bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Lamentations 2
Lamentations 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
1
प्रभुले आफ्नो रिसमा सियोनलाई अन्धकारले ढाकिदिनुभएको छ। उहाँले त्यसको स्वर्गीय गौरवलाई सर्वनाशमा परिणत गरिदिनुभएको छ। आफ्नो रिसको दिनमा उहाँले आफ्नो मन्दिरलाई पनि सम्झनुभएन।
2
प्रभुले कति पनि नटिठ्याएर यहूदाको प्रत्येक गाउँलाई नाश गर्नुभयो। ती देशका बलिया किल्लाहरू भताभुङ्ग पारिदिनुभयो। उहाँले त्यो राज्य र त्यसका शासकहरूलाई अपमानित तुल्याइदिनुभयो।
3
आफ्नो रिसमा उहाँले इस्राएलको शक्ति चकनाचुर पार्नुभयो। शत्रुहरू आउँदा पनि उहाँले हामीलाई सहायता गर्न अस्वीकार गर्नुभयो। सबै थोकहरू नाश पारेर उहाँ हाम्रो विरुद्धमा आगोझैँ क्रुद्ध हुनुभयो।
4
शत्रुले झैँ उहाँले हामीलाई हान्न आफ्नो धनुमा ताँदो चढाउनुभएको छ। हामीलाई मनपर्ने र आनन्द दिने सबैलाई उहाँले नष्ट गर्नुभएको छ। हामी यहाँ यरूशलेममा भएकाहरूले उहाँको बल्दो रिसलाई थाहा गरेका छौं।
5
शत्रुलाई झैँ प्रभुले इस्राएललाई नाश गर्नुभएको छ; उहाँले इस्राएलका किल्लाहरू भत्काइदिनुभएको छ, र महलहरू भताभुङ्ग पार्नुभएको छ। उहाँले यहूदाका मानिसहरूमाथि अटुट दु:ख ल्याइदिनुभएको छ।
6
हामीले उहाँको आराधना गर्ने मन्दिरलाई उहाँले चकनाचुर पार्नुभयो, चाड मनाउने पवित्र दिनहरू र विश्राम दिनहरूलाई उहाँले बन्द गरिदिनुभएको छ। उहाँले आफ्नो भयानक रिसमा राजा र पूजाहारी दुवैलाई त्यागिदिनुभएको छ।
7
प्रभुले आफ्ना वेदीलाई तिरस्कार गर्नुभयो र पवित्र मन्दिरलाई उजाड पार्नुभयो। उहाँले त्यसका पर्खालहरू शत्रुको हातद्वारा भत्काउन लाउनुभयो। तिनीहरूको मन्दिरमा चाडको दिनमा झैँ विजयको ध्वनि लगाइएको छ।
8
परमप्रभुले सियोनका पर्खालहरूलाई नष्ट गर्ने निश्चय गर्नुभयो। उहाँले पूरा नष्ट गर्नको लागि फित्ताले नाप्नुभयो। धरहराहरू र पर्खालहरूलाई नष्ट गरेर एकैसाथ उजाड पारिदिनुभयो।
9
त्यसका मूल-ढोकाहरू भूइँमा नै भासिए, उहाँले त्यसका गजबारहरू टुक्रा-टुक्रा पार्नुभयो। राजा र भद्र मानिसहरू अब निष्कासित भएका छन्। अब व्यवस्था सिकाइँदैन र अगमवक्ताहरूले पनि परमप्रभुबाट दर्शन पाउँदैनन्।
10
यरूशलेमका बुढा-पाकाहरू चुपचाप भएर भूइँमा थुचुक्क बस्छन्। तिनीहरूले आ-आफ्ना टाउकोमाथि धुलो हालेका छन् र आफ्नो शरीरमा भाङ्ग्रा ओढेका छन्। तरुणी केटीहरूले आफ्ना शिरहरू भूइँसम्मै निहुराएका छन्।
11
रुँदा-रुँदा आँसुले मेरा आँखा टट्टाइसकेका छन्; मेरो प्राण खिन्न भएको छ। मेरा प्रजाको विनाशको कारणले गर्दा म शोकले थाकिसकेको छु। केटा-केटीहरू र दूधे-बालकहरू सहरका गल्लीहरूमा मुर्छा परेका छन्।
