bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Micah 6
Micah 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 7 →
1
परमप्रभु जे भन्नुहुन्छ, सो तिमीहरू ध्यानसित सुन: “खड़ा होओ, र पर्वतहरूका सामु तिमीहरूको उजूर पेश गर, र तिमीहरू के भन्छौ डाँड़ाहरूले सुनून्।
2
हे पर्वत हो, हे पृथ्वीका अनन्त जग हो, परमप्रभुको आरोप ध्यानसित सुन। किनकि आफ्नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्छ।
3
“हे मेरा प्रजा, मैले तिमीहरूलाई के गरें? मैले कसरी तिमीहरूलाई बोझ बोकाएको छु र? मलाई जवाफ देओ।
4
मैले त तिमीहरूलाई मिश्रदेशदेखि माथि ल्याएँ र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूका अगुवा हुनलाई मोशा, हारून र मिरियमलाई पनि मैले पठाएँ।
5
हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्लाह गरेको थियो, र बओरको छोरा बालामले त्यसलाई के जवाफ दियो, त्यो स्मरण गर। शित्तीमदेखि गिलगालसम्मैको यात्रालाई सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्न सक।”
6
के लिएर म परमप्रभुको सामु आऊँ, र उच्च भएका परमेश्वरको सामु निहुरूँ? के एक वर्षे बाछाहरू लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ?
7
के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्न हुनुहुन्छ र? के म आफ्नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ?
8
ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू।
9
ध्यानसित सुन, सहरलाई परमप्रभु बोलाउँदैहुनुहुन्छ— तपाईंका नाउँको भय मान्नु ज्ञान हो— “लाठो र त्यसलाई नियुक्त गर्नेको कुरामा ध्यान देओ।
10
हे दुष्ट घराना हो, के तैंले अधर्मसित प्राप्त गरेको धन-सम्पत्ति र सरापिएको तेरो बेईमान तौल म बिर्सू?
11
के कपटको तराजू र छलका ढकको थैलो राख्नेलाई म निर्दोष तुल्याऊँ?
12
त्यसका धनी मानिसहरू उपद्रवले भरिएका छन्। त्यसका मानिसहरू झूट बोल्छन् र तिनीहरूका जिब्राहरूले छलका कुरा बोल्छन्।
13
यसकारण मैले तेरा पापहरूको कारण तँलाई नाश गर्न थालेको छु।
14
तँ खान त खान्छस्, तर अघाउँदैनस्, र तेरो पेट अझै भोकै रहनेछ। तैंले सञ्चय त गर्छस् तर जोगाउँदैनस्, किनभने जे जोगाउँछस् त्यो म तरवारलाई दिइहाल्नेछु।
15
तैंले रोप्न त रोप्छस्, तर कटनी गर्नेछैनस्। तैंले जैतूनको तेल निकाल्न त निकाल्छस्, तर आफ्नो जीउमा लगाउन पाउनेछैनस्। दाख पेल्न त पेल्छस्, तर दाखमद्य पिउन पाउनेछैनस्।
16
तैंले ओम्रीका कानूनहरू र आहाबको घरानाका सारा काम पालन गरेको छस्, र तँ तिनीहरूका परम्पराको पछि लागेको छस्। यसकारण म तँलाई नाश गर्नेछु, र तेरा मानिसहरूलाई खिसीको पात्र तुल्याउनेछु। तैंले जाति-जातिहरूको गिल्ला सहनुपर्नेछ।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7