bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Lamentations 3
Lamentations 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
1
परमेश्वरको क्रोधको दण्ड पाउनु भनेको के हो, सो म जान्दछु।
2
उहाँले मलाई उज्यालोको सट्टामा घोर अन्धकारमा धपाउनुभयो।
3
उहाँले मेरो विरुद्ध घरीघरी हात उठाउनुभयो।
4
उहाँले मेरो छाला र मासु चाउरी पारिदिनुभयो र मेरा हड्डीहरू भाँचिदिनुभयो।
5
उहाँले मलाई कष्ट र वेदनाको बन्धनभित्र पार्नुभएको छ।
6
उहाँले मलाई मृत्युको घोर अन्धकारभित्र राख्नुभएको छ।
7
उहाँले मलाई गह्रौं साङ्लाले बाँध्नुभएको छ; उम्कने आशा नभएको म एक कैदी हुँ।
8
सहायताको निम्ति म चिच्च्याई कराउँछु, तर मेरो बिन्ती सुन्न उहाँले इन्कार गर्नुहुन्छ।
9
उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ; म जता जान्छु, त्यतै ढुङ्गाका पर्खालले मेरो बाटो थुन्नुहुन्छ।
10
उहाँले मलाई भालुले झैँ बाटो ढुक्नुभयो अनि सिंहले जस्तै आक्रमण गर्नुभयो।
11
उहाँले मलाई बाटोबाट तर्काई लानुभयो, अनि फहराएर टुक्रा-टुक्रा पारी मलाई छोड्नुभयो।
12
उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो र मलाई आफ्ना काँडहरूका तारो बनाउनुभयो।
13
मेरो शरीरमा गहिरो गाड्ने गरी उहाँले काँड हान्नुभयो।
14
दिनभरि मेरा मानिसहरूले मेरो हाँसो उडाउँछन्; म तिनीहरूका निम्ति ठट्टाको एउटा विषय भएको छु।
15
उहाँले मलाई चिराइतो खुवाउनुभयो; पित्तले मेरो पेट भरिदिनुभयो।
16
उहाँले मलाई धुलोमा कुल्चनुभयो; रोडा चपाउन लाएर मेरा दाँतहरू भाँचिदिनुभयो।
17
स्वस्थ, शान्ति र सुख के कुरा हुन्, मैले भुलिसकेको छु।
18
अब मेरो बाँच्ने दिन धेरै छैन, परमप्रभुबाट पाएको मेरो आशा हराइसक्यो।
19
मेरो कष्टको चिन्ता, घररहितको चिन्ता तीतो विषझैँ भएको छ।
20
ति कुरा म एकोहोरो सम्झिरहन्छु र आत्मामा हताश हुँदैजान्छु।
21
जब म यो एउटा कुरा सम्झन्छु; यसैले मलाई आशा दिन्छ—
22
परमप्रभुको अनन्त प्रेम र कृपा सदा रहिरहन्छ;
23
प्रत्येक बिहानी ती ताजा रहन्छन्; तपाईंको विश्वस्तता महान् छ।
24
परमप्रभु नै मेरो सर्वश्व हुनुहुन्छ, यसैकारण म उहाँमा आशा राख्दछु।
25
परमप्रभुमाथि भरोसा गर्नेहरू सबैप्रति उहाँ भलो हुनुहुन्छ।
26
धैर्यसाथ परमप्रभुको उद्धारको बाटो हेर्नु नै सर्वोत्तम कुरा हो।
27
युवावस्थामा नै यस्तै धैर्य राख्न सिक्नु उत्तम कुरा हो।
28
हामीमाथि कष्ट आइपर्दा शान्त अनि धैर्य भई एकलै बस्नु असल हुन्छ।
29
हामी आफ्ना शिर भूइँसम्म निहुराउँछौं भने त्यसमा आशा हुन्छ।
30
चुटाइ र बदनाम खानुपरे पनि हामीले यी सबै स्वीकार गर्नुपर्छ।
31
परमप्रभु दयालु हुनुहुन्छ र उहाँले हामीलाई सदाको निम्ति त्याग्नुहुन्न।
32
उहाँले हामीलाई दु:खमा पर्न दिनुभएपनि उहाँको प्रेम हाम्रो निम्ति निश्चित र महान् छ।
33
उहाँले हामीलाई पीडा वा कष्ट दिंदा खुसी हुनुहुन्न।
34
हाम्रा आत्मा कैदमा चुर्ण भएको कुरा उहाँले जान्नुहुन्छ।
35
उहाँले हामीलाई दिनुभएको अधिकार हामीबाट खोसिएको कुरा उहाँलाई थाहा छ।
36
न्यायालयमा न्याय बिगारेको कुरा उहाँलाई थाहा छ।
37
परमप्रभुको इच्छा मात्र सधैँ पूरा हुन्छ।
38
प्रभुको आज्ञाले मात्र असल र खराब दुवै हुन आउँछन्।
39
आफ्नो पापको दण्ड पाउँदा हामीले किन गुनासो गर्नुपर्छ?
