bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Thessalonians 1
1 Thessalonians 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
1
पावल, सिलास र तिमोथीबाट, परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई: अनुग्रह र शान्ति।
2
हाम्रा प्रार्थनाहरूमा तिमीहरूको निरन्तर स्मरण गर्दै हामी परमेश्वरलाई तिमीहरू सबैका निम्ति धन्यवाद दिन्छौं।
3
हाम्रा परमेश्वर पिताको सामुन्ने हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूका विश्वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्तर सम्झन्छौं।
4
भाइ हो, परमेश्वरका प्रियहरू, तिमीहरूलाई उहाँले चुन्नुभएको हामीलाई थाहा छ,
5
किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति र पवित्र आत्मामा, अनि सम्पूर्ण निश्चयतासाथ आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्ता किसिमका मानिस थियौं तिमीहरू जान्दछौ।
6
तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ तिमीहरूले धेरै कष्टमा वचन ग्रहण गर्यौ।
7
यहाँसम्म कि माकेडोनिया र अखैयामा सबै विश्वासीहरूका माझमा तिमीहरू नमूना बन्यौ।
8
किनकि तिमीहरूद्वारा परमेश्वरको वचन केवल माकेडोनिया र अखैयामा मात्र प्रचार गरिएको होइन, तर परमेश्वरमाथिका तिमीहरूको विश्वास प्रत्येक स्थानमा फैलिएको छ, र हामीलाई अरू केही भन्नु आवश्यक छैन।
9
किनकि जुन किसिमले हाम्रो स्वागत तिमीहरूकहाँ भयो, अनि जीवित र साँचो परमेश्वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट परमेश्वरतर्फ फर्क्यौ, सो त मानिसहरूले नै बताउँछन्।
10
अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र जसलाई उहाँले मृतकबाट उठाउनुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्छ।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
All chapters:
1
2
3
4
5