bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Lamentations 4
Lamentations 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
1
हाम्रो चम्कने सुन फिक्का भएको छ; मन्दिरका ढुङ्गाहरू सडकमा छरपष्ट फ्याँकिएका छन्।
2
हाम्रो निम्ति सियोनका जवान छोराहरू सुनझैँ बहुमूल्य थिए, तर अब तिनीहरू साधारण माटाका भाडाहरूजस्तै गनिएका छन्।
3
माउ ब्वाँसाले पनि आफ्ना बच्चालाई दूध चुसाउँछन्, तर मेरा प्रजा जङ्गलका शुतुरमुर्गझैँ निष्ठुर भएका छन्।
4
तिनीहरूले आफ्ना शिशुहरूलाई भोक र तिर्खाले मर्न दिन्छन्; बालकहरूले खानेकुरा माग्दछन्, तर कसैले केही पनि दिंदैनन्।
5
एक समय मीठा-मीठा भोजन खाने मानिसहरू खानेकुराको अनिकालले गल्ली-गल्लीमा मर्दछन्। तिनीहरूले जो सुख-विलासमा हुर्केका थिए, अब फोहरको घुर्यानमा खानेकुरा खोज्छन्।
6
मेरा प्रजाको दण्ड सदोमका बासिन्दाहरूको भन्दा ठूलो भएको छ, जसलाई कसैको सहायताबिना क्षणभरमा नै फ्याँकियो।
7
हाम्रा राजकुमारहरू निष्कलङ्क र हिउँझैँ सेता थिए, ओजस्वी, बलिया र सुन्दर स्वस्थ्यका थिए।
8
अब तिनीहरूको रूप मोसोभन्दा कालो भयो; तिनीहरू गल्लीहरूमा पनि चिनिदैनन्। तिनीहरूको छाला हड्डीमा टाँसिएको छ; काठझैँ त्यो सुख्खा भएको छ।
9
भोकले मर्नेहरूभन्दा लडाइँमा तरवारले मर्नेहरू झन् असल हुन्छन्। जमिनका फलको अभावले तिनीहरू भोकाएर सुक्दैजान्छन्।
10
कोमल हृदय भएका आमाहरूले आफ्नै हातले आफ्ना बालकहरूलाई पकाए। मेरा प्रजाको सर्वनाशमा तिनीहरूका बालकहरू नै आफ्नो भोजन भए।
11
परमप्रभुले आफ्नो क्रोध पूरै देखाउनुभयो; उहाँले सियोनमा आगो सल्काउनुभयो, त्यसले गर्दा त्यसका जगहरू भस्म भए।
12
शत्रुहरू यरूशलेमका मूल-ढोकाहरूबाट पस्छन् भनी पृथ्वीका कुनै राजाहरू वा संसारका कुनै मानिसहरूले चिताएका थिएनन्।
13
तर योचाहिँ त्यसका अगमवक्ताहरूका पाप र त्यसका पूजाहारीहरूका अधर्मले भएको हो; तिनीहरूले निर्दोष मानिसहरूको हत्या गरेका थिए।
14
अहिले शासकहरू गल्ली-गल्लीमा अन्धाहरूझैँ छामछुम गर्दै डुलिरहन्छन्। तिनीहरू रगतले बिटुला भएका छन्, यतिसम्म कि तिनीहरूका लुगा कसैले पनि छुने आँट गर्दैन।
15
मानिसहरू कराएर तिनीहरूलाई भन्छन्, “जाओ, हे अशुद्धहरू हो! टाढा होओ, हामीलाई नछोओ!” यसरी तिनीहरू भगुवा र फिरन्ता भए, कसैले पनि तिनीहरूलाई सत्कार गरेन।
16
परमप्रभुले तिनीहरूको वास्तै गर्नुभएन; उहाँ आफैंले नै तिनीहरूलाई छरपष्ट पार्नुभयो। उहाँले हाम्रा पूजाहारीहरूलाई र शासकहरूलाई कुनै निगाह देखाउनुभएन।
17
सहायताको लागि व्यर्थमा बाटो हेर्दा हाम्रा आँखा टट्टाए। हामीलाई बचाउन एउटा जातिको बाटो हेरिबस्यौं, तर कसैले पनि बचाउन सकेन।
18
शत्रुहरू हाम्रो हरेक पाइलाको पछि लागिरहन्छन्; हामी आफ्ना बाटा-घाटामा पनि हिंड्न सकेनौं। हाम्रा दिनहरू खतम भइसकेका थिए; हाम्रो अन्त्य आइसकेको थियो।
19
हामीलाई खेद्नेहरू आकाशमा चिलहरूभन्दा छिटा थिए। तिनीहरूले हामीलाई पहाडहरूमा खेदे; तिनीहरूले हामीलाई उजाड-स्थानहरूमा ढुकिबसे।
20
परमप्रभुको अभिषिक्त राजा, हाम्रा प्राणाधार तिनीहरूका पासोमा परे। उहाँकै रक्षामा हामीहरू अन्यजातिहरूका बीचमा सुरक्षित रहनेछौं भनी हामीले ठानेका थियौं।
21
हे एदोम र ऊजमा बस्ने मानिसहरू, रमाओ; सक्दो रमाओ। तिमीहरूको विपत्ति चाँडै आउँदै छ; तिमीहरू मद्यले मात्तिनेछौ र नाङ्गो पारिनेछौ।
22
हे सियोन, तेरो अधर्मको दण्ड-सजाय पूरा भएको; फेरि कहिल्यै परमप्रभुले तँलाई निकालावास गर्नुहुनेछैन। तर हे एदोम, परमप्रभुले तँलाई दण्ड दिनुहुनेछ; उहाँले तेरा पाप-कार्यहरू प्रकट गर्नुहुनेछ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
All chapters:
1
2
3
4
5