bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Thessalonians 3
1 Thessalonians 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
1
यसकारण जब हामीले सहन सकेनौं, तब एथेन्समा एकलै छोडिन हामी राजी भयौं,
2
र तिमीहरूलाई विश्वासमा स्थिर गराउन र अर्ती-उपदेश दिन, परमेश्वरमा ख्रीष्टका सुसमाचारको सेवक हाम्रा भाइ तिमोथीलाई हामीले पठायौं,
3
ताकि यी कष्टहरूले गर्दा कोही नडग्मगाओस्। तिमीहरू आफैलाई थाहा छ, कि यसैको निम्ति हामी खटाइएका हौं।
4
किनकि जब हामी तिमीहरूसँग थियौं, तब तिमीहरूले कष्ट भोग्नैपर्छ भनी हामीले अघिबाटै भनेको थियौं। यो साँच्चै हुन पनि आयो, सो तिमीहरूलाई थाहा छ।
5
यसकारण मैले अझै सहन नसक्दा परीक्षा गर्नेले कुनै किसिमले तिमीहरूलाई परीक्षामा पार्यो कि भनी र हाम्रो परिश्रम व्यर्थै जाला कि भन्ने डरले तिमीहरूको विश्वास थाहा पाउनलाई मैले तिनलाई पठाएँ।
6
तर अहिले तिमोथी तिमीहरूकहाँबाट हामीकहाँ आएर तिमीहरूको विश्वास र प्रेमको असल खबर हामीलाई सुनाए। तिमीहरूले हामीलाई भेट्न ज्यादै इच्छा गरी सधैँ प्रेमसँग हाम्रो सम्झना गर्दछौ भन्ने खबर तिनले दिए। हामी पनि तिमीहरूलाई भेट्न त्यतिकै चाहना गर्दछौं।
7
त्यसैकारण भाइ हो, तिमीहरूका विश्वासको कारणले हाम्रा सारा दुःख र क्लेशमा तिमीहरूका विषयमा हामीले सान्त्वना पाएका छौं।
8
किनकि यदि तिमीहरू प्रभुमा दह्रिला रह्यौ भने हामी जीवित रहन्छौं।
9
सबै आनन्द जो तिमीहरूका खातिर परमेश्वरमा हामी अनुभव गर्छौं त्यसको निम्ति र तिमीहरूका लागि हामी परमेश्वरलाई के धन्यवाद दिन सक्छौं र?
10
तिमीहरूलाई आमनेसामने भेटेर तिमीहरूका विश्वासको कमी पूरा गर्ने हेतुले हामी दिनरात जोशका साथ प्रार्थना गर्छौं।
11
अब हाम्रा परमेश्वर र पिता स्वयम्ले र हाम्रा प्रभु येशूले तिमीहरूकहाँ आउने हाम्रो बाटो खोलिदेऊन्।
12
जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं त्यसरी नै प्रभुले तिमीहरूलाई एकले-अर्कासँग र सबै मानिससँग प्रेममा बढ्ने र प्रशस्त भइरहने तुल्याऊन्,
13
यस हेतुले कि उहाँका सबै सन्तहरूका साथमा हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँले हाम्रा परमेश्वर पिताको सामुन्ने तिमीहरूका हृदय पवित्र र निष्खोट तुल्याई स्थिर गराऊन्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
All chapters:
1
2
3
4
5