bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Micah 5
Micah 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 6 →
1
हे फौज भएको सहर, तेरा फौजहरूलाई भेला गर्, किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकलाई डण्डाले गालामा हिर्काउनेछन्।
2
“तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ।”
3
यसकारण जबसम्म प्रसववेदनामा परेकीले जन्माउँदिन र उहाँका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्न आउँदैनन्, त्यस समयसम्म इस्राएल त्यागिनेछ।
4
उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्ना परमेश्वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्वीको पल्लो छेउसम्मै उहाँको महानता पुग्नेछ।
5
अनि उहाँ तिनीहरूका शान्ति हुनुहुनेछ। जब अश्शूरीहरू हाम्रो देशमा आउँछन् र हाम्रा किल्लाहरूलाई आक्रमण गर्छन्, तब हामी तिनीहरूको विरुद्धमा सात गोठाला अथवा आठ मुखियाहरू खड़ा गर्नेछौं।
6
तिनीहरूले अश्शूर देशलाई तरवारले र निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्। जब अश्शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न आउँछन् र हाम्रो सिमानामा कुल्चन्छन्, तब उहाँले हामीहरूलाई अश्शूरीहरूका हातबाट छुटकारा दिनुहुनेछ।
7
याकूबका बाँकी रहेकाहरूचाहिँ धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरीझैँ हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसजातिलाई पर्खन्छ।
8
याकूबका बाँकी रहेकाहरूचाहिँ जाति-जातिहरू र धेरै मानिसहरूका बीचमा हुनेछन्, जङ्गलका पशुहरूका बीचमा हुने सिंह र भेड़ाबाख्राहरूका बीचमा हुने जवान सिंहजस्ता हुनेछन्, जो लतार्दै र फहराउँदै हिँड्छन्, र कसैले छुटाउन सक्दैन।
9
तिमीहरूको बाहुली आफ्ना शत्रुहरूमाथि विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्ट हुनेछन्।
10
परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन म तिमीहरूका घोड़ाहरूलाई तिमीहरूका बीचबाट नष्ट पार्नेछु, र तिमीहरूका रथहरू विनाश गर्नेछु।
11
म तिमीहरूका देशका सहरहरू नाश गर्नेछु, र तिमीहरूका सबै गढ़ीहरू भत्काइदिनेछु।
12
म तिमीहरूको तन्त्रमन्त्र नष्ट पार्नेछु र तिमीहरूले फेरि कहिल्यै झारफूक गर्नेछैनौ।
13
म तिमीहरूका बीचबाट खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरू नष्ट गर्नेछु। तिमीहरू फेरि कहिल्यै आफ्ना हातले बनाएका कुराहरूका अगि झुक्नेछैनौ।
14
म तिमीहरूका बीचबाट अशेरा देवीका मूर्तिहरू उखेलेर फ्याँकिदिनेछु, र तिमीहरूका सहरहरूलाई भत्काइदिनेछु।
15
मेरा आज्ञा नमान्ने जाति-जातिहरूलाई म मेरो रीस र क्रोधमा साटो लिनेछु।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7