुभाइहरू, म तिमीहरूलाई भन्दछु, मैले प्रचार गरेको सुसमाचार कुनै मानिसले उब्जाएको होइन।
12
मैले यो कुनै मान्छेबाट पाएको होइन, कसैले मलाई यो सिकाएको होइन। तर यो येशू ख्रीष्ट आफैंले मलाई प्रकट गर्नुभएको हो।
13
म इस्राएली धर्मको भक्त हुँदा मेरो चालचलन तिमीहरूलाई थाहा भएकै हो। त्यस बेला कसरी मैले दया नै नराखी परमेश्वरको मण्डलीलाई सताएँ अनि सकेसम्म यसलाई नाश गरें।
14
म त्यसबेला इस्राएली धर्म मान्नेहरूमा मेरै दौंतरहरूका कट्टर अगुवा थिएँ। मेरा पुर्खाको रीतिथितिलाई म मरिमेटेर मान्दथें।
15
तर परमेश्वरले आफ्नो खुसीले म जन्मिनुभन्दा अघि नै मलाई अलग गर्नुभयो र आफ्नै काम गर्न बोलाउनुभयो।
16
उहाँले नै मबाट अरू जातिमा सुसमाचार प्रचार होस् भनेर आफ्नो पुत्रलाई मकहाँ प्रकट गर्नुभयो। त्यस बेला म कुनै मानिससँग सोधखोज गर्नतिर लागिनँ।
17
मभन्दा अघिका प्रेरितहरूसँग सल्लाह माग्न म यरूशलेम गइनँ। तर म झट्टै अरब देश गएँ र दमस्कसमै फर्किएँ।
18
तीन वर्षपछि मात्र म पत्रुसलाई भेट्न यरूशलेम गएँ र सँगै त्यहाँ पन्ध्र दिन बसें।
19
मैले त्यहाँ प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई भेटिनँ।
20
मैले लेखेको कुरा साँचो हो र म परमेश्वरको अगाडि ढाँट्दिनँ।
21
पछि म सिरिया र किलिकियाका गाउँहरूमा गएँ।
22
त्यस बेलासम्म यहूदिया मण्डलीका दाजुभाइहरूले मलाई देखेकै थिएनन्।
23
मेरो बारेमा यस्तो सुनेका मात्र थिए, “हामीलाई खेदो गर्ने मानिसले अचेल आफैंले मास्न खोजेको विश्वास नै प्रचार गर्दै छ रे”
24
यसरी उनीहरूले म बदलिएकोमा परमेश्वरको प्रशंसा गरे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 2 →
All chapters:
1
2
3
4
5
6