bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Lamentations 1
Lamentations 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
1
एक समय मानिसहरूले भरिएको यरूशलेम, अब कस्तो सुनसान भएको छ! एक समय संसारले इज्जत गरेको, अब त्यो विधवाजस्तै भएको छ; सहरहरूकी राजकुमारी दासत्वमा परेकी छे।
2
रातभरि त्यो धुरुधुरु रुन्छे; त्यसका गालामा आँसु बगिरहन्छ। त्यसका अघिका सबै साथीहरूमध्ये त्यसलाई सान्त्वना दिने कोही पनि छैन। त्यसका साथीहरूले त्यसलाई विश्वासघात गरेका छन् र अब सबै नै त्यसका विरोधमा छन्।
3
यहूदाका मानिसहरू असहाय दासहरू भएका छन्, घर-घरबाट जबरजस्ती लगिएका छन्। तिनीहरू अर्काको देशमा रहन्छन्। तिनीहरूको आफ्नो ठाउँ भन्नु कहीँ छैन। शत्रुहरूद्वारा घेरिएका छन्, कुनै भाग्ने बाटो छैन।
4
अब पवित्र दिनहरूमा आराधना गर्न मन्दिरमा कोही पनि आउँदैन। केटीहरूले त्यहाँ दु:खका गीत गाउँदछन् र पूजाहारीहरूले सुस्केरा मात्र मार्दछन्। सहरका मूल-ढोकाहरू रित्ता भएका छन् र सियोनचाहिँ वेदनामा परेको छ।
5
त्यसका शत्रुहरू सफल भएका छन्; तिनीहरूले त्यसलाई अधिकारमा पारेका छन्। परमप्रभुले त्यसलाई त्यसका धेरै पापहरूले गर्दा दु:खमा पार्नुभएको छ; त्यसका सन्तानहरू कैद गरेर लगिएका छन्।
6
अघिको यरूशलेमको गौरव अब गइसकेको छ। त्यसका अगुवाहरू भोकाएका मृगहरूझैँ दुर्बल भएका छन्। तिनीहरू कमजोर भएर खेद्नेहरूबाट भागेका छन्।
7
यरूशलेमको आफ्नो नाश भएको दिनमा त्यसले पहिलेको गौरवको सम्झना गर्दछ। जब त्यो शत्रुको हातमा पर्यो, त्यसलाई सहायता गर्ने कोही पनि थिएन; त्यसलाई विजय गर्नेहरूले त्यसको पतन भएकोमा ठट्टा गरे।
8
त्यसको इज्जत हराएको छ; त्यो नाङ्गो भएको छ र त्यो घृणित भएको छ। त्यसले सुस्केरा मार्छ र लाजले आफ्नो मुख लुकाउँछ। यरूशलेमले घोर पाप गर्यो, यसैले त्यो आफैं अशुद्ध भएको छ।
9
त्यसको अशुद्धपना छर्लङ्गै देखिन्थ्यो। तर त्यसले आफ्नो आउने दुर्दिनको लागि वास्ता नै गरेन। त्यसको पतन भयङ्कर थियो; त्यसलाई सान्त्वना दिने कोही पनि थिएन। “हे परमप्रभु, मलाई दया गर्नुहोस् किनभने मेरा शत्रुहरू विजयी भएका छन्,” भनी त्यसले पुकार्छे।
10
त्यसका शत्रुहरूले त्यसका सबै धन-सम्पत्ति लुटे। तिनीहरू मन्दिरमा पसेका त्यसले देखी, जहाँ अन्यजातिहरू पस्न परमप्रभुले मनाही गर्नुभएको थियो।
11
त्यसका सबै मानिसहरू सुस्केरा मार्दै अन्नको खोजीमा छन्, आफ्ना धन-सम्पत्ति खानेकुरासित साट्दछन्। “हे परमप्रभु, मलाई हेर्नुहोस्, मेरो कष्टमा मलाई हेर्नुहोस्,” भनी त्यस सहरले पुकार्दछ।
12
यताबाट भएर जाने बटुवाहरू सबैलाई “मलाई हेर्नुहोस्!” भनी त्यसले पुकार्छ। “आफ्नो भयानक क्रोधको दिनमा परमप्रभुले मलाई दिनुभएको कष्टजस्तै अरू कसैलाई कहिल्यै कष्ट भएको छ र?
