bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Thessalonians 2
1 Thessalonians 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
1
भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन व्यर्थ नभएको तिमीहरू आफैलाई थाहा छ।
2
हामीले अघिबाटै फिलिप्पीमा कष्ट भोग्यौं र अपमानित भयौं भन्ने कुरा तिमीहरूलाई थाहा छ, तर घोर विरोध छँदाछँदै पनि परमेश्वरको सुसमाचार प्रचार गर्न हामीलाई परमेश्वरमा साहस मिलेको थियो।
3
किनकि हाम्रो अर्ती-उपदेश भूल वा अशुद्धताबाट उब्जेको होइन, न त यो छलकपटले भएको हो;
4
तर जसरी सुसमाचार हाम्रो जिम्मामा सुम्पनका निम्ति परमेश्वरले हामीलाई योग्य ठान्नुभयो, त्यसरी नै मानिसलाई प्रसन्न पार्न होइन, तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई प्रसन्न पार्न हामी बोल्दछौं।
5
तिमीहरूलाई थाहै छ कि हामीले कहिल्यै खुशामदीका कुरा गरेनौं, न हामी लालचको बहानामा फस्यौं। यसको साक्षी परमेश्वर हुनुहुन्छ।
6
ख्रीष्टका प्रेरित भएका नाताले हामीले तिमीहरूमाथि अधिकार चलाउन सक्थ्यौं। तापनि हामीले मानिसहरूबाट आदर खोजेनौं, न त तिमीहरूबाट, न अरू कसैबाट।
7
आफ्ना बालकहरूलाई स्याहार्ने धाइ-आमाझैँ तिमीहरूका बीचमा हामी कोमल भयौं।
8
यसैले स्नेहपूर्वक तिमीहरूको चाहना गरेर हामीहरू परमेश्वरको सुसमाचार मात्र होइन, तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिनु तत्पर थियौं, किनकि तिमीहरू हाम्रा निम्ति अति प्रिय भएका थियौ।
9
किनभने भाइ हो, हाम्रो कष्ट र मेहनतको सम्झना तिमीहरूलाई छ। तिमीहरू कसैलाई बोझ नबोकाऔं भनेर दिनरात काम गरी हामीले परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचार गर्यौं।
10
तिमीहरू साक्षी छौ, र परमेश्वर पनि, कि तिमी विश्वासीहरूका अगि कसरी हाम्रो व्यवहार पवित्र, धार्मिक र निष्खोट थियो।
11
किनकि तिमीहरूलाई थाहै छ, बाबुले आफ्ना छोरा-छोरीहरूलाई जस्तै गरी हामीले तिमीहरू प्रत्येकलाई कसरी अर्ती-उपदेश दिँदै र साहस पनि दिँदै तिमीहरूलाई आदेश दियौं,
12
यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।
13
यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई निरन्तर धन्यवाद चढ़ाउँछौं, कि तिमीहरूले हामीबाट सुनेका वचन, जो वास्तवमा परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचनजस्तै होइन, तर परमेश्वरको वचनजस्तै ग्रहण गर्यौ, जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ।
14
किनकि भाइ हो, ख्रीष्ट येशूमा यहूदियामा भएका परमेश्वरका मण्डलीहरूको अनुकरण गर्ने तिमीहरू भयौ, किनकि आफ्नै देश-भाइहरूबाट तिमीहरूले जसरी दुःख भोग्यौ, त्यसरी तिनीहरूले यहूदीहरूबाट दुःख भोगेका थिए।
15
यी यहूदीहरूले नै प्रभु येशू ख्रीष्टलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि बाहिर धपाए, र परमेश्वरलाई अप्रसन्न तुल्याउँछन्, अनि सबै मानिसहरूको विरोध गर्छन्।
16
अन्यजातिहरूको उद्धार होस् भनेर तिनीहरूसँग बोल्नमा हामीलाई बाधा दिए। यसरी सधैँ उनीहरू आफ्नो पापको नापो भर्छन्। तर अन्त्यमा परमेश्वरको क्रोध तिनीहरूमाथि परेको छ।
17
किनकि भाइ हो, हृदयबाट होइन, तर आँखाको सोझो तिमीहरूसँग अल्प समयको निम्ति बिछोड भएका हुनाले, उत्कट इच्छाले तिमीहरूलाई आमनेसामने भेट गर्न उत्सुकतासाथ हामीले चेष्टा गर्यौं।
18
किनकि हामी तिमीहरूकहाँ आउन खोजेका थियौं— म पावलचाहिँ बारम्बार आउन चाहें— तर शैतानले हामीलाई रोक्यो।
19
हाम्रा प्रभु येशू जब आउनुहुन्छ, त्यस बेला उहाँको सामुन्ने हाम्रो आशा वा आनन्द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र?
20
निश्चय हाम्रो गौरव र आनन्द तिमीहरू नै हौ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
All chapters:
1
2
3
4
5