40
हामी आफ्ना चालहरू जाँचौं र परमप्रभुकहाँ फर्कौं।
41
हाम्रा हृदय स्वर्गका परमेश्वरप्रति खोलौं र प्रार्थना गरौं—
42
“हामीले पाप गर्यौं र विरोधी भयौं। हे परमप्रभु, तपाईंले हामीलाई क्षमा गर्नुभएको छैन।
43
“तपाईंले हामीलाई खेद्नुभयो र मार्नुभयो; तपाईंको कृपा तपाईंको क्रोधमा हरायो।
44
हाम्रा प्रार्थना तपाईंकहाँ नपुगोस् भनेर बाक्लो बादलले तपाईंले आफूलाई ढाक्नुभयो।
45
तपाईंले हामीलाई यस संसारको फोहोर-कसिङ्गरको रास तुल्याउनुभयो।
46
“हाम्रा सबै शत्रुहरूले हामीलाई अपमानित गरेका छन्।
47
विपत्ति र विध्वंस हामीमाथि आइपरेका छन्; हामी खतरा र डरमा जिउनुपरेको छ।
48
मेरो प्रजाको सर्वनाश देखेर मेरा आँखाबाट आँसुको धारा बग्छ।
49
[49-50] “जबसम्म परमप्रभुले हामीलाई माथि स्वर्गदेखि हेर्नुहुन्न, मेरा आँखाबाट आँसु खोलाझैँ बगिरहन्छ।
51
सहरका स्त्रीहरूका दुर्दशा देखेर मेरो हृदय दु:खित हुन्छ।
52
“बिनाकारण मेरा शत्रुहरूले मलाई चराझैँ पासोमा पारे।
53
तिनीहरूले मलाई जिउँदै खाडलमा हाले र ढुङ्गाले मलाई छोपिदिए।
54
पानी मेरो शिरसम्मै आयो र मैले सोचें, अब मेरो मृत्यु नजिक आयो।
55
“हे परमप्रभु, खाडलको गहिराइदेखि मैले तपाईंलाई पुकारें।
56
तपाईंले सहायताको मेरो पुकार सुन्नुभयो।
57
नडरा भनी तपाईंले मलाई जवाफ दिनुभयो।
58
“प्रभु, तपाईं मेरो छुटकाराको निम्ति आउनुभयो र मेरो प्राणलाई बचाउनुभयो।
59
मेरो पक्षमा न्याय गरिदिनुहोस्; ममाथि अत्याचार भएको तपाईंले देख्नुभएको छ।
60
शत्रुहरूले मलाई घृणा गरेका, र मेरो विरुद्धमा जाल रचेका कुरा तपाईंले जान्नुहुन्छ।
61
“हे परमप्रभु, तिनीहरूले मलाई गरेका निन्दा तपाईंले सुन्नुभएको छ; तपाईंले तिनीहरूका सबै जालझेलहरू जान्नुहुन्छ।
62
दिनभरि नै तिनीहरूले मेरो बारेमा कुरा गर्छन् र जुक्तिहरू रच्छन्।
63
बिहानदेखि रातीसम्म तिनीहरूले मेरो ठट्टा गर्छन्।
64
“हे परमप्रभु, तिनीहरूको कामअनुसार तिनीहरूलाई उचित दण्ड दिनुहोस्।
65
तिनीहरूलाई सराप दिनुहोस् र तिनीहरूलाई निराशाले भरिदिनुहोस्!
66
आफ्नो क्रोधमा तिनीहरूलाई खेद्नुहोस् र पृथ्वीबाट तिनीहरूलाई नाश गरिदिनुहोस्!”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
All chapters:
1
2
3
4
5