bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Micah 3
Micah 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 4 →
1
अनि मैले भनें, “हे याकूबका अगुवाहरू, हे इस्राएलीका घरानाका शासक हो, ध्यानसित सुन। के तिमीहरूले न्याय जान्नुपर्ने होइन र?
2
तिमीहरू, जसले भलाइलाई घृणा गर्छौ र खराबी रुचाउँछौ। तिमीहरू, जसले मेरा प्रजाको छाला काढ्दछौ र तिनीहरूका हाड़देखि मासु निकाल्दछौ।
3
तिमीहरू, जसले मेरा प्रजाको मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ र हाड़हरू टुक्रा-टुक्रा गरी भाँच्तछौ, र भाँड़ामा हाल्ने र खड्कुँलोमा पकाउने मासुलाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्दछौ।”
4
तब तिनीहरूले परमेश्वरको पुकारा गर्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। तिनीहरूले दुष्ट्याइँ गरेको कारण त्यस बेला उहाँले आफ्नो मुख तिनीहरूदेखि लुकाउनुहुनेछ।
5
परमप्रभु यसो भन्नुहुन्छ, “मेरो प्रजालाई कुमार्गमा हिँड्न लाउने अगमवक्ताहरूचाहिँ कसैले तिनीहरूलाई खान दिँदा तिनीहरू शान्तिको घोषणा गर्छन्। यदि त्यसले खान दिएन भने, त्यसको विरुद्धमा लड़ाइँ गर्न तिनीहरू तयार गर्छन्।
6
यसकारण तिमीहरूमाथि दर्शनरहितको रात आइपर्नेछ। अन्धकार हुनेछ, तर तिमीहरूले जोखना हेर्न पाउनेछैनौ। अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र दिनचाहिँ तिनीहरूका निम्ति अँध्यारो हुनेछ।
7
दर्शन देख्नेहरू लज्जित हुनेछन्, र जोखना हेर्नेहरू लाजमा पर्नेछन्। तिनीहरू सबैले आफ्नो मुख छोप्नेछन्, किनभने तिनीहरूले परमेश्वरबाट जवाफ पाउनेछैनन्।”
8
तर म त याकूबलाई तिनको अपराध र इस्राएललाई तिनको पाप जनाइदिनलाई परमप्रभुका आत्माद्वारा शक्ति, न्याय र पराक्रमले पूर्ण छु।
9
हे याकूबका घरानाका अगुवाहरू र इस्राएलका घरानाका शासक हो, यो सुन, तिमीहरू, जसले न्यायलाई घृणा गर्दछौ र सबै ठीक कुरालाई बङ्ग्याउँछौ,
10
जसले रगत बगाई सियोनलाई र दुष्टताद्वारा यरूशलेमलाई निर्माण गर्दछौ।
11
‘त्यसका अगुवाहरू घूस खाएर न्याय गर्दछन्। त्यसका पूजाहारीहरू ज्याला लिएर सिकाउँदछन्। त्यसका अगमवक्ताहरू पैसाको लागि अगमवाणी गर्दछन्। तापनि तिनीहरू परमेश्वरको आड़ लिएर भन्छन्, “के परमप्रभु हाम्रा बीचमा हुनुहुन्न र? हामीमाथि कुनै खराबी आइपर्नेछैन।”
12
यसैकारण तिमीहरूकै कारण सियोन खेतझैँ जोतिनेछ, यरूशलेमचाहिँ ढुङ्गा-रोड़ाको थुप्रो बन्नेछ, मन्दिरको डाँड़ाचाहिँ झाड़ीहरू बढ़ेर आएको ढिस्कोझैँ हुनेछ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7