bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Lamentations 5
Lamentations 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
1
हे परमप्रभु, हामीमाथि के परिआएको छ, सो याद गर्नुहोस्। हाम्रो कस्तो अपमान भएको छ, सो विचार गर्नुहोस्।
2
हाम्रा धन-सम्पत्तिहरू परदेशीहरूको हातमा परेको छ; हाम्रा घरमा विदेशीहरू बसिरहेका छन्।
3
हाम्रा पिताहरू शत्रुहरूद्वारा मारिएका छन्। अब हाम्रा आमाहरू विधवा भएका छन्।
4
पिउने पानीको लागि पनि हामीले दाम तिर्नुपर्छ; दाउरा पनि हामीले किन्नुपर्छ।
5
पशुसरि हामीलाई खुब जोत्छन्; हामी थकित हुन्छौं तर हामीलाई विश्राम दिंदैनन्।
6
बाँच्नको लागि अन्न-पानी जुटाउन मिश्र र अश्शूरमा हामी माग्न गयौं।
7
हाम्रा पिता-पुर्खाले पाप गरे तर अब उनीहरू छैनन्; आज उनीहरूका पापको फल हामीले भोग्दै छौं।
8
हामीमाथि शासन गर्नेहरू कमाराहरूभन्दा असल छैनन्; कसैले हामीलाई तिनका अधीनबाट छुटाउन सक्दैन।
9
ज्यानमाराहरू निर्जन पाखाहुँदि डुलिहिंड्छन्; हाम्रा प्राणलाई खतरामा राखेर हामीले अन्न-पानी खोज्नुपर्छ।
10
भोकको प्रचण्ड तापले हामीलाई जलाउँछ; चुल्होझैँ हाम्रो छाला डढेको छ।
11
सियोनमा स्त्रीहरू र यहूदियाका गाउँहरूमा कन्या केटीहरू बलात्कारको शिकार भएका छन्।
12
हाम्रा शासकहरू जबरजस्ती झुण्ड्याइए; हाम्रा बुढा-पाकाहरूको केही सम्मान भएन।
13
हाम्रा युवाहरूलाई कमाराहरूले झैँ जबरजस्ती जाँतोमा अन्न पिंध्न लाउँछन्; ठिटाहरूचाहिँ दाउराको भारीले थिचिएर लड्बडाउँदै हिंड्छन्।
14
बुढा-पाकाहरू सहरको मूल-ढोकामा जम्मा हुन छोडेका छन्। र जवान मानिसहरूले आफ्ना गान-बजान छोडेका छन्।
15
हाम्रो जीवनबाट आनन्द हटिसकेको छ; हाम्रो नाच शोकमा परिवर्तन भइसकेको छ।
16
हाम्रो शिरबाट मुकुट खसेको छ; हामीले पाप गरेका छौं र अब नाश भएका छौं।
17
हाम्रो हृदय निर्बल भएको छ र आँसुकै कारण हाम्रा आँखा धमिलिएका छन्।
18
किनभने सियोन पर्वत सुनसान र उजाड भएको छ र जङ्गली स्यालहरू त्यसमा घुमिहिंड्छन्।
19
तर हे परमप्रभु, तपाईं सनातनका राजा हुनुहुन्छ र अनन्तकालसम्म राज्य गर्नुहुन्छ।
20
तपाईंले किन यति धेरै समयसम्म हामीलाई त्याग्नुभयो? के तपाईंले हामीलाई फेरि कहिल्यै सम्झनुहुन्न?
21
हामीलाई तपाईंकहाँ फर्काउनुहोस्! हे परमप्रभु, हामीलाई फर्काउनुहोस्! पहिलेको झैँ हाम्रा सुदिन फर्काईदिनुहोस्।
22
अथवा, के तपाईंले हामीलाई सदाको लागि इन्कार गर्नुभएको हो? के तपाईंको रिसको अन्त हुँदैन?
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
All chapters:
1
2
3
4
5