bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Galatians 5
Galatians 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 6 →
1
ख्रीष्टले हामीलाई स्वतन्त्र गराउनुभएको हो। त्यसो हुँदा तिमीहरू स्वतन्त्र मानिस हौ अनि आफ्नो स्वतन्त्रता जोगाइराख। कहीं फेरि कमारो हुन नपरोस्।
2
सुन म पावल आफैंले तिमीहरूलाई भन्दै छु, तिमीहरू खतना लगाउने व्यवस्था मान्छौ भने तिमीहरूको लागि ख्रीष्टको त केही कामै भएन।
3
हो, म खतना लाउनुपर्छ भन्नेलाई भन्दछु, तिनीहरूलाई पूरै व्यवस्था मान्न कर लाग्छ।
4
व्यवस्था मानेर परमेश्वरको अघि ठीक हुन खोज्ने जति तिमीहरू ख्रीष्टबाट अलग भएका छौ। परमेश्वरको अनुग्रहबाट टाढा भएका छौ।
5
परमेश्वरको आत्माले नै हामीलाई विश्वासबाट परमेश्वरका अघि ठीक ठहरिने आशाको बाटो हेर्न लाउनुहुन्छ।
6
खतना गरे पनि, नलाए पनि ख्रीष्ट येशूमा केही फरक हुँदैन। तर चाहिने कुरो त प्रेमद्वारा काम गर्ने विश्वास हो।
7
हुन त तिमीहरू त ठीकै दौडँदै थियौ। कसले तिमीहरूलाई सत्य मान्नदेखि रोक्यो?
8
यो काम त तिमीहरूलाई बोलाउनुहुने परमेश्वरले गर्नुभएको होइन।
9
थोरै खमिरले मुछेको जम्मै पिठोलाई फुल्ने बनाउँछ।
10
हामी सबै प्रभुसँग भएकोले तिमीहरू अर्कैतिर लाग्नेछैनौ भन्ने मलाई विश्वास लागेको छ। तिमीहरूलाई अल्मल्याएर कुबाटो लाउनेलाई जोसुकै भए पनि परमेश्वरले सजाय दिनुहुनेछ।
11
दाजुभाइहरू, म खतना लाउनैपर्छ भनेर प्रचार गर्छु भने किन मैले अझै खेदो भोग्ने? यो कुरो साँचो भए क्रूसको बलिदानको प्रचारमा कसैले विरोध गर्ने थिएनन्।
12
तिमीहरूलाई अन्योलमा पार्नेहरूले त खतना मात्रै किन लाउनू, बरु अरू पूरै अङ्ग काट्नू नि।
13
दाजुभाइहरू, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ। तर यो स्वतन्त्रता शारीरिक स्वभावअनुसार चल्ने नबनोस्। प्रेमले एक-अर्काको भलाइ गर
14
किनभने सबै व्यवस्थाको सार एउटै आज्ञामा छ, “आफैंलाई झैँ आफ्ना छिमेकीलाई प्रेम गर।”
15
तिमीहरू आपसमै जङ्गली पशुझैँ टोक्ने र चिथोर्ने गर्छौ भने होश राख, नत्रता एकले अर्कालाई खतम गर्नेछौ।
16
यसैले म भन्दछु, पवित्र आत्माले भनेअनुसार हिंड र आफ्नो शारीरिक स्वभावको इच्छा पूरा गर्नेछैनौ
17
किनभने शारीरिक स्वभावको इच्छा आत्माको अनि आत्माको इच्छाले शारीरिक स्वभावको विरोध गर्दछ। यी दुवै एक-अर्काका शत्रु हुन् र तिमीहरूले गर्न खोजेका कुरा हुन पाउँदैन।
18
तर तिमीहरू आत्माले भनेझैँ हिंड्छौ भने तिमीहरू व्यवस्थाका अधीनमा छैनौ।
19
शारीरिक स्वभावका कामहरू यिनै हुन्— व्यभिचार गर्नु, अशुद्ध सोच-विचार गर्नु, छाडा हुनु,
20
मूर्ति पुज्नु, जादू-टुना गर्नु, दुश्मनी गर्नु, झगडा गर्नु, ईर्ष्या गर्नु, रिस गर्नु, आफ्नो मात्रै भलो खोज्नु, फाटो ल्याउनु, गुटबन्दी गर्नु,
21
डाहा गर्नु, मात्नु, मोज-मज्जा गर्नु र यस्तै-यस्तै अरू काम गर्नु। त्यस्ता कामहरू गर्ने परमेश्वरको राज्यका हकदार हुन पाउनेछैनन् भनी मैले पहिले पनि चेतावनी दिएँ र अहिले पनि दिंदै छु।
22
पवित्र आत्माका फलचाहिँ यी हुन्— प्रेम गर्नु, आनन्दित हुनु, मेलमिलाप गर्नु, मन थाम्नु, दया गर्नु र भलाइ गर्नु,
23
भरपर्दो हुनु र नम्र हुनु, आफूलाई वशमा राख्नु, यिनीहरूको विरोधमा कुनै नियम छैन।
24
ख्रीष्ट येशूको मानिसले आफ्नो इच्छा र माया मोह क्रूसमा आफ्नो शारीरिक स्वभावसँगै मारेको हुन्छ।
25
यदि हामी पवित्र आत्माले जिउँछौं भने उहाँले भनेअनुसार चल्नुपर्छ।
26
हामीले एक-अर्कासँग घमण्ड गर्ने, रिस उठाउने र डाहा गर्ने काम गर्नुहुँदैन।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 6 →
All chapters:
1
2
3
4
5
6