bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Thessalonians 4
1 Thessalonians 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
1
अन्त्यमा भाइहरू, प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्छौं र अर्ती दिन्छौं, कि तिमीहरूले कसरी जिउनु र परमेश्वरलाई प्रसन्न तुल्याउनुपर्छ भन्ने तिमीहरूले हामीबाट सिक्यौ र त्यसो गर्दै पनि छौ, त्यसैमा तिमीहरू झन् बढ्दैजाओ।
2
किनकि तिमीहरूलाई थाहा छ हामीले प्रभु येशूद्वारा कुन-कुन आदेशहरू तिमीहरूलाई दियौं।
3
किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस।
4
पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान,
5
तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस।
6
यस विषयमा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्, किनकि यस्ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्भीर चेताउनी दिएका छौं।
7
किनकि परमेश्वरले हामीलाई अशुद्धताको निम्ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ।
8
यसैकारण जसले यस कुराको अवहेलना गर्छ त्यसले मानिसको होइन, तर परमेश्वरको अवहेलना गर्छ, जुन परमेश्वरले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ।
9
तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्ने तिमीहरू आफैले पनि परमेश्वरबाट शिक्षा पाएका छौ।
10
माकेडोनियाभरि सबै भाइहरूलाई तिमीहरू साँच्चै नै प्रेम गर्दछौ। तर भाइ हो, झन् बढ़ी त्यसै गर्दैजाओ भनी हामी तिमीहरूलाई अर्ती-उपदेश दिन्छौं।
11
हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्त रहने, आफ्नै धन्धाको फिक्री गर्ने र आफ्नै हातले काम गर्ने प्रयत्न गर,
12
ताकि बाहिरकाहरूद्वारा आदर पाउन सक, र कसैको भरमा नपर।
13
तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्ता शोक गर्नु नपरोस्।
14
किनकि हामी विश्वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ।
15
प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्नेछैनौं।
16
किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्।
17
तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।
18
यसैकारण एकले-अर्कोलाई यी वचनहरूले सान्त्वना देओ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
All chapters:
1
2
3
4
5