bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Thessalonians 5
1 Thessalonians 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
1
तर भाइ हो, समय र बेलाको विषयमा तिमीहरूलाई केही लेख्ने आवश्यकता छैन।
2
किनकि तिमीहरू आफै राम्ररी जान्दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ।
3
जब मानिसहरू “शान्ति र सुरक्षा” भनिरहेका हुन्छन्, तब गर्भवती स्त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।
4
तर भाइ हो, तिमीहरू अन्धकारमा छैनौ, तसर्थ त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्नेछैन।
5
किनकि तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तान हौ। हामी रातका र अन्धकारका सन्तान होइनौं।
6
यसकारण अरूहरूझैँ हामी नसुतौं, तर जागा बसौं, र सचेत होऔं।
7
किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिएर मात्नेहरू रातैमा मात्छन्।
8
तर हामीचाहिँ दिनका हुनाले हामी सचेत होऔं, र विश्वास र प्रेमका छातीको पाता र मुक्तिका आशाको टोप लगाऔं।
9
किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो।
10
उहाँ हाम्रा निम्ति मर्नुभयो, ताकि हामी जागा बसौं वा सुतेका होऔं, हामी सबै उहाँकै साथमा जिउन सकौं।
11
यसकारण एकले-अर्कोलाई प्रोत्साहन देओ, र एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्तो तिमीहरू गर्दै पनि छौ।
12
तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन् र तिमीहरूलाई चेताउनी दिन्छन्, तिनको आदर गर,
13
र तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस।
14
भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्छौं कि अल्छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ।
15
याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्टा गर।
16
सधैँ आनन्दित रहो।
17
निरन्तर प्रार्थना गरिरहो।
18
सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।
19
पवित्र आत्मालाई ननिभाओ।
20
अगमवाणीलाई तुच्छ नठान।
21
सबै कुराको जाँच गर। जुन कुरा असल छ त्यसैमा दृढ़ रहो।
22
सबै किसिमका खराबीबाट अलग बस।
23
शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून्।
24
तिमीहरूलाई बोलाउनुहुने विश्वासयोग्य हुनुहुन्छ, उहाँले यो गर्नु नै हुनेछ।
25
भाइ हो, हाम्रा निम्ति प्रार्थना गर।
26
सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर।
27
म तिमीहरूलाई प्रभुमा अनुरोध गर्दछु कि यो पत्र पढ़ेर सबै भाइहरूलाई सुनाइदेओ।
28
हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूमा रहोस्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
All chapters:
1
2
3
4
5