13
“उहाँले माथिबाट आगो झारिदिनुभयो; त्यो आगो मभित्र सल्कियो। उहाँले मेरो निम्ति जाल फिंजाउनुभयो र मलाई त्यहीं ठाउँमा फर्काउनुभयो। अनि उहाँले मलाई उजाड पार्नुभयो र अटुट कष्टमा नै छोड्नुभयो।
14
“उहाँले मेरा सबै पापहरू लेखेर राख्नुभएको छ र ती कुरालाई बाँधिराख्नुभएको छ; उहाँले ती कुरालाई मेरो घाँटीमा झुण्ड्याइदिनुभयो र त्यसको भारले म निर्बल भएको छु। प्रभुले मलाई मेरा शत्रुहरूका हातमा पारिदिनुभएको छ र तिनीहरूको सामना गर्न म असहाय भएको छु।
15
“प्रभुले मेरा सबैभन्दा बलिया सबै सेनाहरूलाई तुच्छ ठान्नुभयो; उहाँले मेरा यूवाहरूलाई नष्ट पार्न फौज पठाउनुभयो। उहाँले मेरा मानिसहरूलाई कोलमा दाख पेलेझैँ चकनाचुर पार्नुभयो।
16
“त्यसकारण मेरा आँखाबाट आँसुको धारा बहिरहन्छ। मलाई सान्त्वना दिने कोही पनि छैन; मलाई साहस दिन सक्ने कोही पनि छैन। शत्रु ममाथि विजयी भएको छ; मेरा मानिसहरू कोही पनि रहेनन्।
17
“म मेरा हातहरू फैलाउँदछु तर मलाई सहायता गर्ने कोही पनि छैन। परमप्रभुले मेरो विरुद्धमा उठ्न चारैतिरबाट शत्रुहरूलाई हुकुम गर्नुभएको छ; तिनीहरूले मलाई मैला थाङ्नाझैँ व्यवहार गर्छन्।
18
“तर परमप्रभु न्यायी हुनुहुन्छ किनभने म उहाँको अनाज्ञाकारी भएको छु, तर हे सबै मानिसहरू, मेरा कुरा सुन र मेरो कष्टलाई हेर। मेरा युवक र युवतीहरू कैदमा लगिएका छन्।
19
“मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई सहायता गर्न अस्वीकार गरे। तिनीहरूले बाँच्नको लागि अन्न खोजेर नपाउँदा पूजाहारीहरू र अगुवाहरू सहरका बाटाहरूमै भोकले मरे।
20
“हे परमप्रभु हेर्नुहोस्, म दु:खमा परेको छु। मेरो प्राण मभित्र मडारिन्छ, मेरो हृदय आफ्ना पापहरूको कारणले चुर्ण भएको छ। सडकहरूमा हत्या हुन्छ; घरभित्र पनि मृत्यु हुँदछ।
21
मेरा सुस्केरालाई सुन्नुहोस्; मलाई सान्त्वना दिने कोही पनि छैन। तपाईंले ममाथि ल्याइदिनुभएको विपत्तिको कारणले गर्दा मेरा शत्रुहरू खुसी छन्। तपाईंले प्रतिज्ञा गर्नुभएको दिन ल्याउनुहोस्; मेरा शत्रुहरूले पनि मजस्तै दु:ख भोगून्।
22
“तिनीहरूका सबै दुष्ट कामहरूका कारणले तिनीहरूलाई दोषी ठहर्याउनुहोस्। मेरा पापहरूको कारण तपाईंले मलाई दण्ड दिनुभएझैँ तिनीहरूलाई पनि दण्ड दिनुहोस्। म कष्टले सुस्केरा मार्दछु र म मनको रोगी छु।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
All chapters:
1
2
3
4
5
Recommended Reading
Commentary
Lamentations Commentaries
→
Devotional
Lamentations Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→