bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Galatians 4
Galatians 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 5 →
1
तर म भन्छु, हकवाला पनि नाबालक छउन्जेल बुबाको धनको मालिकै भए पनि कमारो जतिकै मात्र हुन्छ।
2
बुबाले हेर-विचारमा राखुन्जेल ऊ अर्काकै अधीनमा रहन्छ।
3
हामी पनि नाबालकजस्तै थियौं, संसारका आत्माहरूको अधीनमा थियौं।
4
तर समय पूरा भएपछि परमेश्वरले आफ्नो छोरालाई पठाउनुभयो। उहाँ स्वास्नी-मान्छेको कोखबाट जन्मिएर आउनुभयो र यहूदी व्यवस्थाको अधीनमा जन्मनुभयो।
5
व्यवस्थाका अधीन हुनेहरू त्यसबाट छुटकारा पाएर परमेश्वरका छोरा-छोरी हुन सकून् भनेर नै उहाँ व्यवस्थाको अधीनमा हुनुभयो।
6
हामी परमेश्वरकै सन्तान हौं भनी देखाउन उहाँले आफ्ना छोराको आत्मा हाम्रो हृदयमा राखिदिनुभएको छ। त्यही आत्माले हाम्रा हृदयबाट “हे अब्बा, हे बुबा,” भन्नुहुन्छ।
7
यसकारण तिमीहरू अब कमारा होइनौ, परमेश्वरका छोरा हौ। छोरा हौ भनेता परमेश्वरले तिमीहरूलाई हकवाला पनि बनाउनुहुन्छ।
8
तिमीहरूले परमेश्वरलाई नचिनेर देवताहरूलाई पुज्दथ्यौ, जो परमेश्वर होइनन्।
9
तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ अथवा यसो भनौं, परमेश्वरले तिमीहरूलाई चिन्नुभएको छ र अब कसरी ती पुरानै कमजोर बेकम्मा आत्माहरूकहाँ फर्की जान चाहन्छौ? तिमीहरू फेरि किन तिनीहरूको कमारा बन्न चाहन्छौ?
10
तिमीहरू विशेष दिन, महिना, ऋतु र साललाई पवित्र ठान्ने रीतिथिति पो मान्दछौ।
11
मलाई चिन्ता लागेको छ। के मैले तिमीहरूका लागि व्यर्थै दु:ख गरें?
12
दाजुभाइहरू, म बिन्ती गर्दछु, तिमीहरू पनि मजस्तै होइदेओ किनभने म पनि त तिमीहरूजस्तै भइदिएको छु। तिमीहरूले मलाई केही नराम्रो गरेका छैनौ।
13
तिमीहरूलाई थाहै छ, सबैभन्दा पहिले तिमीहरूकहाँ सुसमाचार सुनाउँदा म बिरामी थिएँ।
14
त्यस बेला मेरो बिमारले तिमीहरूलाई अप्ठ्यारो पारेको थियो र पनि तिमीहरूले मलाई छि:छि: र दूर-दूर गरेनौ। तर उल्टै तिमीहरूले त परमेश्वरको दूतलाई र ख्रीष्टलाई झैँ मलाई स्वागत गर्यौ।
15
अहो, त्यस बेला तिमीहरू कति खुसी थियौ, सम्भव भए त्यस बेला तिमीहरूले आफ्ना आँखा निकालेर मलाई दिनुपरे पनि दिन तयार थियौ। म यसको साक्षी छु। तर अहिले के भयो?
16
अहिले म साँचो कुरा बोलेर के तिमीहरूको शत्रु भएँ?
17
अरू मानिसहरूले पनि तिमीहरूमा ठूलो चासो देखाउँदछन्। तर राम्रो चिताएर त होइन। उनीहरू मबाट तिमीहरूलाई फुट गराएर आफैंतिर तान्न चाहन्छन्।
18
म तिमीहरूसँग हुँदा मात्र होइन नहुँदा पनि सधैँ राम्रो कुरामा जोशिलै हुनु असल हो।
19
मेरा बालकहरू, तिमीहरूमा ख्रीष्टको स्वभाव नबनिएसम्म व्यथा लागेकी सुत्केरीजस्तै दु:ख मलाई लागिरहन्छ।
20
अहिले नै म त्यहाँ भए मैले यसरी कुरा गर्नुपर्ने थिएन। तर टाढाबाट मैले के गर्ने? म अन्योलमा परेको छु।
21
व्यवस्थाको अधीनमा बस्न चाहनेहरूलाई म सोध्छु। के तिमीहरू व्यवस्थाका कुरा सुन्दैनौ?
22
यसले भन्छ, अब्राहामका दुईटा छोरा थिए, एउटा कमारी पत्नीपट्टिको, अर्कोचाहिँ स्वतन्त्र पत्नीपट्टिको।
23
कमारीपट्टिको शरीरको इच्छाले जन्मिएको थियो तर स्वतन्त्र पत्नीपट्टिको चाहिँ परमेश्वरको प्रतिज्ञाको फल थियो।
24
यसैबाट हामी बुझ्न सक्छौं, ती दुईटी स्त्रीहरूले परमेश्वरसँगको दुई करारलाई बुझाउँछन्। सीनै पर्वतको व्यवस्थाको पुरानो करारचाहिँ कमारी हागार हो। यसका सन्तानहरू नै कमाराहरू हुन्।
25
अरब देशको सीनै पर्वतचाहिँ कमारी हागारजस्तै हो। व्यवस्था मान्ने अहिलेको यरूशलेम र त्यसपछि लाग्ने जति सबै मानिस कमारीका सन्तानझैँ छन्।
26
तर स्वर्गको यरूशलेम त स्वतन्त्र छ अनि हामी स्वतन्त्र यरूशलेम आमाका सन्तान हौं।
27
धर्मशास्त्रले पनि भन्दछ, “छोरा-छोरी जन्माउनुनपर्ने बाँझी हो खुसीले रमाऊ, सुत्केरी व्यथा थाहा नपाउने हो, खुसीले कराऊ किनभने लोग्ने हुनेभन्दा नहुनेका धेरै सन्तान हुनेछन्।”
28
दाजुभाइ हो, हामीहरू इसहाकजस्तै परमेश्वरले प्रतिज्ञा गर्नुभएका सन्तान हौं।
29
शरीरको इच्छाअनुसार जन्मिने छोराले परमेश्वरको आत्माअनुसार जन्मिएको छोरालाई खेदो गर्यो र अझै पनि त्यस्तै छ।
30
तर धर्मशास्त्रले के भन्छ? “कमारी र उसको छोरालाई फालिदेओ किनभने कमारीको छोराले स्वतन्त्र स्त्रीबाट जन्मेको छोरासँग कुनै हक पाउँदैन।”
31
यसैकारण प्रिय दाजुभाइहरू, हामी कमारीका सन्तान होइनौं, तर स्वतन्त्र आमाका सन्तान हौं।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 5 →
All chapters:
1
2
3
4
5
6