bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Galatians 3
Galatians 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 4 →
1
हे अबुझ गलातीहरू, तिमीहरूलाई कसले मोहनी लगायो? तिमीहरूकै आँखाका अगाडि येशू ख्रीष्ट क्रूसमा मर्नुभएको बारेमा सबै कुरा बताइएको थियो।
2
तिमीहरूबाट एउटा कुरो बुझ्न चाहन्छु, व्यवस्थाले भनेझैँ गरेर के तिमीहरूले परमेश्वरको आत्मा पाएका हौ? कि सुसमाचार सुनेर विश्वास गर्दा पाएका हौ?
3
तिमीहरू किन यति अबुझ भएका? तिमीहरू परमेश्वरको आत्माबाट सुरु भयौ, अब आफ्नै शारीरिक स्वभावमा टुङ्गिन चाहन्छौ।
4
के तिमीहरूले व्यर्थैमा धेरै दु:ख भोग्यौ त? होइन।
5
परमेश्वरले आत्मा दिएर तिमीहरूका माझमा अचम्मको काम गर्नुभयो। के यो तिमीहरूले व्यवस्था मानेकोले भएको हो कि सुसमाचार सुनेर विश्वास गरेकोले हो?
6
अब्राहामले त परमेश्वरमा विश्वास गरे अनि परमेश्वरले उनलाई ठीक ठहराउनुभयो।
7
त्यसो हुँदा विश्वास गर्नेहरू नै अब्राहामका साँचो सन्तान हुन् भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ।
8
अघि नै धर्मशास्त्रमा अरू जातिका मानिसहरू पनि विश्वासद्वारा परमेश्वरको सामु ठीक ठहरिन्छन् भन्ने लेखिएको थियो। त्यसैकारण अब्राहामलाई उहिले नै सुसमाचार यसरी सुनाइयो, “तिमीबाटै पृथ्वीमा हुने सबै जातिका मानिसलाई परमेश्वरको आशिष् मिल्नेछ।”
9
अब्राहामले विश्वास गरेर आशिष् पाए। यसरी नै अरूले पनि विश्वास गरेर आशिष् पाउनेछन्।
10
व्यवस्था मान्नेहरूचाहिँ सरापको अधीनमा बस्तछन् किनभने धर्मशास्त्रले भन्दछ, “व्यवस्थामा लेखे जति सबै कुरा पूरै नमान्नेहरूमाथि सराप पर्नेछ।”
11
त्यसो हुँदा अब व्यवस्थाबाट कोही पनि परमेश्वरको अगाडि ठीक ठहरिंदैन किनभने धर्मशास्त्रमा लेखिएको छ, “विश्वासबाट परमेश्वरको अगाडि ठीक ठहरिने मानिस नै जिउनेछ,”
12
तर व्यवस्था विश्वासको कुरो होइन। तर धर्मशास्त्रमा लेखिएको छ, “व्यवस्था पालन गर्ने त्यसैबाट जिउनेछ।”
13
ख्रीष्टले हाम्रा लागि सराप बोक्नुभयो अनि व्यवस्थाको सरापबाट हामीलाई छुटकारा दिनुभएको छ। धर्मशास्त्रले भन्दछ, “रूखमा झुन्ड्याइनेले सराप पाएको हुन्छ।”
14
यसैले ख्रीष्टबाट अब्राहामको आशिष् अरू जातिका मानिसलाई मिल्दछ अनि विश्वासद्वारा परमेश्वरले प्रतिज्ञा गरेको आत्मा हामी पाउन सक्छौं।
15
दाजुभाइहरू, उदाहरणको लागि मान्छेकै कुरा गरौं। दुई जना मानिसले पनि कुनै कुरामा सहीछाप गरे भने पछि उसले कुनै कुरो पनि थप्न वा घटाउन सक्दैन।
16
यहाँ पनि परमेश्वरले अब्राहामलाई एउटा मात्रै सन्तानको प्रतिज्ञा गर्नुभयो। धेरै जना होइन, एउटा मात्रै भनिएको छ। एउटा मात्रै सन्तान भनेको ख्रीष्ट हुनुहुन्छ।
17
मैले भन्न खोजेको कुरा यो हो, आफूले प्रतिज्ञा गरेको कुरामा परमेश्वरले सहीछाप गरिसक्नुभएको छ। तर चार सय तीस वर्षपछि आएको व्यवस्थाले सही छापलाई मेटेर उहाँको प्रतिज्ञा खारेज गर्न सक्दैन।
18
परमेश्वरले दिन्छु भनेको हक व्यवस्था पालन गरेर पाइने हो भने त त्यो प्रतिज्ञा नै भएन। तर यो त परमेश्वरले प्रतिज्ञा गरेर अब्राहामलाई दिइसक्नुभएको छ।
19
त्यसो भए व्यवस्था किन दिइयो त? पाप चिनाउन दिइयो अनि प्रतिज्ञा गरेको अब्राहामका सन्तान नआउञ्जेल यसको काम पर्यो। व्यवस्था स्वर्गदूतहरूले मध्यस्थद्वारा दिए।
20
मध्यस्थ हुन दुई पक्ष चाहिन्छ तर परमेश्वर एक हुनुहुन्छ।
21
त्यसो भए के व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरोधी हो? अँहँ, होइन। मानिसले जीवन पाओस् भनेर व्यवस्था दिएको भए, व्यवस्थाले नै मानिसलाई परमेश्वरको अगाडि ठीक ठहराउने थियो।
22
येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई प्रतिज्ञा गरेको आशिष् विश्वास गर्नेहरूले नै पाऊन् भनेर सारा संसार पापको कैदमा छ भनी धर्मशास्त्रले बताउँछ।
23
ख्रीष्टभन्दा अघि विश्वास प्रकट नहुञ्जेलसम्म व्यवस्थाले नै हामी सबैलाई हेरविचार गरेर राखेको थियो।
24
विश्वासद्वारै परमेश्वरका सामु ठीक ठहरिनलाई ख्रीष्ट आउनुभन्दा अघि व्यवस्था हाम्रो गुरु भयो।
25
तर विश्वास आएकोले अब हामीलाई त्यस गोठालाले हेर्नुपर्दैन।
26
कारण विश्वासबाटै येशू ख्रीष्टमा तिमीहरू सबै परमेश्वरका सन्तान भएका छौ।
27
ख्रीष्टमा बप्तिस्मा पाउनेले ख्रीष्टलाई नै पहिरेको छ।
28
यसैकारण येशू ख्रीष्टमा इस्राएली र अरू जाति, कमारा र फुक्का अनि लोग्ने मान्छे र स्वास्नी मान्छे हुँदैन, सबै एकै हौं।
29
तिमीहरू ख्रीष्टका हौ भने अब्राहामका सन्तान हौ र परमेश्वरले प्रतिज्ञा गर्नुभएको धनको हकवाला पनि हौ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 4 →
All chapters:
1
2
3
4
5
6