bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Galatians 6
Galatians 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
1
दाजुभाइहरू, कसैले नराम्रो काम गरेको भेटियो भने आत्मामा जिउने तिमीहरूले नम्र भएर उसलाई सुधार्नुपर्छ। यसमा आफैं पनि नराम्रो काममा नफसिओस् भनेर होशियार हुनुपर्छ।
2
एक-अर्काको भार उठाउने गर। यस्तै गरेर ख्रीष्टको व्यवस्था तिमीहरूले पूरा गर्नेछौ।
3
यदि कसैले आफूलाई केही हुँ भन्ने सम्झन्छ तर आफू केही होइन भने उसले आफैंलाई ठग्दछ।
4
सबैले आ-आफ्नो चालचलनलाई आफैंले जाँचेर हेर्ने गर। राम्रो भए आफूले गरेको कुरामा रमाऊ, तर अरूले भन्दा राम्रो गर्छु भनेरचाहिँ नफुल
5
किनभने सबैले आफ्नो बोझ आफैं बोक्नुपर्छ।
6
शिक्षा पाउनेले शिक्षकसँग सबै असल कुरा बाँडोस्।
7
आफैंलाई धोखा नदेओ। परमेश्वरलाई कसैले पनि ठग्न सक्नेछैन। मानिसले जेको खेती लाउँछ, त्यसैको बाली उठाउँछ।
8
यदि कसैले शारीरिक स्वभावको खेती लाउँछ भने मृत्युको बाली उठाउनेछ। आत्माको खेती गर्नेले आत्माबाट नै अजम्मरी जीवनको बाली उठाउँछ।
9
भलाइ गर्न नथाकौं किनभने यसमा लागिरह्यौं भने समयमा यसको फल हामीले पाउनेछौं।
10
यसकारण मौका मिल्नासाथ हामीले सबैको भलाइ गर्नुपर्छ, खासगरी ख्रीष्टमा विश्वास गर्नेहरूका घरानाको मानिसहरूलाई भलाइ गर्नुपर्छ।
11
मैले आफ्नै हातले ठूला-ठूला अक्षरमा तिमीहरूलाई यो लेखेको छु।
12
बाहिरी देखावटी कुरा चाहनेहरूले नै खतना चाहिन्छ भनी तिमीहरूलाई कर लाउँछन्। यो कुरो उनीहरू क्रूसमा दिएको ख्रीष्टको बलिदानले गर्दा खेदो आइनपरोस् भनेर जोगिनलाई मात्र भन्दछन्।
13
खतना लिनेहरू आफैं पनि व्यवस्थाले भनेझैँ गर्दैनन्। तर खतनाको रीति पालन गर्न लाग्यौं भनी घमण्ड गर्न मात्र उनीहरू तिमीहरूलाई गर्न लगाउँछन्।
14
तर मचाहिँ अरू कुरामा होइन, येशू ख्रीष्टको क्रूसमा मात्र घमण्ड गर्छु। उहाँको क्रूसले गर्दा मेरो लागि संसार मरेको छ र संसारको लागि म मरेको छु।
15
खतना लाए पनि, नलाए पनि केही हुँदैन, तर नयाँ सृष्टि हुनुचाहिँ मुख्य कुरो हो।
16
यस कुरालाई जीवनमा पालन गर्ने जति र परमेश्वरका सबै जनमाथि शान्ति र दया रहोस्।
17
अब मलाई यस कुरामा कसैले दु:ख नदेओस्। येशूको कमारो हुँ भनी देखाउने चोटका दागहरू मैले मेरो शरीरमा बोकेको छु।
18
हे दाजुभाइहरू, तिमीहरूको आत्मामा प्रभु येशू ख्रीष्टको अनुग्रह रहोस्। आमेन।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
All chapters:
1
2
3
4
5
6