12
भोक लाग्यो र तिर्खा लाग्यो भनी केटा-केटीहरू आ-आफ्ना आमालाई भन्छन्; तिनीहरू घाइते भएझैँ सडकहरूमा ढल्छन्। तिनीहरू आ-आफ्ना आमाको काखमा नै बिस्तारै मर्दछन्।
13
हे यरूशलेम, प्यारो यरूशलेम, तेरो निम्ति म के भन्न सक्छु? कसरी म तँलाई सान्त्वना दिऊँ? कसैले कहिले पनि यस्तो किसिमको कष्ट भोगेको छैन। तेरो चोट समुद्रको गहिराइजस्तै छ; त्यसको निको हुने आशा छैन।
14
तेरा अगमवक्ताहरूले देखेका दर्शनहरू झूटा र अनर्थ कुराहरू मात्र हुन्; तिनीहरूको उपदेशले तेरा पापलाई कहिल्यै प्रकट नगरेर तँलाई धोका दिएको छ। तिनीहरूले तँलाई आफ्नो पापको पश्चात्ताप गर्नु आवश्यक छैन भनी धोकामा पारेका छन्।
15
सहरको छेउमा भएर जाने मानिसहरूले तँलाई घृणाले हेर्छन्। तिनीहरूले यरूशलेमको विनाश देखेर हाँस्दै आफ्नो टाउको हल्काउँछन्। “के यो त्यही सुन्दर सहर हो, जसलाई जगत्को गौरव भनिन्थ्यो?”
16
तेरा सबै शत्रुहरूले तँलाई गिल्ला गर्छन् र घृणाले तँलाई एकटक लाएर हेर्छन्। तिनीहरूले तँलाई दाँत किटेर भन्छन्, “हामीले नै त्यसलाई नष्ट पार्यौं! हामीले त्यही दिन हेर्नलाई पर्खिरहेका थियौं!”
17
परमप्रभुले जे गर्न ठान्नुभएको थियो, अन्तमा त्यही वचन पूरा गर्नुभयो; उहाँले हामीलाई दयाबिना नै नाश पार्नुभएको छ, जसरी उहाँले हामीलाई उहिले नै चेतावनी दिनुभएको थियो। उहाँले हाम्रा शत्रुहरूलाई विजय दिनुभयो र उहाँले तिनीहरूलाई हाम्रो पतन भएकोमा आनन्द मनाउन दिनुभयो।
18
हे यरूशलेमका पर्खाल, तेरो हृदयले प्रभुलाई पुकार! तेरो आँसु नदीजस्तै रात-दिन बगा; रुवाइ र शोकले तँ आफैं थकित भइस्!
19
रातभरि जागेर प्रभुलाई बारम्बार पुकार्; आफ्ना बालकहरूका लागि दया पाउन हृदय खोलेर उहाँसँग बिन्ती गर्; हरेक गल्लीको कुना-कुनामा बालकहरू भोकले मर्दै छन्!
20
हेर्नुहोस्, हे परमप्रभु! तपाईंले हामीलाई किन यसरी दण्ड दिनुहुन्छ! स्त्रीहरूले आफूले माया गरेका नानीहरूको मासु खान्छन्। पूजाहारीहरू र अगमवक्ताहरू मन्दिरमा नै मारिन्छन्!
21
युवा र बुढाहरूका लाशहरू गल्ली-गल्लीहरूमा त्यसै परिरहेका छन्; युवक र युवतीहरू शत्रुका तरवारले मरेका छन्। आफ्नो रिसको दिनमा तपाईंले तिनीहरूलाई दया-माया नगरीकनै मार्नुभएको छ।
22
उत्सवमा मानिसहरू भेला भएझैँ तपाईंले मेरा शत्रुहरूलाई मेरा चारैतिर आतङ्क मच्चाउन निम्तो दिनुभएको छ। तपाईंको त्यो रिसको दिनमा एक जना पनि भाग्न सक्दैन। मेरो मायामा हुर्काएर बढाएका मेरा सन्तानहरूलाई शत्रुहरूले मारेका छन्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
All chapters:
1
2
3
4
5